सर्वोच्चले संविधान नपल्टाई आदेश दिएको मुख्यमन्त्री पाण्डेको आरोप
११ असोज २०८०
•
४ मिनेट पाठ
सर्वोच्चले संविधान नपल्टाई आदेश दिएको मुख्यमन्त्री पाण्डेको आरोप
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्नू भन्ने आदेश दिएर सर्वोच्च अदालतले व्यवस्थापिकामाथि ठाडो हस्तक्षेप गरेको टिप्पणी गरेका छन्।




गण्डकी प्रदेश सभामा बिहीबार गरिएको ‘मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ मा एमाले सांसद गोविन्दबहादुर नेपालीले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनबारे जिज्ञासा राखेका थिए। सो जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे सर्वोच्च अदालतबाट जे अन्तरिम आदेश भएको छ। मेरो बिचारमा यो सार्वभौम सत्ता सम्पन्न व्यवस्थापिकामाथिको ठाडो हस्तक्षेप हो।’ तर सर्वोच्च अदालतले गरेको निर्णयलाई स्वीकार र अंगीकार गर्ने बताए।

सर्वोच्चको निर्णय र फैसला स्वीकार्य भएको बताए पनि मुख्यमन्त्री पाण्डेले सर्वोच्चको फैसला नेपालको संविधानको ऐन र कानूनमा टेकेर नआएको दाबी गरे।

उनले आर्थिक विधेयक रोक्ने अधिकार राष्ट्रपतीलाईसमेत नभएकाले त्यो अधिकार न्यायालयलाई पनि नहुने जिकिर गरे।

‘किनकि यो आर्थिक ऐनसँग सम्बन्धित विषय होइन’, उनले भने, हाम्रो संविधानमा के कल्पना गरेर लेखिएको छ भने आर्थिक ऐन सम्बन्धी विधेयक सम्माननीय राष्ट्रपतीले पनि फर्काउन पाइँदैन। बरु एक पटक ‘रिथिंक’ गर भनेर हाउसमा पठाउन सक्छ। यो विधेयक अर्थ सम्बन्धी विधेयक स्वयम् राष्ट्रपतीले समेत फर्काउन सक्दैन भनिसकेपछि यसको महत्त्व सबैले बुझ्नु भयो होला भन्ने लाग्छ।’
मुख्यमन्त्री पाण्डेले पूर्वाधार विकास कार्यक्रम सर्वोच्चले अन्तिम फैसला नभएसम्म कार्यान्वयन नगर्नू भनेकाले त्यतिञ्जेलसम्म रोक्ने बताए। तर अन्तिम फैसलामा अन्तरिम आदेश सच्चिएर आउने उनले विश्वास व्यक्त गरे। किनकि लोकतान्त्रिक व्यवस्थामा संविधान र कानून अनुसार सबै संस्था चल्नुपर्ने भन्दै उनले भने, ‘कसैलेपनि संविधान र ऐनलाई मिचेर कार्य गर्न पाइँदैन यो लोकतान्त्रिक व्यवस्थामा भन्ने कुरा सम्मानित सदनमार्फत सम्बन्धित निकायको पनि ध्यानाकर्षण गराउन चाहन्छु। र मलाई विश्वास छ यो निर्णय जे व्यवस्था हो त्यही अनुसार आउनेछ।’

मुख्यमन्त्री पाण्डे त्यत्तिमा मात्रै रोकिएनन्। बरु उनले सर्वोच्च अदालतले संविधान, कानून र ऐन नपल्टाई आदेश दिएको आरोप लगाए। राज्यका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन वटै तहले आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर निर्णय गर्नुपर्ने भन्दै उनले भने, ‘किनकि यो अन्तरिम आदेशमा पूर्वाधार विकास कार्यक्रमको घोषणाले न नेपालको संविधानको बर्खिलाप भनेर कोट गरिएको छ। न नेपालको ऐनको बर्खिलाप भनेर कोट गरिएको छ। न्याय सम्पादन गर्दा खेरी व्यवस्थापिकाको निर्णयलाई उल्टाउनका लागि कि त नेपालको संविधानको बर्खिलाप हुनुपर्‍यो, या ऐनको बर्खिलाप हुनुपर्‍यो। त्यस्तो त भनिएको छैन।’

तीन तहमध्ये जसले निर्णय गर्दा पनि संविधानलाई पल्टाएर हेर्नैपर्ने उनको भनाई थियो। ‘संविधान सिरानीमुनी राखेर निर्णय गर्ने होइन’ उनले भने।

गण्डकी सरकारले बजेट ल्याउँदा पूर्वाधार विकासका लागि एक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ पर्ने गरी बजेट विनियोजन गरेको छ। जुन बजेट सम्बन्धित क्षेत्रका प्रदेश सांसदहरुले योजना छनौट गरेर कार्यान्वयन हुने गर्छ। तर सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सो कार्यक्रम अगाडि बढ्न सकेको छैन।

बिहीबार अन्य सांसदहरुले अघिल्लो सरकारले अगाडि बढाएका योजना किन कटौती गरेको, महङ्गी नियन्त्रणमा सरकार किन मौन बसेको ? राजश्व वृद्धि गरेर जनताको ढाड सेकिदापिन किन नघटाएको लगायतका प्रश्न गरेका थिए। जवाफमा मुख्यमन्त्री पाण्डेले महङ्गी नियन्त्रणका लागि प्रयास गरिरहेको, नियतवश योजना कटौती नगरेको, करको दर नभई दायरा वृद्धि गरेको भन्दै सरकारको बचाउ गरे।

प्रश्नोत्तर कार्यक्रम गण्डकी प्रदेश सभामा पहिलो पटक अभ्यास भएको हो। प्रदेश सभा नियमावली–२०८० को नियम ५६ मा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था भए अनुसार बिहीबार पहिलो पटक मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिएको हो।

यसअघि मुख्यमन्त्री बोलिरहँदा प्रश्नोत्तर गरिए पनि नियमावली अनुसार नै प्रश्नोत्तर गरिएको पहिलो पटक भएको प्रदेश सभा सचिवालयले जनाएको छ। सभा चलेको समयमा महिनाको एक पटक तर पहिलो हप्ता प्रश्नोत्तर गर्नुपर्ने प्रावधान छ भने एक पटकमा १० जनाले मात्र प्रश्न सोध्न पाउँछ। तर मुख्यमन्त्रीलाई सोध्ने प्रश्न सांसदहरुले तीन दिन अगाडि नै प्रदेश सभा सचिवालयमा टिपाउनुपर्नेछ।

टिपाएको प्रश्न सभामुखको अनुमतिपछि मात्रै सोध्न पाउनेछन्। मुख्यमन्त्रीले दिएको जवाफमा चित्त नबुझेमा भने प्रदेश सभा नियमावलीको नियम ५० अनुसार सांसदले पूरक प्रश्न सोध्न पाउने प्रावधान रहेको सचिवालयले जनाएको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस