चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब
२२ कार्तिक २०७४
•
८ मिनेट पाठ
चुरे बोर्डमा ‘आफ्ना’ राख्न मन्त्रीको दबाब
काठमाडौं– वनमन्त्री विक्रम पाण्डेले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन आदेश परिमार्जन गर्न लगाएर समितिमा दुईजना आफूनिकट व्यक्तिलाई सदस्य थप्न दबाब दिइरहेका छन्। 




वन मन्त्रालय स्रोतका अनुसार मन्त्री पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले समिति बोर्डमा दुईजना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन्। 

चुरेको वार्षिक बजेटमा हालिमुहाली गर्न पाइने उद्देश्यले मन्त्री पाण्डेलाई वनका पूर्वपदाधिकारीले उस्काइरहेको स्रोतले बतायो । ‘मन्त्रीको निर्देशनमा गठन आदेश नै परिमार्जन गर्ने तयारी भइरहेको छ । प्रशासनले टिप्पणी उठाइरहेको छ’, स्रोतले भन्यो। 

स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डेको निर्देशनमा प्रशासन महाशाखा प्रमुख ज्ञानेन्द्र पौडेलले चुरे–तराई मधेश संरक्षण विकास समिति बोर्डमा दुईजना थप्न मिल्नेगरी गठन आदेश परिमार्जनका लागि टिप्पणी उठाएका छन् ।

स्रोतका अनुसार वन मन्त्रालयबाट एक वर्षअघि अवकाश पाएका सहसचिव बाबुराम भण्डारीले आफूलाई चुरे समितिको बोर्ड सदस्य बनाउन मन्त्रीलाई दबाब दिइरहेका छन् । बोर्ड सदस्य थप्ने प्रपञ्चमा लागेका उनी गठन आदेश संशोधन फाइल आफैं लिएर हिँडिरहेका छन् । भण्डारी मन्त्री पाण्डेकै क्षेत्र चितवनवासी हुन । चुरेमा ल्याउन लागिएको अर्का व्यक्तिको परिचय खुलेको छैन।  

गठन आदेशअनुसार राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिमा अध्यक्षबाहेक चारजना सदस्य रहने व्यवस्था छ । यही व्यवस्थाअनुसार अध्यक्षसहित चार सदस्य नियुक्त भएका छन् । सरकारले अध्यक्षका लागि राज्यमन्त्रीसरह सुविधा र सदस्यका लागि सहायकमन्त्री सरह सुविधा तोकेको छ। 

चुरे समिति ‘बोर्ड’ को कार्यसम्पादन प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्री पाण्डेले आर्थिक भार थपिने गरी थप दुई जनालाई जागिर खुवाउन थालेको गुनासो समितिकै पदाधिकारीको  छ । ‘अहिलेकै बोर्डका अध्यक्ष र सदस्यको कार्यसम्पादनभन्दा पनि खर्चको भार बढिरहेका बेला मन्त्रीले फेरि आर्थिक भार थप्न लागे । यो संस्था डुबाउने खेल हो’, चुरेका एक पदाधिकारीले भने। 

वनमन्त्री पाण्डेले सात प्रदेश भएकाले सातजना सदस्य बनाउने कि भनेर छलफल भएको बताए । ‘थपिसकेका छैनौं, छलफल मात्र हो’, उनले भने । उनले सात प्रदेशको हवाला दिए पनि चुरे समितिको प्रमुख कार्यालय चितवनमा राखेर देशका अन्य चार स्थानमा शाखा कार्यालय खोल्ने व्यवस्था गठन आदेशमा छ। 

गठन आदेशअनुसार अन्य कार्यालयमा मोरङको विराटचोकमा कार्यालय खोलेर इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनकुटा, भोजपुर र उदयपुरको चुरे क्षेत्र हेर्ने,  धनुषाको महेन्द्रनगरमा कार्यालय राखेर धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काभ्रे, ललितपुर र रौतहटको चुरे क्षेत्र हेर्ने,  रुपन्देहीको बुटवलमा कार्यालय खोलेर नवलपरासी, रुपन्देही, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, तनहुँ, सल्यान, प्युठान र दाङको चुरे क्षेत्र हेर्ने र कैलालीको लम्कीमा कार्यालय खोलेर बाँके, सुर्खेत, बर्दिया, कैलाली, डोटी, कञ्चनपुर र डडेलधुराको चुरे क्षेत्र हेर्ने व्यवस्था गठन आदेशमा छ । यी चारवटा कार्यालयको जिम्मा चार सदस्यलाई दिइएको छ। 

तर अहिलेसम्म प्रमुखदेखि शाखा कुनै पनि कार्यालय व्यवस्थित रुपमा खोलिएको छैन । चारैजना सदस्य अहिले पनि केन्द्रमा बसेर काम गरिरहेका छन् । काठमाडौंबाट स्थानीय नियमित भ्रमण गर्दा त्यसै पनि समितिलाई ठूलो आर्थिक भार परेको छ । त्यसैमाथि मन्त्री पाण्डै दुईजना सदस्य थप्न लागेका छन् । ‘म ठूलो उद्देश्य लिएर हिँडेको मान्छे हो दुई/चार जनालाई जागिर खुवाउनका लागि मैले सदस्य थप्न लागेको होइन’, मन्त्री पाण्डे भन्छन्। 

वनसचिव युवकध्वज जिसीले छलफल मात्र भएको जानकारी दिए पनि दुई सदस्य थप्न मिल्नेनमिल्नेबारे वनले अर्थ र कानुन मन्त्रालयसँग राय मागेको स्रोतले बतायोे । सचिव जिसीले सात प्रदेशका लागि सात सदस्य चाहिएको तर्क गरे पनि चुरे क्षेत्रले ३६ वटा जिल्ला मात्र ओगट्छ। 

सरकारले २०७१ असार २ गते चुरे समित स्थापना निर्णय गरेको थियो । असार ६ गते समितिको अध्यक्षमा पूर्व अर्थसचिव रामेश्वर खनाललाई नियुक्त गरिएको थियो । भदौ १३ गतेको मन्त्रिपरिषद् निर्णयबाट चार सदस्य नियुक्त गर्ने निर्णय भयोे । ती सदस्यले भदौ १८ गतेबाट काम सुरु गरेका थिए। 

तत्कालीन अध्यक्ष खनालले तत्कालीन वनमन्त्री अग्नि सापकोटाको दबाब झेल्न नसकेर राजीनामा दिएका थिए । उनीस“गै बोर्डका अन्य सदस्यले पनि राजीनामा दिए। 

अहिले राजनीतिक भागबण्डा आधारमा समितिको अध्यक्षमा वीरेन्द्र यादव र चार सदस्य छन् । वन मन्त्रालयअन्तर्गतको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले समस्या सम्बोधन गर्न नसकेपछि सरकारले ०७१ असार २ गते चुरेलाई वातावरण चुरे संरक्षण क्षेत्र घोषणा गरेको थियो । यसको विस्तृत संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि समितिको स्थापना भएको हो। 

खुकुलो पत्रे चट्टानका कारण चुरे अत्यन्त कमजोर पहाड मानिन्छ । योक्षेत्र मधेसको जलाधारका लागि महत्त्वपूर्ण मानिन्छ । भूकम्पीय कारणबाट पनि यो त्यत्तिकै जोखिमयुक्त छ।

यसले नेपालको कुल भूभागको १२ दशमलव ७८ प्रतिशत ओगटेको छ । चुरे र यसको प्रभाव क्षेत्रमा १ करोड ४५ लाख ४३ हजार ५ सय नौ जनसंख्या छ । उत्तरतर्फको महाभारत पर्वत शृंखलाको सबैभन्दा तत्लो भाग र दक्षिणतर्फको बृहत् भागबीचको भौगोलिक क्षेत्रलाई चुरे÷चुरिया÷सिवालिक भनिन्छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस