‘बेरुजु फर्छ्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्छ’
१९ भदौ २०८०
•
४ मिनेट पाठ
‘बेरुजु फर्छ्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्छ’
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सांसदहरूले समितिको भूमिका महत्त्वपूर्ण हुनुपर्नेमा जोड दिएका छन्।

बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सार्वजनिक लेखा समितिको भूमिका महत्त्वपूर्ण हुनुपर्नेमा सांसदहरूले जोड दिएका हुन्। सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको मङ्गलवारको बैठकमा सांसदहरूले राखेका छन्।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी बेरुजु बढ्नाका कारण र यसलाई घटाउनका लागि चाल्नुपर्ने कदमबारे सरकार तथा सम्बन्धित मन्त्रालयमार्फत जानकारी लिनुपर्ने बताए।

सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारका आर्थिक गतिविधिमाथि निगरानी गर्ने र आवश्यक पर्दा कारबाहीका लागि निर्देशन दिन सक्नुपर्ने बताए। सुशासन र पारदर्शिताको कमीका कारण अहिलेको व्यवस्थाप्रति जनतामा वितृष्णा जागिरहेकाले जनताको विश्वास जित्नका लागि समितिले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। राष्ट्रिय मान्यता पाएका दलका आम्दानी र खर्च हेर्न पाउने अधिकार पनि लेखा समितिलाई दिइनुपर्ने सांसद भट्टराईको भनाइ थियो। गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) का आर्थिक क्रियाकलाप पारदर्शी हुन नसकेको र उनीहरूले गर्ने खर्च सरकारी लेखा प्रणालीमा आउन नसकेकामा लेखा समितिले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

सांसद डा. अमरेशकुमार सिंहले आर्थिक पारदर्शिता कायम गर्ने विषयमा लेखा समितिको भूमिका महत्त्वपूर्ण हुने बताए। दशकौँदेखि फर्छ्यौट हुन नसकेका बेरुजुलाई छुट्याएर त्यसलाई टुङ्ग्याउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ।

सांसद तारा लामा तामाङले सरकारका कामकाजमा आर्थिक अनुशासन पालना र पारदर्शिता कायम गर्नका लागि लेखा समितिले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन्। जनताको सो अपेक्षा पूरा हुन नसकेको उनको भनाइ छ।

सांसद सञ्जयकुमार गौतमले लेखा समितिको यो कार्यकाल बेरुजु फर्छ्यौट गर्ने र वित्तीय सुशासन कायम गर्नेमा सफल हुने अपेक्षा राखेको बताए।

सांसद गोकुलप्रसाद बाँस्कोटाले लेखा समितिको पहिलो बैठकमै केही सांसद अनुपस्थित भएको र उपस्थित भएका सांसद बैठक अवधिभर बस्न नसकेको प्रसङ्ग उठाउनुहुँदै समितिका कामको प्रभावकारितामाथि प्रश्न उठाए। त्यस्तै विकास आयोजनाको प्राविधिक लेखा परीक्षण हुनुपर्ने उनको भनाइ छ। बैठक नियमित हुनुपर्ने र समितिका कामको प्रभावकारिता देखिनुपर्ने भन्दै उनले लेखा समितिमा परेका सबै उजुरीमाथि छलफल गर्नेभन्दा पनि कुन उजुरीउपर समितिमा छलफल गर्ने भन्ने प्राथमिकता निर्धारण गर्नुपर्ने उल्लेख गरे।

सांसद अच्युतप्रसाद मैनालीले हालसम्म देखिएको सरकारको बेरुजु घटाउँदै लैजाने र नयाँ बेरुजु थपिन नदिने गरी काम गर्नुपर्ने धारणा राखे।

सांसद श्यामकुमार घिमिरेले अहिले नेपालले सङ्कलन गर्ने कूल राजस्वभन्दा कम देखिनु लज्जास्पद विषय रहेको बताए। महालेखा परीक्षकको कार्यालयले औँल्याएका सबै विषयमाथि समितिमा छलफल गर्नेभन्दा पनि बढी अनियमिता र अपारदर्शी देखिएका विषय छनौट गरेर समितिले काम गर्नुपर्ने उनको भनाइ छ।

सांसद हरि ढकालले सिंहदरबारभित्रै बेथितिको पराकाष्ठा देखिने गरेको बताए। बीमा संस्थान, विशालबजार कम्पनी, खाद्य व्यवस्था व्यापार कम्पनीलगायत सरकारी लगानीका संस्थानको लेखा परीक्षण हुन नसकेको, बिग्रेर कवाडी अवस्थामा पुगेका सवारीसाधन सिंहदरबारभित्र थन्किएको तर ती सवारीसाधनको इन्धन सुविधा तथा मर्मत सम्भार खर्च भने भुक्तानी भइरहेको देखिएको उनको भनाइ छ। यस्ता समस्या समाधानका लागि लेखा समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने सांसद ढकालले बताए।

सांसद रामकृष्ण यादवले बेरुजु फर्छ्यौटका लागि समितिले सक्रियताका साथ काम गर्नुपर्ने र सबै विषयगत मन्त्रालयलाई बोलाएर बेरुजु बढ्नुको कारणबारे जानकारी लिनुपर्ने धारणा राखे।

समितिका पूर्व सभापति भरत शाहले सरकारले गर्ने खर्चमाथिको निगरानी गर्ने जिम्मेवारी सार्वजनिक लेखा समितिको रहेको उल्लेख गरे। संसारका अरू देशले जोखिममा आधारित लेखा परीक्षण गर्ने गरेकामा नेपालमा पनि यो लागू हुनुपर्ने र जहाँ बढी समस्या छ त्यहाँ लेखा परीक्षण बढी केन्द्रित हुनुपर्ने उनले बताए।    

सङ्घीय संसद् सचिवालय सचिव डा. रोजनाथ पाण्डेले गैरसरकारी सङ्घसंस्थाले गर्ने बजेट खर्च सरकारको वार्षिक बजेटमा परेको तर सरकारी कोषमा नपर्ने गरेको बताए।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषय, सार्वजनिक वित्तको लेखा परीक्षण तथा समितिमा पर्ने उजुरीका विषय सार्वजनिक लेखाले प्रभावकारी रूपमा हेर्नुपर्ने बताए। 

सरकारको आय–व्यय तथा वित्तीय विवरणलाई मूल आधार बनाएर आर्थिक अनुशासन कायम गर्नका लागि लेखा समितिले काम गर्नुपर्ने उनको भनाइ छ। अहिले रु साढे नौ खर्बभन्दा बढी बेरुजु रहेकामा त्यसलाई घटाउनका लागि लेखासमितिले महत्त्वपूर्ण भूमिका रहनुपर्ने सचिव अर्यालको सुझाव छ। महालेखा परीक्षक कार्यालयका पछिल्ला दुई प्रतिवेदन लेखा समितिमा छलफल नै हुन नसकेको र ती प्रतिवेदनले औँल्याएका बेरुजु फर्छ्यौट हुन नसकेको उनले बताए।
अर्को समाचार
बेरुजु असुल्न पोखरा महानगरलाई सार्वजनिक लेखा समितिको निर्देशन
०४ जेष्ठ २०८१
•
२ मिनेट पाठ
बेरुजु असुल्न पोखरा महानगरलाई सार्वजनिक लेखा समितिको निर्देशन
पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिको बैठकका सहभागि। तस्बिरः सन्देश/नागरिक
पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले महानगरको बेरुजु असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ। समितिको बैठकले महानगरपालिकामा देखिएको बेरुजु जसको नाममा देखिएको हो उसैबाट असुलउपर गर्न निर्देशन दिएको हो।

समितिका संयोजक झपटबहादुर रानाभाटको अध्यक्षतामा बसेको बैठकमा महानगरमा देखिएको बेरुजु असुलउपर गर्नेबारे छलफल भएको थियो। छलफलमा समितिका सबै सदस्यहरुले बेरुजुका कारण पोखरा महानगरको बदनामी भएको र यसले दण्डहिनतालाई प्रश्रय दिएको भन्दै तत्काल असुलउपर गर्नुपर्नेमा जोड दिए।

उनीहरुको एउटै धारणा थियो, ‘बेरुजु जसको नाममा देखिएको हो उहीबाट असुलउपर गराउनुपर्छ।’ सोहि धारणालाई समष्टिगत गर्दै समितिका संयोजक रानाभाटले बेरुजु रकम असुलउपर गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई पत्र लेख्ने निर्णय भएको बताए।

समितिले बेरुजु फछ्र्यौट नगर्नेको तीनपुस्ते सार्वजनिक गर्नपनि महानगरलाई निर्देशन दिएको छ। ‘बेरुजू तिरे ठीक छ,’ संयोजक रानाभाटले भने, ‘नतिर्नेको सञ्चारमाध्यममार्फत तीनपुस्ते सार्वजनिक गर्न निर्देशन दिएका छौं।’ पोखरा महानगरमा आर्थिक सुशासन कायम गर्नका लागि यस्तो निर्देशन दिएको बताउँदै उनले भने, ‘महानगरका पदाधिकारी, कर्मचारी, राजनीतिक पहुँच भएका वा निर्माण कम्पनी जो भएपनि असुल गरौं। त्यस्तालाई पानीमुनी गएपनि छाड्न हुँदैन।’  

पोखरा महानगरपालिकामा हालसम्म ३ अर्ब ३ करोड ९१ लख १३ हजार ६ सय ४० रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। जसमध्ये अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा मात्र ७९ करोड ४९ लाख ८० हजार २ सय ३८ रुपैयाँ बेरुजु देखिएको छ। १ अर्ब ३४ करोड ३९ लाख ५९ हजार ८ सय ३६ रुपैयाँ कुल बेरुजू भएपनि लेखा समितिको सिफारिसमा महालेखा परीक्षकको कार्यालयले ५४ करोड ८९ लाख ७९ हजार ५ सय ९८ रुपैयाँ बेरुजूलाई नियमित गरेर फछ्र्यौट गरिदिएको छ। समितिले ७३ करोड ५० लाख बेरुजु फछ्र्यौट गर्नका लागि सिफारिस गरेको तर केहि घटाएर बेरुजु नियमित गरिदिएको समितिका संयोजक रानाभाटले बताए। 

लेखा समितिका सदस्य सचिव रोमनाथ उपाध्यायले बेरुजु सुशासनको नकारात्मक सुचक भएकाले यसलाई असुलउपर गर्नु महानगरको दायित्व भित्र पर्ने बताए। लेखा समितिको निर्णयमा प्रतिपक्षको पनि समर्थन देखिने भएकाले महालेखा परीक्षकको कार्यालयले बेरुजु नियमित गर्ने उनको भनाई छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस