माओवादीका सर्त अमान्य
०३ जेष्ठ २०६७
•
७ मिनेट पाठ
माओवादीका सर्त अमान्य
काठमाडौं, जेठ ४ (नागरिक)- संविधानसभाको म्याद थप्न प्रधानमन्त्रीको राजीनामा र संविधानमा सहमतीय प्रणालीको ब्यवस्था गर्नुपर्ने एकीकृत माओवादीको सर्त सत्तारूढ दलले अस्वीकार गरेका छन्। सत्तारूढ दलका नेताहरूले औपचारिक रूपमै संविधानमा रहेको बहुमतीय प्रणाली परिवर्तन हुन नसक्ने बताएका छन्।

एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको बाटोमा जान वर्तमान संविधानले नछेकेको बताए। 'विकल्पका रूपमा मात्रै बहुमतीय प्रणाली ल्याइएको हो,' सोमबार पार्टी मुख्यालय बल्खुमा पत्रकारमाझ खनालले भने। संविधानसभाको म्याद थप गर्ने कुरालाई हारजितको विषय नबनाई सहमति खोज्न पनि उनले माओवादीलाई आग्रह गरे।

खनालले नेपालको अन्तरिम संविधान ०६३ को धारा ४३ अनुसार सहमतीय सरकारमा जान सकिने पनि बताए। नेपाल सरकारको कार्यसंचालन अर्न्तगत धारा ४३ मा 'नेपाल सरकारको संचालन संयुक्त जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरूप गरिनेछ। नेपाल सरकारको संचालनको नीतिगत आधार आपसी सहमतिवाट तयार गरिएको न्युनतम साझा कार्यक्रम हुनेछ' भन्ने उल्लेख छ।

शान्ति प्रक्रियामा सुरूदेखी नै सहभागी हुँदै आएका काग्रेस नेता कृष्ण सिटौलाले यसअघि नै वहुमतीय प्रणाली परिवर्तन हुन नसक्ने बताइसकेका छन्। राष्ट्रिय सहमतिको सरकार गठन गर्न र सहमतिका आधारमा राज्य संचालन गर्न संविधानमा रहेको वहमतीय प्रणालीले वाधा नगरेको बताउदै सिटौलाले भनेका थिए, 'त्यसैले संविधानमा उल्लिखित वहुमतीय प्रणाली पविर्तन गर्नुपर्ने कुनै आवश्यकता छैन।'

यसरी काग्रेस र एमाले लगायतका सत्ता साझेदार दलहरू अन्तरिम संविधान संशोधन गरेर सहमतीय प्रणालीमा लैजान तयार छैनन्। यसरी सहमतीय प्रणाली गरेपछि बन्ने 'माओवादी नेतृत्वको संभावित नयाँ सरकार'लाई कहिल्यै हटाउन नसकिने उनीहरूको बुझाई छ। संविधानमा वहुमतीय प्रणाली नबनाएको भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई हटाउनै सकिदैनथ्यो भन्ने काग्रेस-एमालेको आंकलन छ।

अन्तरिम संविधानको सुरूवातकालमा रहेको सहमतीय प्रणालीलाई संशोधन गरी बहुमतीय प्रणली बनाएर दुई वर्षअघि माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन भएको थियो। संविधान संशोधनको त्यो विन्दुवाट गल्ती भएको भन्दै सहमतीय प्रणालीको पुर्ववत स्थनामा फर्किनुपर्ने वहस चलिरहेको अवस्थामा सत्ता साझेदार दलका नेताहरूवाट सहमतीय प्रणालीमा जान नसकिने किसिमको अभिब्यक्ति दिन थालेका छन् जसलाई राजनीतिक वृत्तमा अर्थपुर्ण रूपले लिन सकिन्छ।

'सडकबाट संविधान जारी हुन सक्दैन'

एमाले अध्यक्ष खनालले सडकवाट संविधान जारी हुन नसक्ने बताएका छन्। पत्रकार सम्मेलनमा उनले माओवादीले यही जेठ १५ गते माओवादीले सडकबाट घोषणा गर्न लागेको 'जनसंविधान'को पक्षमा जनता नरहने बताएका हुन्। उनले त्यस्तो संविधानको पक्षमा आफनो पार्टी नभएको उनले बताए।

इतिहासमा सडकवाट राजनीतिक परिवर्तन भएपनि संविधान जारी भएको उदाहरण कहीं पनि नभएको अध्यक्ष खनालले बताए। 'कहिलेकांही जनताका अधिकारहरू सडकवाट घोषणा हुन्छ जुन हामीले यसअघि नै गरिसकेका छौं', उनले भने। माओवादीले आफनो पार्टीले तयार पारेको 'जनसंविधान' जेठ १५ मा जारी गर्ने घोषणा गरिसकेको छ।

दलहरूवीचको सहमतिको आधारमा जारी गतिरोध अन्त्य हुने पनि उनले बताए। संविधानसभाको म्याद अझै ११ दिन रहेको बताउदै उनले भने, 'दलहरूले घनीभुत रूपमा वार्ता गरे १० दिनमा सहमति संभव छ।' नेपाल चमत्कार हुने देश भएकाले त्यस्तै चमत्कारको आशा गर्न पनि उनले आग्रह गरे।

लोकतन्त्रलाई सुरक्षित गर्न र संविधानसभालाई बचाउन एमाले दृढ संकल्पित रहेको पनि उनले बताए। जेठ १४ पछिको स्थितीमा के हुन्छ भन्ने विषयमा संविधान मौन रहेकाले त्यो स्पष्ट पार्न संविधान संशोधन गर्नुपर्ने उनले बताए।'के गर्ने भन्ने विषयमा असहले संविधान मौन छ', उनले भने, 'त्यो कुरा वोलाउन संविधान संशोधन गर्नुपर्छ।'

प्याकेजमा सहमति खोज्ने कुरामा सबै दल सहमत भएको उनले बताए। 'संविधानसभाको म्याद थप गर्ने विषय पनि त्यही प्याकेजको एउटा अंग हो', उनले भने, 'तर, अहिले समय सकिदै जाँदा त्यो प्याकेजको अंग बन्ने/नबन्ने निश्चित छैन।' प्याकेजभित्र वा वाहिरवाट जसरी भएपनि संविधान संशोधनको वाटोमा अघि बढनुपर्ने पनि उनले बताए। सरकारको आयुका सम्बन्धमा संवाददाताहरूले सोधेको प्रश्नमा उनले भने, 'माओवादीले प्याकेजमा सहमति जनाए यो सरकारको आयु त्यसै घटिहाल्छ।'

पार्टी केन्द्रीय कमिटीको जेठ १ र २ गते वसेको वैठकले माओवादीले आम हडताल गरिरहदा उपाध्यक्ष वामदेव गौतमको अगुवाईमा प्रधानमन्त्रीको राजिनामा माग्दै अध्यक्ष खनाललाई इमेलमार्फत बुझाइएको ज्ञापनपत्रमा नाम उल्लेख गरिएका ६० जना नेता तथा कार्यकर्तामध्ये अधिकांशले संलग्न नभएको जानकारी दिएको र त्यस्तो जानकारी नदिनेलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको अध्यक्ष खनालले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस