गिरीबन्धुको ‘भूत’ले किन तर्सिंदै छन् ओली?
१९ भदौ २०८०
•
६ मिनेट पाठ
गिरीबन्धुको ‘भूत’ले किन तर्सिंदै छन् ओली?
झापाको बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको जग्गा विावद अहिले चर्चामा छ। गिरीबन्धु टी–इस्टेट स्थानान्तरण गरी जग्गा बेचबिखन गर्न सहजता हुनेगरी केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेलाम्बन्धी (आठौं संशोधन) ऐन २०७६ जारी गरिएको थियो। अहिले सो निणयविरुद्ध विभिन्न आरोप–प्रत्यारोप चलिरहेको छ। तर आफ्नो पालामा गरिएको निर्णयका कारण पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई भने टाउको दुखाइ बनिरहेको छ। यही कारण उनले पटकपटक विभिन्न ठाउँमा फरकफरक ढंगले अभिव्यक्ति दिँदै आएका छन्।




गत साउन ३० गते प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पादकहरूसँगको कुराकानीमा गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण छानबिन गर्ने बताएपछि ओली झस्किएका हुन्। त्यसपछि ओलीले करिब आधा दर्जन कार्यक्रममा गिरीबन्धुबारे पटकपटक टिप्पणी गर्नुले यसबाट उनी तर्सिएको देखिन्छ। नीतिगत भ्रष्टाचार गरेर जग्गा बेचबिखन गर्न मिल्ने गरी ऐन संशोधन गरेको आरोप लाग्दै आएको छ। जहाँ गए पनि, जुन मञ्चमा उभिए पनि गिरीबन्धु टी–इस्टेटले ओलीलाई पिछा गर्न छाडेको छैन।  

भदौ ६  (संघीय संसद् परिसर, नयाँ बानेश्वर)

झन्डैै एक महिनाको अवरोधपछि प्रतिनिधिसभा बैठक चल्यो। सुन प्रकरणमा जाँचबुझ आयोग बनाएर छानबिन गर्ने सहमति भएपछि प्रमुख प्रतिपक्षी एमालेले गरिरहेको संसद् अवरोध हटेको थियो। बैठकपछि ओलीले बाहिरिने क्रममा पत्रकारबाट गिरीबन्धु ‘टी–इस्टेट’ प्रकरणबारे प्रश्नको सामना गर्नुपर्यो।  

अघिल्लो प्रश्नसम्म संयमित भएर जवाफ दिइरहेका ओली सञ्चारकर्मीले ‘झापाको गिरिबन्धुको कुरा आइरहेको छ नि...?’ भन्ने प्रश्न सोध्नासाथ असंयमित बने। सुरुमा झोक्किँदै टालटुले जवाफ दिएका उनले सञ्चारकर्मीको पूरक प्रश्नमा गिरीबन्धु चिया बगान स्थानान्तरणमा आफ्नो सहमति भएको जवाफ दिए।  

अनियमितताको विषयमा झोक्किँदै उनले भने, ‘केको अनियमितता? कहाँबाट अनियमितता? अनि गिरीबन्धु, गिरीबन्धु भन्या को हो? म हो? गिरीबन्धुले चिया इस्टेट लगाएका थिए, उनीहरूले चिया बनाएका छन्।’  

पहिला बिनाकानुन जमिन सट्टाभर्ना गरेको दाबी गरे। उनले भने, ‘अहिले हामीले कानुन बनाइदिएका छौं। अरू केही गर्या छैन, त्यत्ति हो। छानबिन जरुरी नै छैन। गर्न मन लागे गरे हुन्छ।’  

भदौ ७ (भक्तपुर)

एमालेनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संघको भक्तपुर जिल्ला भेलामा सम्बोधन गर्ने क्रममा ओलीले गिरीबन्धुकै कुरा कोट्याए। उनले सुनकाण्ड लुकाउन गिरीबन्धु टी–इस्टेटको आरोप फिँजाइएको बताए। उनले त्यहाँ यस्तो भनेका थिए, ‘पहिले पटकपटक गरेर ७० बिघा बेचेको थियो, उहाँहरूकै सरकारले त हो। हामी आएपछि कानुनबिना बेच्नै हुँदैन, कानुन बनाउनुपर्छ भनेर कानुन बनाएका हौं। कानुन भएपछि भ्रष्टाचारको लेनदेन चाहिँदैन भनेर कानुन बनाइदिएँ। अनि चाहिँ भ्रष्टाचार भयो रे।  

भदौ ८ (विराटनगर)

ओली विराटनगर पुगेर विमानस्थलमा पत्रकारसँग भेटघाट हुँदा पनि त्यो कुरा उठ्यो। सो क्रममा उनको मुखबाट फेरि गिरीबन्धुकै सवालमा बोली फुट्यो। उनले गिरीबन्धुको प्रसंगमा बोल्दै सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम गरिरहेको आरोप लगाए।  

भदौ ९ गते (झापा)

ओली गृह जिल्ला झापा पुगे। जहाँ पुग्दा पनि गिरीबन्धुको विषयमा झन् बोल्नैपर्यो। जहाँ उनले गिरीबन्धु टी–इस्टेट ६० वर्ष पुरानो बगान भएकाले आफूले स्थानान्तरणका लागि कानुन बनाएर सहमति दिएको बताए। उनले भनेका थिए, ‘उहाँहरूबाट (गिरीबन्धु चिया बगान सञ्चालक) निवेदन आएको हो। गिरीबन्धुले चियाको उमेर ६० वर्षदेखि बढीमा ८० वर्षसम्म हुन्छ, २०२०÷२१ सालमा लगाएका चियाका बोट अहिले ६० वर्षका भए। अब यी चियाबगान काम लाग्दैन, हटाउनुपर्छ भनियो। हटाएर फेरि चिया गलाउन १५÷२० वर्ष खाली राख्नुपर्छ। जमिन रुखो भएकाले मलिलो पार्न १५–२० वर्ष राख्नुपर्छ अनि मात्र चिया रोप्न सकिन्छ भन्ने कुरा आयो। करोड रूपैयाँ कट्ठाको जमिन चियाका बुट्टा पर्खिएर त्यो पनि २० वर्षपछि लगाउन खाली राख्नुपर्ने, त्योभन्दा बाहिर सार्दा १५–२० लाखमा बिघा पाउँछौं। त्यसमा बगान लाउँछौं। अहिलेको जग्गा सहरी प्रयोजनमा बेच्छौं। त्यसबाट पैसा कमाउँछौं। त्यो कमाएको पैसा उद्योग–व्यापारमा लगाउँछौं भन्ने उहाँहरूको कुरा आयो। अनि उनीहरूको सम्पत्तिमा मेरो अंश खोइ भन्न म अंशियार हो? भाइभतिजा हो?’  

भदौ ११ (काठमाडौं)

जनप्रतिनिधिसँग अन्तक्र्रिया भयो। जसलाई सम्बोधन गर्दै ओलीले यती, ओम्नी र गिरीबन्धु चिया बगानको छानबिन गर्न सरकारलाई चुनौती दिए। उनले यी प्रकरणको छानबिन भए सत्तापक्ष नै जेल जानुपर्ने दाबी गरे। गिरीबन्धु टी–इस्टेटका विषयमा बोल्दै ओलीले भने, ‘हामीलाई भन्दै थिए त, अहिले त एउटा यताबाट अर्को अर्कोतिरबाट गुटुटु कुद्छ। अहिले चिया बगान निस्किएको छ। गर न त छानबिन। बिनाकानुन २०५३ सालमा १९ बिघा जमिन बेच्न दिएको थियो। कमिसन खाएर त्यसको छानबिन गर। २०६० सालमा ५१ बिघा कानुन बेच्न दिइएको थियो। छानबिन गर, जेल जाऊ।’ हामीले कानुन बनाइदिएका हौं। अब उप्रान्त यसरी कानुनविपरीत हुनुहुँदैन भनेर कानुन बनाएका हौं। कानुन बनाउँदा कसैले कमिसन खान्छ?’

गिरीबन्धु प्रकरण र ओलीको भूमिका  

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा झापाको बिर्तामोडमा ३४३ बिघा १९ कट्ठा १२ धुर जग्गामा रहेको गिरीबन्धु टी–इस्टेटको स्थानान्तरण गरेर ‘रियल स्टेट’ कारोबार गर्ने गिरोहलाई सहयोग पुर्याउने गरी नीतिगत निर्णय भएको थियो। भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ले उद्योग, कृषि, सहकारी र शिक्षण वा स्वास्थ्य संस्थाहरूको भोगचलनमा रहेको अवस्थामा भने यो हदबन्दीले नछुने व्यवस्था गरेको थियो। यसरी हदबन्दी छुट पाउँदा जुन प्रयोजनका लागि पाइएको हो, त्यही काममा जग्गा प्रयोग भएसम्म मात्रै पाउने र त्यो प्रयोजनमा काम रोकिए उक्त जग्गा सरकारको हुने व्यवस्था थियो। तर गिरीबन्धु टी–इस्टेट स्थानान्तरण तथा जग्गा बेचबिखन गर्न सहज हुनेगरी ओली सरकारकै पालामा ‘भूमिसम्बन्धी आठौं संशोधन, २०७६ जारी भएको थियो। ओलीको अभिव्यक्तिले समेत त्यसलाई पुष्टि गरिरहेको छ।

यसरी ऐन नै संशोधन भएपछि गिरीबन्धुको जग्गा बेच्न लागिपरेका भूमाफियाका लागि सहज भयो। जसमा ओली नेतृत्वको सरकारले पनि सहजीकरण गर्यो। विभिन्न प्रक्रिया पूरा गरेर २०७८ असार १३ गते ओली नेतृत्वको मन्त्रिपरिषद्ले गिरीबन्धु टी–इस्टेटलाई प्रदेश १ भित्रका क्षेत्रमा स्थानान्तरण गर्न अनुमति दिने निर्णय गर्यो। जसमा अर्बांैको चलखेल भएको जानकार बताउँछन्।  

यसरी एउटा कम्पनी सञ्चालनका लागि राज्यबाट हदबन्दी छुट पाएको जग्गा कम्पनी बन्द हुँदा स्वतः राज्यका नाममा फर्किने अवस्थामा पनि ओली सरकारका पालामा अर्बौंको चलखेल गरेर ऐन नै संशोधन गरी बेचबिखन गर्ने अवस्थामा पुर्याएको आरोप छ। गिरीबन्धुको जग्गा बेचबिखनमा सहज हुनेगरी भूमिसम्बन्धी ऐन संशोधनको विषय राज्यको अपारदर्शी व्यवहारको उपज भएको संवैधानिक कानुनका ज्ञाता डा. विपिन अधिकारी बताउँछन्। ‘त्यो एउटा उदाहरण हो। हामीकहाँ ऐनको संशोधन औचित्यमा भन्दा ‘भेस्टेट इन्ट्रेस्ट’मा हुन्छ भन्ने तमाम उदाहरण छन्,’ उनले भने, ‘ऐन संशोधन गर्दा किन गर्ने? कसरी गर्ने? भन्ने विषयमा पहिले सरोकारवाला, त्यसपछि विज्ञ र सार्वभौम संसद्मा पारदर्शी रूपमा छलफल गर्नुपर्ने हो। तर ऐन संशोधन प्रस्ताव अदृश्य स्वार्थमा जान्छ अनि जनताले पछि मात्रै थाहा पाउँछन्।’ अहिले चर्चामा रहेको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पनि स्वार्थबाट प्रेरित भएर आएको अर्को उदाहरण रहेको अधिकारीले बताए। ‘८८ वटा ऐनलाई एउटै संशोधनले सम्बोधन गर्ने संसदीय पद्धतिमा कहीँ हुन्छ? फरकफरक विषयमा ऐनबारे एउटै संसदीय समितिमा कसरी पारदर्शी छलफल हुन सक्छ? झुन्डमुन्ड एकै ठाउँमा लगीकन अपारदर्शी ढंगले ऐन संशोधन गर्न खोजिएको छ,’ उनले भने।  

उता ‘सेटिङ’मा गिरीबन्धुको जग्गा बेचबिखन गर्न नीतिगत निर्णय गरेकैले अहिले ओलीका लागि त्यो विषय टाउको दुखाइ भएको सत्तापक्षका नेता बताउँछन्। ‘सरकार सुशासनका मुद्दामा प्रखर रूपमा उभिएको छ, जुन कुरा एमालेकै दस्तावेजमा पनि छन्। यस्तोमा ओलीजीले पनि सहयोग गर्नुपर्ने हो,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भन्छन्, ‘गिरीबन्धुकै विषयमा सार्वजनिक रूपमै शंका उठेको विषय प्रधानमन्त्रीको भन्दा ओलीजीको टाउको दुखेको देख्दा त्यसले झन् स्वाभाविक शंका उठेको छ।’
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
१२ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




शनिबार, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको जानकारी गराएका हुन्।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको उनले बताए। 

उनका अनुसार विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको पनि उनले स्मरण गराए। 

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको उनको भनाइ छ।

महामन्त्री पौडेलले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा शाहले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेका हुन्।

उनले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताए।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने माग समेत महामन्त्री पौडेलले गरेका छन्। 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस