नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले कोशी प्रदेशमा म्युजिकल चियरको खेल सकिएको बताएका छन्।
प्रदेशसभा बैठकमा बोल्दै थापाले सत्तामा बस्ने र हटाउने म्युजिकल चियरको खेल अब सकिएको बताएका हुन्।
लामो समयदेखिको कोशी प्रदेश समस्या समाधानको बाटोमा लागेको थापाले बताए। ‘नयाँ सरकार गठबन्धन भएसँगै प्रदेशमा सत्ता प्राप्तिको म्युजिकल चेयरको खेल सकिएको छ’ थापाले भने।
थापाले गठबन्धनको निर्णय विरुद्ध गएका कांग्रेसका ८ जना सांसलाई सहयोग गरेर नेकपा एमाले पनि सरकारमा आएको बताए। कांग्रेसका ८ भाईले युद्ध जितेर आएपछि कांग्रेसले गला जोडेको बताए। उनले भने,‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गला लगायौं, स्वागत ग¥यौं’ थापाले भने।
अहिलेको सरकारलाई सँधैभरी साथ दिएर अघि बढ्ने कुरामा लाग्न एमालेलाई थापाले आग्रह गरे। थापाले राप्रपालाई समेत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिन आग्रह समेत गरे। थापाले अहिलेको सरकार भंग भए प्रदेश सभापनि भंग हुने भएकाले सिंगो गठबन्धनले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णयमा पुगेको स्पष्ट पारे।