चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'
०९ कार्तिक २०७४
•
८ मिनेट पाठ
चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'
काठमाडौं –आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन (कंग्रेस) ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन्। 




चिनियाँ राष्ट्रपतिले दुई कार्यकाल (५÷५ वर्ष) शासन गर्छन् । राष्ट्रपतिले पहिलो कार्यकाल सकेर दोस्रो सुरु गर्दा आफ्नो उत्तराधिकारी तोक्ने चिनियाँ परम्परा छ । तर यसपटक राष्ट्रपति सीले दोस्रो कार्यकाल सुरु गर्नलाग्दा उत्तराधिकारी नतोकेपछि उनले लामो समय शासन गर्ने अनुमान गर्न थालिएको छ । यसले विश्व राजनीतिलाई तरंगित त पारेको छ नै सँगसँगै ‘चिनियाँ युग’ को सुरुवात भएको विश्लेषण गर्न थालिएको छ। 

राष्ट्रपति सी चिनफिङले लिएका नीतिले दोस्रो कार्यकालमा पनि निरन्तरता पाउने हुँदा चीनसँगका समझदारीलाई नेपालले गम्भीर रुपमा अघि बढाउनुपर्छ । भेषबहादुर थापा, कूटनीतिज्ञ

‘परम्परा तोड्दै चिनियाँ कम्युनिस्ट पार्टीले सीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ, त्यो अपेक्षित परिवर्तन नै हो,’ पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, ‘राष्ट्रपति सी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली भएर आउनुभएको छ ।’ 

चीनको परिवर्तनलाई नजिकको छिमेकीका नाताले नेपालले गम्भीर रुपमा अध्ययन गरी उपयुक्त नीति लिनुपर्ने थापाको धारणा छ । खासगरी चीनको नीति र प्रगतिलाई अध्ययन गरी नेपालले फाइदा लिनुपर्ने उनले बताए । सीले पहिलो कार्यकालमा लिएका नीतिले दोस्रो कार्यकालमा पनि निरन्तरता पाउने हुँदा चीनसँग भएका समझदारीलाई नेपालले गम्भीर रुपमा अघि बढाउनुपर्ने उनी बताउँछन्। 

‘चीनसँग जे–जति समझदारी भएका छन् ती सीको दोस्रो कार्यकालमा द्रुत रुपमा अघि बढ्छन् भन्ने मेरो विश्वास छ,’ थापाले भने । चिनियाँ राष्ट्रपति सीले आफ्नो पहिलो कार्यकालमा महŒवाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) लाई अघि बढाएका हुन् । एसिया, युरोप र अमेरिकालाई रेल, सडक, हवाई र जल मार्गबाट जोड्ने महत्वाकांक्षी परियोजनालाई सीले दोस्रो कार्यकालमा झन् प्रभावकारी रुपमा अघि बढाउने विश्वास थापाको छ। 

‘हामीले ओबिओआरमा प्रतिबद्धता मात्र जनाएका छैनौं, एक फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकेका छौं। अब यसको कार्यान्वयनलाई अघि बढाउने हो । हामीले कसरी फाइदा लिने भन्ने योजना हामीले नै बनाउनुपर्छ,’ थापाले भने । 

सिपिआईको १९ औं सम्मेलनमा राष्ट्रपति सीले गरेको भाषण र छलफल भएका विषयलाई नेपालले गम्भीर रुपमा विश्लेषण गर्नुपर्ने थापा बताउँछन् । थापाले थप स्पष्ट पारे, ‘सम्मेलनलाई सम्बोधन गर्दा चिनियाँ राष्ट्रपति सीले छिमेकीको प्रगतिलाई सँगसँगै अघि बढाउने बताउनुभएको छ । यसले के देखाउँछ भने चीन छिमेकीको विकासमा पनि सहभागी हुँदै घनिष्ठता बढाउन चाहन्छ । यसलाई हामीले बुझ्न जरुरी छ।’ 

सीले पहिलोपटक सन् २०१२ मा राष्ट्रपतिको कार्यभार समालेका हुन् । बुधबार सम्पन्न सिपिआईको १९ औं कंग्रेसले सीलाई दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति चुनेको हो । कंग्रेसले सीको धारणालाई सिपिआईको विधानमा ‘सी चिनफिङ विचारधारा’ भनेर राख्ने निर्णय समेत गरेको छ । सिपिआईले पार्टी विधानमा माओपछि सीको धारणालाई समेटेको हो। 

‘चीनमा सी चिनफिङ युग सुरु भएको छ । यसलाई चिनियाँ युगको सुरुवातका रुपमा बुझ्दा पनि हुन्छ,’ चीनका लागि नेपालका  पूर्वराजदूत महेश मास्केले भने, ‘पार्टी विधानमा (संविधानमा) राष्ट्रपतिको मार्ग निर्देशन विचार समेटिनु निकै महŒवपूर्ण कुरा हो । सर्वसम्मत रुपमा उनको विचार समेटिनुले चीनमा राष्ट्रपति सी धेरै शक्तिशाली भएको देखिन्छ ।’ 

मास्केको विचारमा चीन सीको विचारमा गोलबद्ध भएको छ । अबको पाँच वर्षमा सीले उठाएका मुद्दाले चिनभित्र र बाहिर उच्च महŒव पाउने उनको विश्लेषण छ । चीनमा सीको उदयले नेपाल नीतिमा फरक नपार्ने विश्वास मास्केको छ । चीनसँगको सहकार्यलाई घनिभूत बनाउनुपर्ने उनी बताउँछन्। 

खासगरी नेपालले चीनसँगको सम्बन्धमा तीन कुरामा ध्यान दिनुपर्ने मास्केको भनाइ छ । पहिलो, छिमेकीको प्रगतिलाई पनि सँगै अघि बढाउने नीति अनुरुप चीनले ओबिओआर ल्याएकाले यसलाई नेपालले गम्भीर रुपमा लिनुपर्छ । दोस्रो, चीनसँग भएका सन्धिसम्झौता नेपालले कार्यान्वयन गर्नुपर्छ  र तेस्रो, त्रिदेशीय (नेपाल, भारत र चीन) सहकार्यमा चीनको चासो रहेकाले नेपालले यसमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। 

‘नेपालका लागि अवसर नै अवसर छन् । हामीले हाम्रो हितमा के–के छन् त्यो पहिला पहिचान गर्न सक्नुपर्छ । त्यसपछि सहकार्यका लागि चीनसँग हात मिलाउने हो,’ मास्केले भने । चीनले आर्थिक कूटनीतिलाई प्राथमिकता दिएकाले नेपालले पनि सोहीअनुसार नीति बनाउनुपर्ने उनी बताउँछन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई राष्ट्रपति सीको दोस्रो कार्यकालमा नेपाल र चीनबीचको सम्बन्ध थप मजबुत हुने बताउँछन् । उनी भन्छन्, ‘चीन हाम्रो नजिकको छिमेकी हो, विश्वासिले मित्र हो र विकास साझेदार पनि हो । नेपालले चीनसँगको सम्बन्धलाई महŒव दिन्छ र दिएको छ ।’ 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस