कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की र नेकपा माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले दाबी गरेका छन्।
कार्कीले नेकपा एमालेका ३९ जना र कांग्रेसका ८ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी गरेका हुन्।
कार्कीले बिहीबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष ४७ जना सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका हुन्। कार्कीले दाबी पेश गरेपछि गठबन्धन दलको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले पनि दाबी पेश गरेका छन्।
आङ्वोले नेपाली कांग्रेसका २९, नेकपा माअोवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ जना गरी ४७ जानै सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
संविधानको धारा १६८ को उपधारा ५ मा ‘प्रदेशसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ।
कांग्रेस नेतृत्वको निर्णयमा विद्रोह गरेर मुख्यमन्त्रीका लागि दाबी पेश गरेका कार्कीले आफ्नो दाबी संविधानसंवत रहेको बताएका छन्।
उनले शुक्रबार कार्यसम्पादन समितिको बैठक राखेर देखिएका समस्याहरू समाधान गर्ने स्पष्ट पारे। राईले भने ‘भोली कार्यसम्पादन समितिको बैठक राखेका छौं। त्यही देखिएका समस्याका विषयमा छलफल गरी समाधान खोज्छौं।’
कोशीमा सरकारको नेतृत्व माओवादी केन्द्रलाई दिने निर्णय पछि कांग्रेसका सांसदहरू रुष्ट देखिएका थिए। यहिकारण नेपाली कांग्रेस कोशीका संसदीय दलका उप नेता हिमाल कार्कीले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार नै संसदीय दलको उपनेता पदबाट राजीनामा दिएका हुन्।
संविधानको धारा १६८ (३) अनुसार सबै भन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिए पछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय शुक्रबारसम्म रहेको छ। मुख्यमन्त्रीमा बिहीबार नै दुई जनाले दाबी पेश गरे पनि प्रदेश प्रमुख पर्शुराम खापुङले कसैलाई पनि मुख्यमन्त्रीमा नियुक्त गरेका छैनन्।
प्रदेश प्रमुखले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। कोशी प्रदेशसभामा कुल ९३ जना सांसद रहेकोमा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दछ।
मुख्यमन्त्रीमा दाबी गरेका दुवैले ४७ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका कारण हस्ताक्षरको आधिकारिकताका विषयमा पनि प्रश्न खडा गरेको छ।
कोशी प्रदेशमा ७ महिनाको अवधिमा पाँचौँ सरकार गठनको तयारी भइरहेको छ। उपधारा ५ अनुसार सरकार गठन हुन नसकेमा वा गठन भएको सरकारले विश्वासको मत नपाएमा मध्यावधि निर्वाचन जानु पर्ने संवैधानिक व्यवस्था छ।

‘मैले पार्टीमा विद्रोह गरेको नभई संविधान बमोजिम सांसदको अधिकार प्रयोग गरेको मात्रै हुँ’ कार्कीले भने ‘संविधानको धारा १६८ को उपधारा ५ अनुसार मेरो पक्षमा प्रदेशसभाको बहुमत पुगेकाले दाबी पेश गरेको हुँ।’कार्कीले आफूले संविधानले दिएको अधिकार प्रयोग गरेको र कसैको विरोध नगरेको स्पष्ट पारे। यता नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भूपेन्द्र राईले कोशीमा गठबन्धन एकमत रहेको दाबी गरे।