कोशी प्रदेश सोमबार देखि बजेट शून्यतामा जाँदैछ। प्रदेश सरकार बजेट शून्यतामा जाने भएपछि सरकारले सर्वोच्चलाई अब, के गर्ने भन्नेबारे सोध्ने जनाएको छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले आइतबार नै मुख्य न्यायधिबक्ता मार्फत सर्वोच्चमा निवेदन दिन लगाइएको जानकारी दिए।
तत्कालीन सरकारले ल्याएको अध्यादेश अब कार्यान्वयनमा जाने सम्भावना छैन। बजेट अध्यादेश कार्यान्वयनमा जाने सम्भावना नभएपछि कोशी प्रदेश सोमबार देखि बजेट शून्यताको अवस्थामा पुगेको हो। संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना गरिएको छैन। तर, कोसी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो।
गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याएका थिए। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/०८१ सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्न बनेको अध्यादेश स्वीकृत गर्न वर्तमान सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले भदौ १ गते प्रदेशसभामा पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।
प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियो। तर, मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको सभाध्यक्ष गरेका नेपाली कांग्रेसका सांसद इसराइल मन्सुरी समेतको मत जोडेर भदौ ४ गते विश्वासको मत लिएपछि कार्की पुनः रिट लिएर सर्वोच्च अदालत पुगे।
सर्वोच्चले ‘दीर्घकालीन महत्त्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दियो। र, अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भयो। अब, कसरी अघि बढ्ने भन्ने विषयमा सरकार नै अलमलमा परेपछि सर्वोच्चलाई नै सोध्ने तयारी सरकारले गरेको हो।
सरकारले ल्याएको अध्यादेश ६० दिन भित्र प्रदेशसभाबाट पारित गरेर प्रदेश प्रमुखबाटसमेत स्वीकृत गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। संविधानको धारा २०२ को उपधारा (ग) मा प्रदेशसभाको बैठक बसेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ भन्ने उल्लेख छ।

‘सर्वोच्चले अन्तरिम आदेश दिएर भदौ १५ गतेलाई पेशि तोकेको छ। तर, भदौ ११ गते देखि नै प्रदेश बजेट शून्यतामा जाँदैछ। १५ गते नै अन्तिम आदेश आए पनि ५ दिन बजेट शून्यता हुँदैछ। ढिलो भयो भने १० दिन पनि बजेट शून्यता हुन सक्छ।’ बजेट शून्यतामा गएपछि अब, के गर्ने भन्नेबारे हामी सर्वोच्चलाई सोध्दैछौं।’ गौतमले भने ‘आइतबार नै मुख्य न्यायधिबक्ता मार्फत सर्वोच्चमा निवेदन दिने तयारी थियो। निवेदन पनि दर्ता भइसक्यो होला अब, सर्वोच्चबाट जे आदेश आउँछ त्यही अनुसार अघि बढ्छौँ।’कोसी प्रदेशसभाको अधिवेशन अन्त्य गरी तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा आएन। त्यसको अवधि आइतबार सकिएको छ। आइतबारसम्म प्रदेश सभाबाट पारित भई त्यो अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने हो। तर, सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ।