काठमाडौं- नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भइन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए। छिटो लहरे बढाइँ, एकट्ठा बढाइँ, एकसाथ लहरे बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो।
पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट साशन शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुर्यायएर भित्र्याउने चलन छ।
पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट साशन शुरु गरेदेखि वर्षेनी गोरखाको दशैं घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुर्यायएर भित्र्याउने चलन छ।