बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीभित्र नेकपा (माओवादी केन्द्र)सँग एकीकरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद उत्कर्षमा पुगेको छ। विवादकै बिचमा नेसपाको कार्यकारिणी समिति बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ।
बैठक मंगलबार पनि बस्ने भएको छ। नेसपा कार्यकारिणी समिति सदस्य तथा कार्यालय प्रमुख रोशन पोखरलेका अनुसार मंगलबारको बैठकमा धु्रवीकरण, तथा समग्रमा पार्टी एकीकरणलगायतका विषयमा छलफल हुने भएको छ। आइतबार बसेको बैठकमा पार्टीको अवस्थाबारे विभिन्न प्रदेश समितिबाट रिपोर्टिङ भएको पोखरेलले बताए।
यादवपक्षीय नेताहरू भने भट्टराई काठमाडौंबाहिर भएकाले यादवलाई सम्बोधन गरेर चिठी लेखिएको बताउँदै यस विषयमा विवाद गर्नुको कारण नभएको बताउँछन्।
उनीहरू माओवादीसँगको एकीकरण प्रक्रियालाई पहिलो प्राथमिकता दिएर तत्काल अघि बढाउनुपर्ने धारणा राख्छन्। तर भट्टराईपक्षीय नेताहरू माओवादीसँगको एकीकरणभन्दा संगठन विस्तारलाई प्राथिमकता दिनुपर्ने धारणा राख्छन्। भट्टराईलाई ईश्वर रिजाल, विश्वदीप पाण्डे, रोशन पोखरेललगायतले साथ दिएका छन् भने यादवको पक्षमा सवर प्रजापतिलगायतका नेता छन्।
माओवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि नदिने भन्ने विषयमा गत साल सम्पन्न प्रतिनिधिसभा चुनावलगत्तै विवाद सुरु भएको हो। निर्वाचनमा नेसपाका नेताहरूले माओवादीको चिह्न प्रयोग गरेर चुनाव लडेका थिए। त्यतिबेला नै माओवादी र नेसपाबीच एकीकरण गर्ने सहमति भएको थियो। चुनाव भएको एक वर्ष हुन लाग्दा पनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन।
‘चुनावलगत्तै माओवादी अध्यक्ष दाहाल र भट्टराईबीच एक्लाएक्लै कुराकानी भएको थियो। उक्त कुराकानीमा पार्टीको नाममा कम्युनिस्ट शब्द राख्ने कि हटाउने भन्ने विषयमा सहमति जु्ट्न सकेको थिएन।

स्रोतका अनुसार माओवादीसँग एकीकरण गर्ने कि नगर्ने विषयमा पार्टीभित्र दुईवटा धारणा आएको छ। यही भदौ २९ गते नेसपाका अध्यक्ष बाबुराम भट्टराई भारत गएका बेला नेकपा (माओवादी)ले पार्टी एकीकरण गर्न अर्का अध्यक्ष महेन्द्र यादवलाई सम्बोधन गरेर चिठी पठाएका थिए। उक्त चिठीपछि विवाद चर्किएको हो।भट्टराई पक्षधर नेताहरूको भट्टराईलाई सम्बोधन गरेर चिठी पठाउनुपर्ने, त्यो नभए पनि दुईवटा अध्यक्षलाई सम्बोधन गरेर चिठी पठाउनुपर्ने थियो भन्ने तर्क छ। ‘यो त हाम्रो पार्टीभित्र खेल्न खोजेको देखियो। पार्टीभित्र दुईजना अध्यक्ष छन् तर एउटा अध्यक्षलाई मात्र सम्बोधन गरेर चिठी पठाउनु भनेको उहाँहरूको नियतमा प्रश्न गर्ने ठाउँ छ,’ भट्टराईपक्षीय एक नेताले भने।
यादवपक्षीय नेताहरू भने भट्टराई काठमाडौंबाहिर भएकाले यादवलाई सम्बोधन गरेर चिठी लेखिएको बताउँदै यस विषयमा विवाद गर्नुको कारण नभएको बताउँछन्।
उनीहरू माओवादीसँगको एकीकरण प्रक्रियालाई पहिलो प्राथमिकता दिएर तत्काल अघि बढाउनुपर्ने धारणा राख्छन्। तर भट्टराईपक्षीय नेताहरू माओवादीसँगको एकीकरणभन्दा संगठन विस्तारलाई प्राथिमकता दिनुपर्ने धारणा राख्छन्। भट्टराईलाई ईश्वर रिजाल, विश्वदीप पाण्डे, रोशन पोखरेललगायतले साथ दिएका छन् भने यादवको पक्षमा सवर प्रजापतिलगायतका नेता छन्।
माओवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि नदिने भन्ने विषयमा गत साल सम्पन्न प्रतिनिधिसभा चुनावलगत्तै विवाद सुरु भएको हो। निर्वाचनमा नेसपाका नेताहरूले माओवादीको चिह्न प्रयोग गरेर चुनाव लडेका थिए। त्यतिबेला नै माओवादी र नेसपाबीच एकीकरण गर्ने सहमति भएको थियो। चुनाव भएको एक वर्ष हुन लाग्दा पनि उक्त सहमति कार्यान्वयन हुन सकेको छैन।
अध्यक्ष बाबुराम भट्टराई भारत गएका बेला नेकपा (माओवादी केन्द्र)ले पार्टी एकीकरण गर्न अर्का अध्यक्ष महेन्द्र यादवलाई सम्बोधन गरेर चिठी पठाएका थिए। उक्त चिठीपछि विवाद चर्किएको हो।स्रोतका अनुसार दुई पार्टीबीच एकीकरण भएमा एकीकृत पार्टीको नाममा कम्युनिस्ट शब्द नै नराखी समाजवादी शब्द राख्न भट्टराईको अडान छ। यसमा माओवादीका नेताहरू सहमत नभएको स्रोतको भनाइ छ। स्रोतका अनुसार दुई पार्टीबीच एकीकरण भएमा अहिलेको पार्टीको नाम फेर्न माओवादी तयार छ तर पार्टीको नाममै कम्युनिस्ट शब्द नै हटाउन भने माओवादीका नेता तयार छैनन्।