सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छः रमेश लेखक
२१ असोज २०८०
•
२ मिनेट पाठ
सरकारले ल्याएको विद्युत विधेयकलाई परिमार्जन गर्नुपर्छः रमेश लेखक
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक–२०८० लाई परिमार्जन गर्नुपर्ने बताएका छन्।




आईतवार प्रतिनिधि सभा बैठकमा उनले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताएका हुन्। उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याए।

प्रमुख सचेतक लेखकले भने, ‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु। यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्व दिएर निजी क्षेत्रलाई कमजोर आँकलन गरेको हो कि भन्ने आशंका गरिएको छ। यसतर्फ हामीले गम्भिरतापूर्वक हेर्नुपर्ला। र सरकारी र निजी क्षेत्र दुवैलाई यो काममा संलग्न गराउनु पर्ला विद्युत उत्पादनका लागि। यतातर्फ हेर्नुपर्ला भन्ने आग्रह गर्न चाहन्छु। दोस्रो विषय, विद्युतको सन्दर्भमा, यसको उत्पादनको सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी छ। र, साथसाथै आन्तरिक तथा निजी लगानी अहिलेसम्म जुन भएको छ। त्यसको सुरक्षाको पनि आवश्यक्ता छ। र, सम्भावनाहरुलाई पनि हामीले जोड दिन आवश्यक छ। अहिले हामीले जति विद्युत उत्पादन गरिराखेका छौं। त्यसको पनि ठूलो हिस्सा निजी क्षेत्रले उत्पादन गरेको छ। र, अहिले जो निर्माणधिन योजनाहरु रहेका छन्। त्यसको पनि ठूलो क्षेत्र निजी क्षेत्रले ओगटेको छ। त्यसो हुनाले सरकारले पनि आफ्नोतर्फबाट उत्पादन र प्रशारणको काम गरोस्। र, निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै लिएर जाओस् भन्ने नीति हामीले अवलम्वन गर्नुपर्छ भन्ने मलाइ लाग्दछ। तेस्रो कुरा नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी छ। त्यसो भएको हुनाले यी विषयमा गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न जरुरी छ। र, विधेयक राम्रो आएको छ। सरकारले राम्रो पहल, प्रयत्न गरेको छ। यसलाई थप परिमार्जन गर्नका निम्ति, समृद्ध बनाउनका निमित्त, यसलाई गम्भिरतापूर्वक छलफल गरेर, यसमा केही संशोधनहरु गरेर, परिमार्जन गरेर अघि बढनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु।’
अर्को समाचार
भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
२६ चैत्र २०८०
•
१ मिनेट पाठ
भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।




ती बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने कांग्रेस संसदीय दल कार्यालयले जनाएको छ। 

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय आज (सोमबार)नै गरिसकेको छ। सोमबार बिहानको बैठकले उक्त निर्णय गरेको हो। संसदीय छानबिन समिति बनाउने विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको कांग्रेस महामन्त्री गगनकुमार थापाले सोमबारको बैठकपछि जानकारी दिइसकेका छन्।

पछिल्लो प्रतिनिधिसभा बैठकमा पनि कांग्रेसले छानबिन समिति बनाउन सरकारलाई दिएको म्याद सकिएको र अबको बैठकमा सरकारले छानबिन समितिको खाका लिएर आउनुपर्ने माग राखेको थियो। 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति निर्माणका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको जानकारी गराएका थिए। उनले समिति निर्माण नभएसम्म संसद् अवरुद्ध हुनसक्ने चेतावनी समेत दिएका थिए।  

यस विषयमा छलफल गर्न कांग्रेसले सभामुख देवराज घिमिरेले संसदीय दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुँदै छन्। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस