कोशी प्रदेशकी कार्यवाहक सभामुख सृजना दनुवारले कोशी प्रदेशमामा सहमतीय सरकार बन्नुपर्ने बताएकी छिन्। उनले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि सहमतीय सरकार आवश्यक रहेको बताएकी हुन्।
विराटनगरमा आयोजित महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सङ्घको प्रस्ताव नम्बर १३२५ र १८२० को दोस्रो कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दायित्व विषयमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दनुवारले सहमतिको सरकारका लागि आफूले पनि पहल गरिरहेको बताइन्।
‘कोशीको राजनीतिक अस्थिरता अन्त्यका लागि सहमतीय सरकार आवश्यक छ’ दनुवारले भनिन्‘ सहमतीय सरकार निर्माणका लागि दलहरूसँग मैले पनि पहल गरिरहेकी छु।’
दनुवारले सशस्त्र द्वन्द्वमा यौन हिंसामा परेका महिलाहरूको तथ्याङ्क नै सरकारसँग नभएका कारण कति महिला यौन हिंसामा परेका छन् भन्ने बारे वडागत तहबाटै तथ्यांक संकलन गर्नु पर्ने बताइन्।
कोशी प्रदेका आर्थिक मामिला तथा योजना राज्य मन्त्री निरन राईले सशस्त्र द्वन्द्वमा यौन हिंसाबाट पीडित महिलाहरूको समस्या समाधानका लागि कार्यविधिहरू बने पनि कागजमा मात्रै सीमित भएको बताए।
उनले प्रदेश सरकार यस्ता कार्यविधिहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए। कार्यक्रममा द्वन्द्व पीडित महिला सञ्जालकी कोशी प्रदेश संयोजक रामकुमारी राई, राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय प्रमुख पवन भट्टलगायतले द्वन्द्व पीडित महिलाहरुका समस्या समाधानका लागि विभिन्न कार्ययोजना बने पनि कार्यान्वयनमा सरकार जिम्मेवार नदेखिएको बताए।