टेकनारायण भट्टराई, पाल्पा जेठ ९- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जेठ १४ पछि शान्ति सम्झौता भंग हुने बताएका छन्। 'जेठ १४ पछि संविधान सभाले स्वतः मृत्युवरण गर्छ'- पाल्पामा मिडियाकर्मीसँग कुरा गर्दै कोइरालाले भने- 'शान्ति सम्झौता भंग हुन्छ। अनिश्चय भएपछि नेपाली सेना पनि बाहिर निस्कनु पर्ने हुनसक्छ।'
उनले १४ जेठपछि राष्ट्रपतिको आव्हानमा मिलिजुली सरकार बन्नसक्ने उनको भनाइ थियो। १४ जेठपछि वर्तमान सरकार केही समय 'केयर टेकर'को रुपमा रहने उनले बताए ।
कोइरालाले शनिबार पाल्पामा साचारकर्मीसंग भने- 'विवादका बिषय टुंगो नलाग्दासम्म सरकार फेर्नुको कुनै तुक छैन। अहिलेका बिवाद मिलाएर पछि पनि पुन सहमतीय राजनीति अघि बढ्न सक्छ।' उनले भने- 'विवाद टुंग्याउँने बित्तिकै राष्ट्रपतिले मिलिजुली सरकार बनाउन दलहरुलाई आग्रह गर्नेछन्।' राष्ट्रपतिको सक्रिय शासनको पक्षमा कांग्रेस नरहेको पनि उनले प्रष्ट पारे ।
दलहरुबीच सहमति नभए देश अन्तहिन द्वन्द्वमा फस्ने खतरा रहेकोतर्फ उनले सचेत गराए। दलबीच सम्वाद र सहमतिको प्रयास जारी रहे मिलन बिन्दु भेटिने उनले विश्वास व्यक्त गरे।
राष्ट्रपतिको आब्हानमा मिलिजुली सरकार बन्ने स्थिति रहे पनि संबिधानसभा भने जीवित नरहने कोइरालाको भनाइ थियो ।
नेपालका राजनीतिक शक्ति र अन्तराष्ट्रिय समुदायले माओवादीको विश्वास गर्न नसक्दा समस्या अझ बढेको उनको भनाइ थियो।