युवा भिडन्तले सिन्धुपाल्चोकको चुनाव तरंगित
२० कार्तिक २०७४
•
१० मिनेट पाठ
युवा भिडन्तले सिन्धुपाल्चोकको चुनाव तरंगित
सिन्धुपाल्चोक-  पूर्वसभासद्, पूर्व लडाकु र युवा सम्मिश्रण सहितको त्रिकोणात्मक भिडन्तले सिन्धुपाल्चोक प्रतिनिधिसभा–२, प्रदेशसभा (क) र (ख)को चुनाव तरंगित भएको छ। कलिलै उमेरमा जिल्लामा सशक्त युवा नेताको पहिचान बनाएर राजनीतिमा फड्को मार्दै गरेका वाम–लोकतान्त्रिक गठबन्धनबीचको द्विपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावले सर्वत्र चासो बढाएको छ।




कांग्रेस–राप्रपा (प्रजातान्त्रिक)को लोकतान्त्रिक गठबन्धनले प्रदेश (क) मा विकास तामाङ र (ख) मा निमा लामालाई चुनावी मैदानमा उतारेको छ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनबाट क्रमशः युवराज दुलाल र दावा तामाङ प्रतिस्पर्धामा होमिएका छन् । चारै प्रतिस्पर्धी युवा हुन् भने दावा बाहेक अरु उम्मेदवार चुनावी मैदानमा नयाँ छन्।

गठबन्धन बनाइए पनि कांग्रेस–माओवादी केन्द्रबीचको भिडन्तले यो प्रदेशको चुनावलाई रोचक बनाएको छ। अझ रोचक त माओवादी केन्द्रका दावा र दुलालको उम्मेदवारीले थपेको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राप्रपा अध्यक्ष पशुपति शम्सेर राणालाई हराएर दावा राष्ट्रियस्तरमै ‘सेलिब्रेटी’ बनेका थिए।

पूर्वलडाकु रहेका वाइसियलका केन्द्रीय नेता दुलालले शान्ति प्रक्रियापछि लामो समय पार्टी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षा कमाण्डर रहेर काम गरे । कांग्रेसका उम्मेदवारद्धय विकास र निमाले उनीहरुलाई कडा टक्कर प्रस्तुत गरेपछि पञ्चायतकालीन राजनीतिक हस्ति पशुपति राणाको परम्परागत गढ समेटिएको यहाँको चुनाव रोमाञ्चक बनिरहेको छ ।

राप्रपाको परम्परागत गढमा लोकतान्त्रिक गठबन्धनले उनै राणालाई प्रतिनिधिसभा सदस्यमा अघि सारेको छ । उनलाई वाम गठबन्धनबाट साविक विजेता एमाले केन्द्रीय सदस्य तथा युवा नेता शेरबहादुर तामाङले चुनौति पेश गरेपछि प्रतिनिधिसभा–२ को निर्वाचनले मुलुककै ध्यान तानेको छ । 

तत्कालीन क्षेत्र नं. ३ को सबै भूगोल हालको क्षेत्र नं. १ मा पर्दा पूरानो क्षेत्र नं. २ को आधा भू–भाग थपिएको छ । २०४७ को परिवर्तनपछि २०४८, २०५१ र २०५६ मा भएका तीनवटै निर्वाचन राप्रपा नेता राणाले यही क्षेत्र (तत्कालीन क्षेत्र नं. ३) बाट जितेका थिए। राष्ट्रिय पञ्चायत सदस्यको चारवटा निर्वाचन सिन्धुपाल्चोकबाटै जितेका राणालाई उनको साढे तीन दशक लामो अपराजित राजनीतिक पहिलो पटक हार चखाएका थिए, माओवादी केन्द्रका दावाले।

उनको नाम प्रतिनिधिसभाका लागि सिफारिस भए पनि वाम गठबन्धन बनेपछि दावा प्रदेश (ख) मा झरेका थिए । सय भोटले बाजी मारेर सभासद् बन्दा राणा तेस्रो स्थानमा खुम्चिएका थिए । एमालेका शेरबहादुर निकटतम् प्रतिस्पर्धी बनेर दोस्रो स्थान रहे । त्यतिवेला दावाले १३ हजार २ सय र शेरबहादुरले १३ हजार १ सय मत पाउँदा राणाले १० हजार भोट ल्याएका थिए।

२०६४ मा मुलुकभरबाट दर्जन जोडी संविधानसभामा पुग्दा दावा एक थिए । उनकी पत्नि कुमारी मोक्तान मकवानपुरबाट विजयी भएकी थिइन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा दावा चुनाव बहिस्कारको नीति लिएको वैद्य माओवादीमा लागेपछि शेरबहादुरले साढे २ हजारको मतान्तरसहित राणाविरुद्ध सहज जित निकालेका थिए। माओवादी नराम्ररी पराजित हुँदै चौथो स्थानमा पुग्यो ।

हेलम्बु, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका १० वटा वडा समेटिएको प्रदेश (ख) तामाङ, शेर्पा, गुरुङ र ह्योल्मो बहुल क्षेत्र हो । माओवादी केन्द्रका दावा र कांग्रेसका निमा जनजाति ‘सेन्टिमेन्ट’ तानेर चुनाव जित्ने रणनीतिमा छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले हेलम्बु तथा एमालेले पाँचपोखरीसहित मेलम्ची नगरपालिका जितेका थिए । एक जितसँगै हारेका तहमासमेत कांग्रेसको राम्रै मत रहेको र त्यहाँ राप्रपाकोसमेत भोट थपिने भएकाले बाम गठबन्धनबाट असन्तुष्ट मतदाता, कार्यकर्ता तानेर सहज जित निकालने दाउमा निमा देखिएका छन्।

कांग्रेसको पूर्वजिल्ला सदस्य रहेका निमाको तुलनामा दावा ‘हेभिवेट’ उम्मेदवार हुन् । पार्टीको केन्द्रीय सदस्य समेत भइसेका द्वन्द्वकालीन ‘जनसरकार प्रमुख’ दावा एमालेको मतमा पार्टीको भोट थपिएपछि जित्नेमा विश्वस्त देखिएका छन् । चुनाव लडेको अनुभव रहेकाले उनी उत्साहीसमेत छन्।

प्रदेश (क) प्रतिस्पर्धी माओवादी केन्द्रका युवराज र कांग्रेसका विकासले पनि चुनाव जित्ने आ–आफ्नै रणनीति अघि सारेका छन्। एमालेको मतले सजिलो जित निकाल्ने दाउमा युवराज रहँदा विकास वाम गठबन्धनको असन्तुष्ट कार्यकर्ता तानेर बाजी मार्ने रणनीतिमा छन्।

यो प्रदेशमा मेलम्ची नपाको तीनवटा वडा, इन्द्रावती गाउँपालिका र चौतारा–साँगाचोकगढी नगरपालिकाका नौवटा वडा समेटिएका छन्। स्थानीय चुनावमा कांग्रेसले इन्द्रावती जित्दा मेलम्ची एमाले र चौतारा माओवादी केन्द्रले जितेको थियो । चौतारा नगरमा चर्चित नेताको हैसियत बनाएका माओवादीका युवराज इन्द्रावती गाउँपालिका उताको क्षेत्रमा कम परिचित छन् ।

सोही विशेषता लागू हुन्छ कांग्रेसका विकासका लागि पनि। मेलम्चीदेखि इन्द्रावतीसम्म लोकप्रिय रहेका उनी ठूलो संख्यामा मतदाता रहेको चौतारा नगरमा परिचित छैनन् । त्यसैले दुबै नेता कम परिचित क्षेत्रका मतदाता आकर्षित गर्न तल्लिन छन् । तामाङ भएकाले दुई पटक महाधिवेशन प्रतिनिधि जितेर पार्टीको केन्द्रीय विकास विभागमा काम गरेका विकासलाई यो प्रदेशमा जनजाति मत तान्ने अवसर रहँदा शरद उमेरले ३५ वर्ष मात्रै पुगेका युवराजलाई थपिएका ‘फ्रेस’ मतदाता आकर्षित गर्ने अवसर रहने छ।

गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने (क) र (ख) दुवै प्रदेशमा बाम गठबन्धन बलियो अवस्थामा छ । प्रदेश (क)मा बाम गठबन्धनसँग २१ हजार २६ मत छ। लोकतान्त्रिक गठबन्धनसँग भने १२ हजार ३ सय ३१ मत देखिन्छ । साढे ८ हजारभन्दाबढी मतले यहाँ वाम गठबन्धन अगाडि छ ।

स्थानीय तहको मतकै आधारमा प्रदेशसभा (ख)मा भने दुबै गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ थोरै मतले मात्र वाम गठबन्धन अगाडि छ। यहाँ वाम गठबन्धनसँग १९ हजार ७ सय ७२ र लोकतान्त्रिक गठबन्धनसँग १८ हजार १ सय २५ मत छ । वाम गठबन्धन १ हजार ६ सय २७ मतले मात्र अगाडि छ । तर यो प्रदेशमा दुबै संविधानसभा निर्वाचनको तुलनामा स्थानीय चुनावमा राप्रपा र माओवादी केन्द्रको उल्लेख्य मत हराएकाले त्यो भोटसँगै नयाँ मतदाताको मतले जित, हार निर्धारण गर्ने विश्लेषण गरिँदै आएका छ। दुबै प्रदेशमा औसात ७/७ हजारले झण्डै १४ हजार नयाँ मतदाता थपिएका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस