कांग्रेस जागरणमा पनि गुटगत छाया
२३ भदौ २०८०
•
५ मिनेट पाठ
कांग्रेस जागरणमा पनि गुटगत छाया
नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको डेढ वर्षपछि गत साउनमा पार्टी सभापति शेरबहादुर देउवाको १८बुँदे निर्देशनसहित केन्द्रीय प्रतिनिधिलाई जिल्ला–जिल्लामा पुग्न भनियो। पार्टी निर्देशन अनुसार कतिपय केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्लामा पुगे। तर प्रदेशसभा र प्रतिनिधिसभाको बैठक जारी भएका कारण जिल्लाका अगुवा नेताहरू संघीय र प्रादेशिक राजधानीमै थिए।

कांग्रेसले सांसदलाई प्रतिनिधिसभा र प्रदेशसभा बैठक नछाड्न भनेको थियो। बाँकी नेता तथा कार्यकर्ता पनि बर्खाका कारण पार्टीले सञ्चालन गरेको आन्तरिक विशेष अभियानअन्तर्गत आआफ्नो जिल्ला पुग्न सकेनन्। जसले गर्दा आन्तरिक विशेष अभियानअन्तर्गत प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फका १६५ क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने योजना सफल भएन।

कांग्रेसले साउन २० गतेदेखि सञ्चालन गरेको १० दिने आन्तरिक विशेष अभियानअन्र्तगत केन्द्रीय प्रतिनिधि तोकिएका धेरैको कुरा यस्तै छ। उनीहरू भन्छन्, ‘जसले मिलाउनुपर्ने हो र जसलाई मिलाएर लैजानुपर्ने हो, दुवै जिल्ला र क्षेत्रमा नभएपछि अभियानले लक्ष्य हासिल गर्न खासै सकेन।’

जिल्लामा खटिएका नेताहरूले पार्टी संगठनको अवस्था, विधानअनुसारका संरचना गठन भए–नभएको, स्थानीय सरकार र पार्टीबीचको सम्बन्ध जस्ता विषयमा छलफल गरी संरचना निर्माणसहितका विषयमा सहजीकरण गर्ने जनाइएको थियो। भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने कुरा पनि १८ बुँदे निर्देशनमा थियो।

केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लाको अवस्थाबारे केन्द्रमा प्रतिवेदन बुझाउन पनि भनिएको थियो। ‘गुटले थिलथिलो भएको पार्टीमा कुनै पनि तहका संरचना पूरा भएकै छैनन्,’ जिल्ला पुगेर आएका एक केन्द्रीय प्रतिनिधिले भने, ‘केन्द्रमा पार्टीको अवस्था जस्तो छ, तल्लो तहमा त्यस्तै छ।’

प्रतिवेदन कार्यान्वयन गर्ने तहका नेताहरूले नै तल्लो तहसम्म गुट संरक्षण गर्दै आएको बताउँदै ती नेताले भने, ‘प्रतिवेदन कार्यान्वयन हुने होइन, फलानोले यस्तो लेखेर बुझाएछ भनेर जिल्लाका साथीलाई चिढ्याउने पक्षमा कोही छैन।’

कांग्रेसमा अहिले नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व छ। केही गरौं, परिवर्तन गरौं भन्नेलाई  पार्टीले उपयुक्त स्थान नदिँदा समस्या भएको छ। पार्टीले घोषणा गरेका अभियान रोकिँदा नराम्रो सन्देश जान्छ।

-प्रदीप पौडेल, केन्द्रीय सदस्य 
गुटभन्दा माथि पार्टी र देश हो भन्ने मनन नभएसम्म अभियान अभियानमै सीमित हुने ती नेताको दाबी छ। साउन २० देखि ३० गतेसम्म आन्तरिक विशेष अभियान सञ्चालन गरेको कांग्रेसले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। तर कांग्रेसले भदौ ५ गते पत्रकार सम्मेलन गरी ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गर्‍यो। आन्तरिक किचलो र गुटगत विवादले थिलथिलो भएको कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको अभियान प्रभावकारी हुन नसकेपछि दोस्रो चरणको अभियान स्थगित गरेको निकट स्रोतको दाबी छ।

निर्वाचनपछि लामो समयसम्म पार्टीका कार्यक्रमहरू नहुँदा संगठनमा शिथिलता देखिएको छ। तर कांग्रेले साउन २० देखि ३० गतेसम्म सञ्चिालित अभियानले पार्टीलाई चलायमान बनाएको दाबी गरेको छ। पार्टीबारे जथाभाबी, मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृत्ति बढ्दै गएको जनाउँदै कांग्रेसले भनेको छ, ‘यसले पार्टी पंक्तिमा निराशा फैलिएको थियो भने यो अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै उत्साह भर्ने काम गरेको छ।’

