डा. केसीको अनसन स्थगित
११ असोज २०७४
•
७ मिनेट पाठ
डा. केसीको अनसन स्थगित
काठमाडौं, असोज ११ – चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै संघर्षरत डा.गोविन्द केसीले बुधबारदेखि अनसन स्थगित गरेका घोषणा गरेका छन् । त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीले माथेमा प्रतिवेदन प्रतिकूल चिकित्सा शिक्षा विधेयक पारित गर्ने चलखेलविरुद्ध सोमबारदेखि अनसन सुरु गरेका थिए । उनले आगामी असोज १९ सम्मको लागि अनसन स्थगित गरेका हुन् ।




विवादित विधेयकलाई सोमबार पारित गर्नेगरी कार्यसूचीमा राखेसँगै आकस्मिक रुपमा अनशन सुरु गरेका डा.केसीले विधेयक पारित हुननसकेको र नेपालीको महान चार्ड दशै परेको भन्दै अनशन स्थगित गरेका हुन् । उनले असोज १९ देखि पुनः अनशन सुरु गर्ने घोषणा गरेका छन् ।

एघारौ अनशनकै स्थगित गर्नुअघि प्रधानमन्त्रीबाटै सरकारका तर्फबाट विधेयकलाई माथेमा प्रतिवेदन अनुसार नै ल्याउँने प्रतिवद्धता आएको थियो । काठमाडौमा थप कलेज खोल्न नदिनेगरी विधेयक ल्याउनकै लागि भनेर सरकारले मन्त्रीपरिषद्बाट सम्बन्धनको पखाईमा रहेका कलेज खरिद गर्न मुख्य सचिवको अध्यक्षतामा समितिसमेत बनाएको थियो । सो समितिले काम टुंगो नलगाउँदै प्रधानमन्त्रीकै दल नेपाल काँगेससहित एमाले र माओवादीसमेत माथेमा प्रतिवेदन प्रतिकूल हुनेगरी विधेयक पारित गर्न अग्रसर भएपछि डा.कसीले अनशन थालेका थिए ।

केही दिनअघि असोज २० देखि अनशन बस्ने घोषणा गरेपनि सोमबार विधेयक पारित गर्न तयारी थाहा पाएसँगै अनशन थालेका थिए । डा.केसीले अब चिकित्सा शिक्षामा भएका सुधारलाई संस्थागत गर्ने कि विकृतिलाई संस्थागत गर्ने भन्ने अन्तिम लडाई लड्ने बेला आएको भन्दै त्यसका लागि आम नागरिकसँग अपील गरेका छन् । ‘अहिले हामीले लडाईलाई निरन्तरता दिँदा नागरिकहरुको दशै समेत खल्लो हुनसक्छ’ उनले भने, ‘दशै सकिनासाथ हाम्रो लडाई जारी रहन्छ,’ उनले भने ।

डा.केसीले जवरजस्ती गरेर माफियाको पक्षमा हुने कानून पारित गर्छु भन्ने नसोच्न सासंदहरुलाई चेतावनी दिए । ‘प्रमुख दलका प्रमुख नेताल नै माफियासँग मिलेर यो विधेयक पारित गराइछाड्न लागेका छन्,’ उनले भने ।

डा.केसीले जनताका लागि युद्ध लडेको भनेको पार्टी अहिले माफियामुखी विधेयकको संरक्षणमा लागेको आरोप लगाए । ‘कालो धनलाई सेतो बनाउँन खोलिएको कलेजलाई सम्बन्धन दिन आम नागरिकमाथि धोका दिन लम्सिएका छन्,’ उनले भने, ‘तीनहरुलाई जनताको जनरमा नग्याउँनुपर्छ,’ ।

डा.केसीले चिकित्सा शिक्षा ऐनलाई विपन्न विद्यार्थी र सेवाबाट बञ्चित भएका आम नागरिको हितमा हुनुपर्नेमा माफियाको हितअनुकुलको बनाउँन लागिएको आरोपसमेत लागए ।

पटकपटकको अनशनपछि सरकारले बनाएको चिकित्सा शिक्षा नीति तर्जुमा कार्यदल (माथेमा प्रतिवेदन)अनुसार विधेयक परित गर्नुपर्ने माग गर्दै आएका छन् । डा.केसीको मागविपरीत एक वर्षदेखि संसदमा विचाराधिन विधेयक चलखेलबाट पारित प्रयासमा प्रमुख दल लागेका छन् ।

उनले गुपचुप रुपमा माफियाहरुको स्वार्थ अनुसार ऐन पारित गर्दै तीन चौथाइ विपन्न तथा ग्रामीण क्षेत्रका मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित गर्ने र निम्न तथा मध्यम वर्गका विद्यार्थीहरु चिकित्सक बन्नबाट बञ्चित गर्ने प्रयास भइरहेको बताए ।

तत्कालै माथेमा प्रतिवेदन र आफूले दिएको सुझाबलाई संलग्न गरेर विधेयक तत्काल पारित गर्नुपर्ने प्रमुख माग राखेका छन् । योबाहेक माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने,सरकारले तोकेको एमबिबिएस शिक्षण शुल्कविपरीतको काठमाडौ विश्वविद्यालयको निर्णय खारेज हुनुपर्ने मागसमेत डा.केसीको छ ।

विधेयकबाहेक डा.केसीले एमबिबिएस शुल्क बढाउँने काठमाडौ विश्वविद्यालयको निर्णय खारेजी तथा यस्तो अनियमिततामा संलग्न डिन राजेन्द्र कोजुको बर्खास्तगीको माग समेत अगाडी सारेका छन् । सरकारले एक वर्षअघि नै उपत्यकाभित्र ३८ लाख ५० हजार ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार निर्धारण गरेको थियो । उनले नेपाल चिकित्सक संघले अघि सारेका सबै मागहरु तत्काल पूरा गर्नसमेत सरकारसँग माग गरेका छन् ।

उनले काठमाडौ नेशनललाई सम्बन्धन दिने निर्णयमा संलग्न पदाधिकारीमाथि कारवाही गर्नुपर्ने र आइओएमको खोसिएको अधिकारसमेत फिर्ता गर्नुपर्ने माग राखेका छन् । उनले बखास्त गरिएका आयलनिगम प्रमुखमाथि छानविनगरी उनले हिनामिना गरेको रकम असुली गर्नसमेत माग गरेका छन् । डा.केसीले लामो समयदेखि प्रतिष्ठान बनेर पनि एमबिबिएस पढाई सुरु नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्ने प्रक्रियासमेत अगाडी बढाउँन माग गरेका छन् ।
अर्को समाचार
सरकारको पत्रपछि डा.केसीको अनसन स्थगित (अपडेट)
२५ भदौ २०७२
•
१ मिनेट पाठ
सरकारको पत्रपछि डा.केसीको अनसन स्थगित (अपडेट)
काठमाडौं— सरकारले माग पूरा गर्ने प्रतिबद्धता सहित अनसन नबस्न अाग्रह गर्दै पत्र पठाएपछि डा. गाेविन्द केसीले अाज अपरान्हदेखि सुरु गर्ने भनेको अनसन स्थगित भएको छ। केसीले आफूसँग भएका सम्झौता उल्लंघन गरिएको भन्दै अनसन बस्ने तयारी गरेका थिए। सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले डा.केसीलाई पत्र पठाउँदै माग पूरा गर्ने अाश्वसन दिएका हुन्।




समयानुरुप निर्णय कार्यान्वयन गर्न ढिलाई भए तापनि पुरै देश नयाँ संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको कारण अहिलेको परिस्थितिमा विरोधका कुनैपनि कार्यक्रम अघि नबढाउन र केही समय धैर्य धारण गर्न पत्रमा अाग्रह गरिएको छ।

'चिकित्सा शिक्षा कस्तो हुनुपर्दछ भन्ने विषयमा उच्चस्तरीय कार्यदल गठन गरेको र प्राप्त प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको छ', पत्रमा भनिएको छ।

डा.केसीसँगको पछिल्लो सम्झौतापछि पहिलो बैठकबाटै सो प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदको सामाजिक समितिमा पठाइएको स्मरण गर्दै चिकित्सा सेवा आयोगको गठन सहित अन्य माग पूरा गर्ने प्रतिद्धता जनाएपछि डा.केसीले अनसन स्थगित गरेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस