कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।
कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री कार्कीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
कोशी प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले सहमति र सहकार्य गरेर नै सरकार बनाउनु उत्तम विकल्प भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो।
प्रदेश सभाको बैठकमा बोल्दै कार्कीले देशको राजनीति र आर्थिक अवस्थाले सबै पक्ष एक हुन आवश्यक रहेको बताए। आफ्ना आग्रहमा रहिरहे केही महिनामै मध्यावधि हुने। तर, मध्यावधि अहिलेको आवश्यकता नभएको उनको भनाइ थियो। सहमतिको सरकारका लागि एमाले तयार रहेको उनले स्पष्ट पारे।
‘एमाले सहमति र सहकार्यका लागि तयार छ।’ उनले भने। प्रदेश प्रमुख समक्ष पदबाट राजीनामा दिने प्रदेश सभामा उनले जानकारी दिए। मुख्यमन्त्री कार्कीले गत भदौ २२ गते पद तथा गोयनीयताको शपथ लिएका थिए।