नयाँ विस्तारित समितिलाई लिएर नेविसङ्घ चितवनमा विवाद
१५ भदौ २०८०
•
३ मिनेट पाठ
नयाँ विस्तारित समितिलाई लिएर नेविसङ्घ चितवनमा विवाद
नेपाल विद्यार्थी सङ्घ चितवनमा फेरि विवाद देखिएको छ। अवैधानिक रुपमा नयाँ विस्तारित समिति गठन गरिएको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएका हुन्।  




पार्टीका जिल्ला सभापति राजेश्वर खनाललाई पत्र लेखेर असन्तुष्ट पक्षले अधिवेशन गराउन दिएको समय समेत सकिएको अवस्थामा एक्लौटी समिती विस्तार गरिएको भन्दै विरोध जनाएका हुन्। केन्द्रीय नेतृत्वले अधिवेशन गराउन पाँच महिना अगाडि नेविसङ्घको जिल्ला अध्यक्षमा राजेश भुसाललाई मनोनित गरेको थियो।

‘भुसाललाई तीन महिनाभित्र अधिवेशन गर्नेगरी अध्यक्षमा मनोनित गरिएको हो। त्यसकारण केन्द्रीय अध्यक्षले अधिवेशन गराउनको लागि भनेर दिएको समय समेत सकिरहेको अवस्थामा अध्यक्ष भनेर गरेका कुनै पनि गतिविधि वैधानिक नहुने कुरा स्मरण गराउँछौं,’ जिल्ला सभापति खनाललाई बुझाईएको ज्ञापन पत्रमा भनिएको छ।  

‘यो समितिलाई कुनै मान्यता नदिन अनुरोध गर्दछौँ।’ उनीहरूले नेविसङ्घ चितवनलाई अगाडि बढाउन तीन महिना भित्र नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्।  

विस्तारित समितिको विरोधमा सभापतिलाई लेखिएको ज्ञापन पत्रमा सात जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। विरोध जनाउनेहरूमा केन्द्रीय सदस्य राजेश दाहाल, गणेश रिजाल, सुवास कोइराला, बृद्धि विश्वकर्मा, रिना भट्टराई, विजय मल्ल, सजना आचार्य, अमृत आचार्य र कवीर श्रेष्ठ रहेका छन्। उनीहरूले सम्पूर्णलाई मिलाएर लैजान नेतृत्वलाई अनुरोध समेत गरेका छन्।

जिल्ला अध्यक्ष राजेश भुसालले १३ पदाधिकारीसहित ३० सदस्य जिल्ला कार्यसमिति चयन गरेका छन्। तर, विधान मै नभएको वरिष्ठ उपाध्यक्ष समेत चयन गरेको केन्द्रीय सदस्य सुवास कोइरालाले बताए। ‘हाम्रो विधानमा वरिष्ठ उपाध्यक्ष राख्ने व्यवस्था छैन। सचिव, सह–सचिव र कोषाध्यक्ष एक÷एक जना मात्र हुन्छन्,’ उनले भने, ‘सह–सचिव सात जना चयन भएका छन्। सचिव दुई जना यो विधान अनुसार छैन।’

भदौ आठ गते मनोनित गरिएको नेविसङ्घ चितवनको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश भण्डारी, उपाध्यक्षमा सागर सुवेदी, सचिवमा राजेश पौडेल र सिजन भट्ट रहेका छन्। त्यस्तै सह–सचिवमा राजेन्द्र क्षेत्री, समिर गुरुङ्ग, सुनिल पौडेल, भूवन सापकोटा, एनिक घिमिरे, प्रविन देवकोटा, चिरण भुसाल, कोषाध्यक्षमा विजय न्यौपाने मनोनित भएका छन्।  

यस्तै सदस्यहरूमा सुदिप कुमाल, भावना कार्की, रोशन त्रिपाठी, स्वइच्छा अर्याल, डा.अभिशेक ढकाल, सुन्दर उप्रेती, घनश्याम महतो, प्रकाश गुरुङ्ग, सुविना साई, प्रभात श्रेष्ठ, आशिष न्यौपाने, प्रतिक्षा अधिकारी, पुष्प अधिकारी, आरजु ढुङ्गाना, अनुप बगाले, राजिव सापकोटा र राजिव पाठक रहेका छन्।  

अध्यक्ष भुसालले विधान अनुसार नै नयाँ कार्यसमिति चयन गरिएको दावी गरेका छन् । विधान अनुसार नै काम गरेका छौँ । नाम नआएका केही मान्छेले विरोध गरेका हुन् । कार्यसमितिमा सबै अट्ने कुरा पनि हुँदैन,’ उनले भने ‘बाहिर आए जस्तो समस्या छैन ।’ कृते गरेर ज्ञापन पत्र बुझाएको उनको दावी छ ।  

तीन महिना भित्र अधिवेशन गराउनका लागि नयाँ कार्यसमिति चयन गरिएको हो। राजनीतिक सहमतिका आधारमा नेविसङघको अधिवेशन गराउन निर्देशन दिएको जिल्ला सचिव धुर्व पोखरेलले जानकारी दिए। ‘कतिपय राजनीतिक सहमति गर्न यस्ता निर्णय हुन्छन् । सेन्ट्रल कमिटिमा पनि सात सय १० सदस्य बनाइएको छ,’ उनले भने, ‘व्यापक छलफल गरी सबैलाई मिलाएर लगेको भए हुने हो। अहिलेपनि सबैलाई मिलाएर लैजान अनुरोध गरेका छौँ।’
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
११ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस