मधेस प्रदेशको राजधानी जनकपुरधामको तिरुहुतिया गाछीस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बुधबारबाट चलिरहेको नेकपा एमाले प्रदेश अधिवेशनबाट सर्वसम्मत रूपमा सदस्य छान्ने कसरत तेज भएको छ।
मधेस प्रदेश अध्यक्षका लागि चार जना आकांक्षी मध्ये चन्देश्वर मण्डललाई सर्वसम्मत नेतृत्व दिनतर्फ लविङ केन्द्रित हुन थालेको छ। चुनाव भन्दा पनि सर्वसम्मत नेतृत्व छान्न जिल्ला–जिल्लाका नेताहरु छलफललाई तीव्र बनाएका छन्।
अध्यक्ष मण्डलका अध्यक्ष योगेश भट्टराईलगायतका नेताहरु सहमतिमै प्रदेश पदाधिकारी टुङ्ग्याउने प्रयास गरिरहेका छन्। हुन त बुधबारबाटै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष योगेश भट्टराईलगायत नेता सहमतिमै पदाधिकारी चयन गर्न प्रयास गरिरहेका छन्।
बुधबार अडिग देखिएका आकांक्षीहरुमध्ये अधिकांश बिहीबार पछि हट्ने र सहमतिमै पदाधिकारी टुङ्ग्याउने मनस्थितिमा पुगिसकेको एक नेताले बताए।
प्रदेश अध्यक्षका लागि सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, पर्साका बिचारी यादव र धनुषाका राजकिशोर यादवले आकांक्षी छन्। वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहाको सुखीपुर नगरपालिकाको प्रमुख छन्। विधानतः उनी प्रदेश अध्यक्षमा दोहोरिन पाउँदैनन्।
एमाले स्रोतका अनुसार अध्यक्षका आकांक्षी चन्देश्वर मण्डलललाई पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले समर्थन गरेका छन्। मण्डल पुरानो र कर्मठ नेता भएकाले उनको पक्षमा मधेस इन्चार्ज योगेश भट्टराई र प्रदेश संसदीय दलका नेता समेत रहेका प्रदेशसभा सदस्य सरोज यादवसमेतको पनि समर्थन रहेको स्रोतको दाबी छ।
यादवले धनुषाका लक्ष्मीनारायण यादवलाई अघि सारेका छन्। लक्ष्मीनारायणको पक्षमा सहमति नजुटे उनले मण्डललाई समर्थन दिने स्रोतको भनाई छ। चार जना आकांक्षी रहेपछि पछिल्लो समय सिराहाका चन्देश्वर र सर्लाहीका राजनारायणमध्येबाट एक जनाको पक्षमा सहमति खोज्ने प्रयासमा नेताहरु जुटेको स्रोतले बतायो।
प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना प्रदेश कमिटीमा निर्वाचित हुने छन्। प्रदेश कमिटीमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाति र खुला भूगोलबाट प्रतिनिधित्व गरिने भएको छ।
प्रदेशका आठ जिल्लामा चार/चार वटा निर्वाचन क्षेत्रबाट २० सदस्य र संगठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ।