जनता समाजवादी मोरङका अध्यक्ष राजकुमार यादव माथि विराटनगर महानगरपालिकाको नगर प्रहरीले दुर्व्यवहार गरेका छन्। बुधबार साँझ विराटनगरको कोशी अस्पताल अगाडिको आफ्नै फार्मेसीमा रहेका यादवलाई नगरप्रहरीहरूले लछारपछार गर्दै दुर्व्यवहार गरेका हुन्।
अध्यक्ष यादवलाई फर्मेसीबाट लछारपछार गर्दै नगरप्रहरीहरूले लैजाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। नगर प्रहरीले जसपाका जिल्ला अध्यक्ष यादव माथि दुर्व्यवहार गरेको भन्दै महानगरपालिका विरुद्ध शुक्रबार देखि आन्दोलन थाल्ने जसमा विराटनगर महानगर समितिको बिहीबारको बैठकले निर्णय गरेको छ।
पार्टीको नगर कार्यसमिति तथा भ्रातृसंगठनहरूको बैठकले विराटनगर महानगरका प्रहरीद्वारा भएको दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन, महानगर घेराउ र जनप्रतिनिधिलाई चेतावनी दिने कार्यक्रम तय गरेको जसपा विराटनगर समिति उपाध्यक्ष मो नसरुलले जानकारी दिए।
शुक्रबार महानगर कार्यालय घेराउ गर्ने र नगर प्रहरीका इन्चार्जसहित घटनामा संलग्नलाई बर्खास्त नगरुन्जेल आन्दोलन जारी रहने नसरुलले बताए।
सडकमा राखिएको सिटी रिक्सामा महागनरका प्रहरीले व्हिल लक लगाइदिएका थिए। चार घण्टासम्म नखोलेपछि जसपा अध्यक्ष यादवलाई रिक्सा छुटाइ दिन रिक्सा चालकले आग्रह गरेका थिए। आफू राजनीतिक पार्टीको अध्यक्ष भएको हिसाबले कुरा गरिदिन रिक्सा चालकले भनेपछि आफूले लक लगाउने नगर प्रहरीलाई ‘एक पटक माफी मगाएर, दोस्रो पटकदेखि गल्ती नगर्ने सर्तमा छाडिदिन आग्रह गरेको यादवले बताए। ‘तर, साँझमा एक्कासि हुल बाँधेर आएर नगर प्रहरीले विवाद र गालिगलौच गर्दै मलाई दुर्व्यवहार गरे’ यादवले भने।
घटना पछि वडा प्रहरी कार्यालयमा छलफल भएको र घटनाबारे आफूले मोरङ प्रहरीलाई समेत जानकारी गराएको यादवले बताए। घटना पछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यादवलाई भेटेर नगर प्रहरीले नचिन्दा घटना भएछ भनेको यादवले बताए। नगर प्रहरीलाई नागरिकमाथि जाई लाग्ने अधिकार नभएको भन्दै यादवले स्पष्ट पारे।
यादव मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत थिए। उनी स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलसँग पराजित भएका थिए।