पहिलो चरणको अभियानमा पार्टी प्रवेश गर्नेसहितका लहर आउन नसकेको स्वीकार गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले खेतीपातीको बेला भएकाले गाउँमा नेता भेटिने तर कार्यकर्ता नभेटिने अवस्था आएको बताए।

कांग्रेसले पहिलो चरणको अभियान प्रभावकारी भएको दाबी गरे पनि कार्यकर्ता भने त्यस्तो ठान्दैनन्। दोस्रो चरणको अभियान सञ्चालन गरी कार्यकर्ताको उत्साह बढाउनुपर्नेमा स्थगित गरिएपछि कार्यकर्ता असन्तुष्ट छन्। हुन त कांग्रेसले विभिन्न अभियान घोषणा गर्ने र बिचमै छाड्ने गरेको यो पहिलोपटक भने होइन। यसअघि पनि पटकपटक अभियान सुरु गरेको कांग्रेसले आन्तरिक विवादका कारण बिचमै छाड्ने गरेको थियो।

कांग्रेसको १२औं महाधिवेशनपछि तत्कालीन उपसभापति रामचन्द्र पौडेल नेतृत्वको प्रशिक्षण प्रतिष्ठान विभागले बिपीको बाटोमा हिँड्नेसहितका अभियान घोषणा गरेको थियो। अभियानअन्तर्गतका कार्यक्रममा तत्कालीन सभापति सुशील कोइराला, नेता शेरबहादुर देउवासहितको आलोचना भयो। गुटगत विवाद बढ्दै जाँदा अभियान बिचमै तुहिन पुग्यो। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए। उपसभापतिको जिम्मेवारीमा विमलेन्द्र निधि पुगे।

दस दिने अभियान उपयुक्त  समयमा भएन। त्यसमा  जनताको अपेक्षित आकर्षण पनि हुन सकेन। जनतालाई आकर्षण गर्ने आर्थिक, राजनीतिकसहितका कार्यक्रम लिएर पार्टीले अभियान चलाउनुपर्छ।

-श्यामकुमार घिमिरे, केन्द्रीय सदस्य 
२०७४ सालको आम निर्वाचनमा पार्टी पराजित भएपछि २०७५ वैशाखमा केन्द्रीय समितिको बैठकले निधि नेतृत्वको विभागले संगठन परिचालनका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। २०७६ सालमा निधि नेतृत्वको विभागले सञ्चालन गरेको अभियानले पनि पूर्णता पाएन। त्यसबेला कांग्रेसले १४ बुँदे उद्देश्यसहितको जागरण अभियान घोषणा गरेको थियो।

त्यस्तै कांग्रेसले २०७९ सालको स्थानीय तह निर्वाचन लक्षित अभियान सञ्चालन गर्‍यो। स्थानीय निर्वाचनलक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान २०७८ फागुन २० देखि चैत २० गतेसम्मका लागि घोषणा गरिएको थियो। त्यसपछि कांग्रेसले स्थानीय प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर २०७९ वैशाखदेखि मंसिरसम्म तीन चरणको अभियान घोषणा गर्‍यो। अभियानअन्तर्गत पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७५३ स्थानीय तहमा पुग्ने लक्ष्य कांग्रेसले राखेको थियो। तर उक्त कार्यक्रम पनि घोषणामै सीमित भयो।
अर्को समाचार
कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र
१७ भदौ २०८०
•
५ मिनेट पाठ
कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र
फायल तस्वीर
नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ। तर कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै विभाग र निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानमा भए पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन।

सभापति शेरबहादुर देउवाले शुक्रबार विधानको धारा ३७ को १ (ग) अनुसार १५ जना केन्द्रीय सदस्यलाई विभिन्न १५ विभागको प्रमुख तोकेका छन्। कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय, पुष्पा भुसालले महिला, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, किरण यादवले तराई-मधेस समन्वय, योगेन्द्र चौधरीले थारु, गेहेन्द्र गिरीले ज्येष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय र दिलमान पाख्रिनले आदिवासी जनजाति विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ। तर कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन।
त्यस्तै प्रकाश रसाइली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख तोकिएको छ।

प्रमुख तोकिएका यी विभागले कहिले पूर्णता पाउँछन् र बाँकी विभागका प्रमुख कहिलेसम्म तोकिन्छन् भन्ने निश्चित छैन। पार्टीभित्रको गुटगत सन्तुलन मिलाएर विभाग गठन र तिनलाई पूर्णता दिने गृहकार्यमा सभापति देउवा जुटेको निकटहरूको दाबी छ।

संस्थापन इतर पक्षले विभाग प्रमुखका लागि नाम दिन विलम्ब गरेकै कारण गठनमा ढिला भएको संस्थापन पक्षका नेताहरूको दाबी छ। गुटगत सन्तुलन मिलाउन विद्यमान विभागको संख्या थप गर्ने प्रस्ताव साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको थियो। सोहीअनुसार विभाग गठन गृहकार्यमा सभापति देउवासहितका पदाधिकारी जुटेका छन्।

कांग्रेस विधानमा ४८ विभाग रहने व्यवस्था छ। केन्द्रीय समिति बैठकमा २२ वटा विभाग थप्न प्रस्ताव भएको थियो ।

यसअघि सभापति देउवाले प्रचार, अनुशासन, निर्वाचन, लेखा समितिको प्रमुख तोकेका थिए। उपसभापतिको नेतृत्वमा रहने नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका सभापति देउवाले केहीदिन अघि अनुशासन समितिलाई पूर्णता दिएका थिए।

संस्थापन इतर पक्षले विभाग प्रमुखका लागि नाम दिन विलम्ब गरेकै कारण गठनमा ढिला भएको संस्थापन पक्षका नेताहरूको दाबी छ।
प्रमुख तोकिएका समिति र विभाग पनि पूर्णता पाउन नसक्दा क्रियाशील हुन सकेका छैनन्। साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले भदौ १५ गतेभित्र विभाग गठन गरिसक्नुपर्नेलगायतका प्रस्ताव राखेका थिए। सोही कार्यतालिकाअनुसार पनि कांग्रेस विभाग र समितिलाई पूर्णता दिन असफल भएको छ।

विभागहरू मात्र होइन, कांग्रेस केन्द्रीय समितिले पनि पूर्णता पाउन सकेको छैन। १६८ सदस्यीय केन्द्रीय समितिमा झन्डै एक दर्जन सदस्य मनोनीत गर्न बाँकी छ। कोषाध्यक्ष पद पनि रिक्त छ। महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठजना सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित हुने व्यवस्था विधानमा छ।

विधानको धारा २१ (४) मा कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै एकजनालाई मनोनयन गर्न सभापतिले प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। सभापतिको यो प्रस्तावलाई केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यले अनुमोदन गर्नुपर्छ। केन्द्रीय समितिमा निर्वाचित झन्डै ८० प्रतिशत केन्द्रीय सदस्य सभापति देउवा पक्षका छन्। तर देउवाले अहिलेसम्म कोषाध्यक्ष मनोनयन प्रक्रिया अघि बढाएका छैनन्। कांग्रेस १४औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभाग लगायतका निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ।

पार्टीका भ्रातृ संगठनको अवस्था पनि लथालिंग छ। कार्यकाल गुजारेका भ्रातृ संगठनका केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशनमा जानेगरी २०७९ फागुनमा तदर्थ समिति गठन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष तोकेको एक वर्षपछि सभापति देउवाले विधानको व्यवस्थाविपरित केन्द्रीय समिति गठन गरेका छन्।

युवा तथा विद्यार्थी पार्टी छाडेर अन्यत्र जान थालेपछि सभापति देउवाले सात सय सदस्यीय नेपाल विद्यार्थी संघ र चार सय सदस्यीय नेपाल तरुण दलको केन्द्रीय समिति गठन गरेका हुन्। महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन भए पनि अपूर्ण छन्। महिला संघसहितका संगठनमा केन्द्रीय समिति गठनसँगै आन्तरिक विवाद तीब्र बन्न पुगेको छ। प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, मुस्लिम संघ, ठाकुर समाज, दलित संघको तदर्थ समिति गठन हुन सकेको छैन।

पार्टीका भ्रातृ संगठनको अवस्था पनि लथालिंग छ। कार्यकाल गुजारेका भ्रातृ संगठनका केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशनमा जानेगरी २०७९ फागुनमा तदर्थ समिति गठन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो।
गुटगत विवाद र सन्तुलन मिलाउन नसक्दा सभापति देउवाले केन्द्रीय समिति र विभागलाई पूर्णता दिन नसकेका हुन्। त्यसैगरी प्रदेश, जिल्ला हुँदै वडा तहसम्मका संरचना पनि पूर्ण नहुँदा क्रियाशील हुन सकेका छन्। आन्तरिक विवाद समाधान गरी संगठनलाई चलायमान बनाउने भन्दै कांग्रेसले साउन २० गतेदेखि १० दिने अभियान चलाएको थियो। १० दिने अभियानमा पनि गुटगत विवाद देखिएपछि भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणमा गर्ने भनिएको ‘समुदायमा कांग्रेस’ कांग्रेस अभियान स्थगित भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस