प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई गालिगलौच भए, बदमासी भए इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन्।
विराटनगरमा सोमबार आयोजित समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमा गालीगलौच गरेर राजनीतिज्ञ जस्तो देखिनेहरू विरुद्ध उत्रिन कार्यकर्तालाई निर्देशन दिएका हुन्।
दाहालले भने,‘जीवनभर संघर्ष गरेर गणतन्त्र ल्याउनेहरू रक्षात्मक र सामाजिक सञ्जालमा गलिगलौच गरेको भरमा नेता बनेकाहरू राजनीतिज्ञ जस्तो देखिन थालेको छ। ति चै ठूला हामी जीवनभर संघर्ष गरेका जेलनेल भोगेका हामीचाही डराएजस्ता अब, त्यस्तो होइन। जहाँ गालिगलौच हुन्छ, बद्मासी हुन्छ त्यहाँ इँटको जवाफ पत्थरले दिनेगरी जानुप¥यो। तपाई हामी जुरुक्क उठ्ने हो भने कसैको केहि लाग्दैन।’
भोलिको सन्देशसभा सकिएपछि लाखौं जनता सडकमा ल्याएर हामी जिउँदै छौं भन्ने देखाउने दाहालले बताए। उनले यो कालमा नयाँ लडाई सुरु गर्न लागेको बताए। ‘हतियार उठाउने त हैन। तर, यो लडाई नै हो राजनीतिक लडाई तपाईहरूको मलाई पुरा साथ चाहियो' उनले भने।
प्रधानमन्त्री दाहालले देश र जनताको हितका लागि केहि नयाँ गर्न खोजेको बताए। उनले देश बाहिर रहेका युवाहरूलाई समेत सामाजिक सुरक्षामा आबद्ध गरेको बताए। अनौपचारिक क्षेत्रका श्रमिकहरुलाइ पनि जोड्न सरकार प्रयत्नशिल रहेको उनको भनाइ छ।
उनले मिटरव्याजको समस्या समाधान गर्न प्रयास भइरहेको, नागरिकता समस्या समाधान गरेको दाबी समेत गरे। सरकार जति दिन टिक्छ बेथिति विरुद्ध लाग्ने दाहालले बताए। उनले जसका लागि जनताको साथ अवश्यक रहेको बताए। उनले भने,‘यो सरकार जनताको सरकार भएकोले जनताको सम्स्या समाधान गर्न प्रयासरत छ। सरकारलाई जनताको साथ चाहिएको छ।’
प्रधानमन्त्री दाहालले जनताका समस्या समाधानका लागि हेल्लो सरकार २४ घन्टा संचालन गरेको बताए। धेरै वर्ष देखि रोहिएको पन्चेश्वर परियोजना अघि बढेको। गेम चेन्जर परियोजनाका रुपमा अप्पर कर्णाली पनि अघि बढाउने तयारी सरकारले गरिरहेको बताए। चीन भ्रमणका क्रममा अन्तरदेशिय ट्रान्समिसनलाईन कोरोला र किमाथांका नाकामा बनाउने सम्बन्धी सम्झौता गरिने बताए। कोशी प्रदेश नामाकरणको बिषयमा देखिएको असन्तुष्टि बार्ता मार्फत समाधान गर्न सरकार प्रयासरत रहेको दाहालले बताए।
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।
चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।
सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।
यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।
प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।
औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।
चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।
देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।
शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...