काठमाडौं नेसनलको सम्बन्धन खारेज
२२ भदौ २०७४
•
९ मिनेट पाठ
काठमाडौं नेसनलको सम्बन्धन खारेज
काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने विवादित निर्णय ४२ दिनपछि फिर्ता लिएको छ । परिषद्को बुधबारको बैठकले पुरानो निर्णय सच्याउँदै कलेजको शिक्षण अस्पतालले सञ्चालन अनुमति नै नलिएको पाइएको भन्दै सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।




सम्बन्धन फिर्ता नगरे बुधबारदेखि अनशन बस्ने डा. गोविन्द केसीको घोषणा र निर्णय नसच्याए तत्काल पदाधिकारी नै बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनीपछि त्रिवि पदाधिकारी सम्बन्धनको निर्णय फिर्ता लिन बाध्य भएका हुन् । सम्बन्धन फिर्ता गरेसँगै डा.केसीले अनशनको कार्यक्रम स्थगित गरेका छन् । कार्यकारी परिषद् बैठकको प्रस्ताव १४७४ मा अस्पतालले अनुमति नै नलिएको भन्ने स्वास्थ्य मन्त्रालयको निर्णय र त्रिविद्वारा गठित छानबिन समितिको प्रतिवेदनसमेतका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

त्रिविले गठन गरेको खोजबिन समितिले कलेजले सञ्चालन अनुमति नलिएकाले सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रतिवेदन बुधबार दिउँसो त्रिविसमक्ष बुझाएको थियो । प्रतिवेदन बुझाएको केही समयपछि उपकुलपति तीर्थ खनियाँले कार्यकारी परिषद् बोलाएर सम्बन्धन खारेज गर्ने निर्णय गराएका थिए ।

कार्यकारी परिषद्ले भदौ १७ गते सम्बन्धन स्थगित गरी खोजबिन गर्न नेपाल ल क्याम्पसका सहप्राध्यापक सनद देवकोटा संयोजक तथा डा. प्रसन्न भट्ट र त्रिवि सेवा आयोग प्रमुख परशुराम कोइराला सदस्य रहेको समिति बनाएको थियो । समितिले स्वास्थ्य मन्त्रालय र वातावरण मन्त्रालयका अधिकारीसँग छलफल एवं परामर्शका साथै कलेज भ्रमण गरेर प्रतिवेदन तयार पारेको थियो ।

खोजबिन समितिको टोली कलेजको शिक्षण अस्पताल पुग्दा केही नर्स र सुरक्षा गार्डबाहेक कुनै पनि चिकित्सक र कर्मचारी थिएनन् । टोलीले अस्पतालमा एक जना पनि बिरामी नभेटेको, आवश्यक जग्गा र अन्य भौतिक पूर्वाधार नभएको, वातावरणीय प्रभाव र भवन निर्माण सम्पन्न प्रमाणपत्रसमेत नलिएकोलगायतका विषय समेटेर प्रतिवेदन बुझाएको थियो ।

समितिको टोली अस्पताल पुग्दा पत्र बुझन्े आधिकारिक व्यक्तिसमेत नभेटेपछि सुरक्षा गार्डलाई बुझाएर फर्केको थियो । ‘स्वास्थ्य मन्त्रालयले भदौ १९ मा त्रिवि कार्यकारी परिषद्लाई अस्पताल स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० (दोस्रो संसोधन २०७३) बमोजिम अस्पतालले स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति नै नलिएको भन्ने उल्लेख गरेको छ,’ परिषद्को निर्णयमा भनिएको छ, ‘कार्यकारी परिषद्बाट गठित खोजबिन समिति अनुसन्धानमा जाँदा मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्ने आवश्यक न्यूनतम मापदण्डसमेत पूरा गरेको देखिएन भन्ने देखिएकाले कलेजलाई एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालन गर्न अस्थायी सम्बन्धन दिने गरी भएको निर्णय खारेज गर्ने ।’

कार्यकारी परिषद्ले सो निर्णयको जानकारी प्रधानमन्त्री कार्यलय, शिक्षा मन्त्रालय, सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र काठमाडौं नेसनल कलेज प्रालिलाइ पनि गराउने निर्णय गरेको छ ।

हाउजिङका लागि बनेको घर नबिक्ने अवस्था आएपछि सञ्चालकले तत्काल स्वास्थ्य मन्त्रालयमा अस्पताल सञ्चालनका लागि अनुमति माग गरी निवेदन दिएका थिए । शिक्षा मन्त्रालयबाट आसयपत्र पाएपछि अस्पताल सञ्चालन नगरी राजनीतिक पहुँच र आर्थिक चलखेलको आडमा सम्बन्धन दिने प्रयास भएको थियो । सोहीअनुसार त्रिविले २०७० सालमा डा. करवीरनाथ योगी संयोजक रहेको समिति बनाएर पूर्वाधार पुगेको प्रतिवेदन तयार पार्न लगाएको थियो । डा. केसी अनशन बसेपछि आइओएमले सम्बन्धन बन्द गरेको थियो । अस्पतालका सञ्चालक त्यसविरुद्ध अदालत गएका थिए ।

त्यतिबेला त्रिवि पदाधिकारीदेखि तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवलगायत सम्बन्धन दिने पक्षमा थिए । तर आइओएमको निर्णय, मन्त्रिपरिषद्को निर्णय र डा. केसीको अनशनको चेतावनीलाई समेत बेवास्ता गर्दै त्रिविका वर्तमान पदाधिकारीले सुरुदेखि सम्बन्धन दिनुपर्ने पक्षमा थिए । तीर्थ खनियाँले उपकुलपति भएदेखि नै सम्बन्धनका लागि आइओएमलाई पटकपटक दबाब दिएका थिए । उनले पछिल्लोपटक भने आइओएम फ्याकल्टी बोर्डको सहमतिबेगर नै सम्बन्धन दिने निर्णय गराएका थिए ।

प्रधानमन्त्रीकै पहल

सम्बन्धन खारेज नगरे डा. केसीले अनशन बस्ने घोषणा गरेपछि बुधबारै प्रधानमन्त्री देउवाले शिक्षामन्त्री र मुख्य सचिवलाई एकै ठाउँमा राखेर अनशन बस्ने अवस्था आउन नदिन सम्भव हुने सबै माग पूरा गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाले डा.केसी अनशन बस्ने अवस्था आएमा त्रिवि पदाधिकारीलाई हटाएरै छाड्ने चेतावनी दिएपछि पदाधिकारी तयार भएका हुन् ।

यसैगरी सरकारले डा.केसीले मागअनुसार सहकुलपति एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले आइओएमबाट खोसिएको अधिकार फिर्ता गरेर त्यसको जानकारी गराउनसमेत त्रिवि उपकुलपतिलाई बुधबारै निर्देशन दिएका छन् । अन्य पदाधिकारी नियुक्ति समितिको मापदण्ड र चिकित्साशिक्षा जाँचबुझ समितिको म्याद थप्ने निर्णयसमेत सरकारले गरेको छ ।

निर्णय सकारात्मक: डा. केसी

डा. गोविन्द केसीले काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज गर्ने निर्णय सकारात्मक भएको बताएका छन् । उनले चिकित्साशिक्षा ऐन नआएसम्म्म यस्ता जालझेलपूर्ण निर्णय भइरहने भन्दै तत्काल चिकित्साशिक्षा ऐन ल्याउन माग गरेका छन् ।

डा.केसीले बुधबार विज्ञप्ति निकालेर सम्बन्धन खारेज भएका कारण हाललाई अनशन स्थगन गरेको भन्दै कुनै पनि चलखेल भएमा तत्कालै अनशन बस्ने चेतावनी दिएका छन् । उनले सम्बन्धन प्रक्रियामा सहभागी हुने त्रिवि पदाधिकारीलाई बर्खास्त गरी आइओएमबाट खोसिएका अधिकार तत्काल आइओएममै फर्काउनसमेत माग गरेका छन् ।

डा. केसीले काठमाडौं नेसनलको खाली भवनलाई मापदण्ड पुगेको भनेर प्रतिवेदन दिने टोली तथा सो कलेजसँगै अन्य तीनवटा उस्तै कलेजमा मापदण्ड पुगेको भनेर फर्जी प्रतिवेदन दिने व्यक्तिमाथि तत्काल छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस