नेकपा एमाले कोशी प्रदेश कमिटीको निर्वाचनको मतगणना सुरु भएको छ। सोमबार साँझ सभा ५ बजे देखि मतगणना सुरु भएको हो।
आइतबार राती भएको मतदानमा ९ सय ९७ मत मध्ये ९ सय ७७ मत खसेको थियो। नेकपा एमाले कोशीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन्।
पाँच पदाधिकारीसहित २ सय १५ सदस्यीय प्रदेश कमिटी मध्ये उपाध्यक्ष सहित ९९ पदमा निर्विरोध निर्वाचित भइसकेको छ। अध्यक्ष ,सचिवलगायतका पदसहित १ सय १६ पदका लागि आइतबार राती निर्वाचन भएको थियो। निर्वाचनमा २ सय ५४ जना प्रतिस्पर्धामा उत्रिएका थिए।