सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)
०९ असोज २०७४
•
७ मिनेट पाठ
सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)
संसदमा सत्ता पक्षतर्फका खाली कुर्सीहरु, इन्सेटमा सभामुख घर्ती जबर्जस्ती विधेयक पारित गराउँदै र नेमकिपाका दुई सांसद विरोध गर्दै।
काठमाडौं—सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।

सो समयमा संसदको हलमा सांसदहरुको उपस्थिति संख्या जम्मा १२१ मात्र हुन्छ। संसदले गणपूरक संख्या (१४८) गुमाएको थाहा पाएका नेमकिपाका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा मगरले सो अलोकतान्त्रिक पद्धति रोक्न प्रयास गर्छन्। उनीहरु केही बोल्न खोज्छन् तर सभामुख ओनसारी घर्ती त्यसलाई बेवास्ता गर्दै निरंकुश रुपमा संसद बैठक अगाडि बढाउँछिन्। र गणपूरक संख्या गुमाएको संसद बैठकले ती संशोधनहरुलाई पारित भएको घोषणा गर्छिन्। 

दोस्रो बैठक सुरु भएको १ घन्टा २५ मिनेटसम्म सांसदहरुले विधेयकमाथि आ-आफ्नो राय प्रस्तुत गरे। बोल्ने अधिकांश सांसदहरुले देवानी संहिता विधेयक बौद्धिकता र अनुभवहरुबाट हाँसिल निचोडहरुको दस्तावेज भएको भन्दै प्रशंसा गरे। सांसदहरुको बोल्ने क्रम सकिएपछि सभामुख घर्तीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन समय दिइन्। उनले करिब ६ मिनेटमा आफ्नो जवाफ सक्काउँदै भने, 'देवानी संहिता एउटा अन्तरार्ष्ट्रिय स्तरको कानुन हुनेछ।' उनले विधेयक पारित गरिदिन आग्रह गर्छन्।

मन्त्रीको जवाफ सकिएपछि सभामुखले भनिन्, 'अब म देवानी कार्यविधि संहिता विधेयक २०७१ का सम्बन्धमा विधायन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ४३६ देखि पूरक प्रतिवेदनको क्रम संख्या १ देखि १२ सम्म उल्लिखित संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गर्दछु।' टाउको तल हेरेर पढ्दै बोलिरहेकी उनले टाउको ठाडो पारेर हलतर्फ हेरिन्। त्यहाँ बायाँ कुना एक जना सांसद हात उठाएर केही भन्न खोजिरहेका हुन्छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा गणपूरक संख्या नपुगेकाले यस्तो अवस्थामा विधेयक पारित हुन सक्दैन भनिरहेका थिए।

'के भो माननीय सदस्य?', सभामुखले भनिन्।

'विधेयक निर्णयार्थ प्रस्तुत गर्नु अगाडि गणपूरक संख्या यकिन गर्न आग्रह गर्दछु', उनले जवाफ दिए।

विधेयकमाथिको छलफल सुरु भएको करिब एक घन्टा ३० मिनेटमा सुवालले गणपूरक संख्यामा शंका जनाउँछन्। त्यतिबेला संसदको हल लगभग खाली नै हुन्छ। अझ सत्ता पक्षको कुर्सीमा पातलो संख्यामा मात्र सांसद उपस्थित हुन्छन्।

सांसद सुवालको माग बमोजिम सभामुख ओनसारी घर्तीले संविधानको धारा ९४ अनुसार तीन मिनेटसम्म घन्टी बजाएर सांसदहरुको उपस्थिति संख्या गणना गर्न आदेश दिन्छिन्। लगातार तीन मिनेटको घन्टी सुनेर बाहिर भएका केही सांसदहरु भित्र फर्किन्छन्। अन्तिम परिणाम अाउँछ संसद हलमा १५१ जना सांसद छन्। यो तथ्यांक त्यतिबेलाको हो जतिबेला संसदको दोस्रो बैठक सुरु भएको एक घन्टा ३५ मिनेट बितेको हुन्छ। गणपूरक संख्या १४८ हुनुपर्नेमा १५१ जना देखिएपछि सभामुखले मुलुकी देवानी संहिता विधेयक २०७४ निर्णयार्थ सदनमा पेश गर्छिन्। करिब ७ मिनेटमा विधेयक बहुमतले पारित हुन्छ।

त्यसपछि उनले विधेयकका दफामा छलफलका लागि आह्वान गर्छिन्। यही बेला केही सांसदहरु हल छोडेर बाहिर निस्किन थाल्छन्। त्यो दृश्य सभामुखले पनि देखिरहेकी हुन्छिन्। दोस्रो बैठक सञ्चालन भएको एक घन्टा ५५ मिनेटसम्म दुई दर्जनभन्दा बढी सांसद संसदको हल छोडेर बाहिर जान्छन्। विधेयक पारितकै क्रममा सभामुखले  देवानी कार्यविधि संहिता २०७१ विधयान समितिको प्रतिवेदन क्रम संख्या १ देखि १८२ सम्म र पूरक प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गर्छिन्। दोस्रो बैठकको १ घन्टा ५८ मिनेटमा बितेको हुन्छ भने सांसद गणना गरेको २८ मिनेट बितेको हुन्छ।

सो समयमा संसदको हलमा सांसदहरुको उपस्थिति संख्या जम्मा १२१ मात्र हुन्छ। संसदले गणपूरक संख्या (१४८) गुमाएको थाहा पाएका नेमकिपाका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा मगरले सो अलोकतान्त्रिक पद्धति रोक्न प्रयास गर्छन्। उनीहरु केही बोल्न खोज्छन् तर सभामुख ओनसारी घर्ती त्यसलाई बेवास्ता गर्दै निरंकुश रुपमा संसद बैठक अगाडि बढाउँछिन्। र गणपूरक संख्या गुमाएको संसद बैठकले ती संशोधनहरुलाई पारित भएको घोषणा गर्छिन्। जानी-जानी संसदमा गणपूरक संख्या नभएको अवस्थामा सभामुखले विधेयक पारित गराएको नेपालको इतिहासमा यो पहिलो घटना हो। 

हेर्नुहोस् भिडियो

अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस