१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा गर्न बिहीबार जिल्ला विभाजन गरेको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुनेछ। मंसिर २१ मा तराई र पहाडगरी ४५ जिल्लामा निर्वाचन हुनेछ।

'भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ।

भूगोललाई ध्यानमा राखेर निर्वाचन गर्ने जिल्लाहरु छुट्याइएको निर्वाचन आयोगले जनाएको छ।

‘मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ’, निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ।

मुख्य निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले बिहीबार यस्तो निर्णय गरेको हो। बैठकमा आयोगका माननीय सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कहाँ कहिले निर्वाचन? विस्तृतमा हेुर्नुहोस्

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App