प्रदेश–५ : चुनाव जित्न थारू मतमा नजर
०१ मंसिर २०७४
•
९ मिनेट पाठ
प्रदेश–५ : चुनाव जित्न थारू मतमा नजर
नेपालगन्ज- थारू समुदायको मतलाई आफ्नो जितको श्रेय ठान्ने घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको मनमा अहिले एउटै प्रश्न खेलिरहेको छ– स्थानीय तहमा झैँ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि थारूमत निर्णायक होला त ? खेलको प्रकृति र मैदानमा उत्रिएका खेलाडीको अनुहार नियाल्दा उनी आफैँ अलमलमा छन् । तैपनि भन्छन्, ‘निर्णायक त अवश्य हो, तर आप्mनै समुदायको अनुहार छान्ने विकल्प भने यसपटक छैन ।’




थारू समुदायको प्रभावक्षेत्र मानिने मध्यपश्चिम तराईको बाँके र बर्दियामा नरुलालले भनेझैं थारूमत निर्णायक हुने देखिन्छ । यहाँका पाँचमध्ये दुई क्षेत्रमा थारु–थारूर अन्य तीन क्षेत्रमा गैरथारू उम्मेदवारबीच प्रतिस्पर्धा छ । यस कारण यो मतको महŒव बढेको छ ।

करिब ३२ प्रतिशत थारू मतदाता रहेको दाङमा तीन निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं. १ मा थारू समुदायको बाक्लो बसोबास छ, जहाँ लोकतान्त्रिक र वाम गठबन्धनले थारू समुदायकै नेतालाई उम्मेदवार बनाएका छन् । लोकतान्त्रिकबाट कांगे्रसकी सुशीला चौधरी र वाम गठबन्धनबाट माओवादी केन्द्रका मेटमणि चौधरी उम्मेदवार छन् । ‘यस्तो अवस्थामा थारू मतदाताले हेर्ने भनेको उम्मेदवारको लोकप्रियता र उनीहरू आबद्ध पार्टीको घोषणापत्र नै हो,’ मेयर चौधरी भन्छन्, ‘जसले आप्mनो समुदायलाई रिझाउन र विश्वास दिलाउन सक्यो उसैले जित्नसक्छ ।’

दाङका अन्य दुई क्षेत्रमा भने गैरथारू उम्मेदवार प्रतिस्पर्धामा छन् । क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका राजु खनाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका कृष्णबहादुर महरा तथा क्षेत्र नं. ३ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका दीपक गिरी र वाम गठबन्धनबाट एमालेका हीराचन्द्र केसी उम्मेदवार छन् ।

दशकअघि थरुहट आन्दोलन थालेर चर्चामा आएका योगेन्द्र थारू यसपटकको निर्वाचनमा जातका आधारमा नेता छान्ने विकल्प नरहेको बताउँछन् । राजनीतिक दल र तिनका उम्मेदवारले दिलाउने विश्वासबाट थारू मत प्रभावित हुने उनको भनाइ छ । ‘थारू समुदाय पहिलेजस्तो राजनीतिक निर्णयको बन्दी छैन, उम्मेदवार र अजेन्डा हेरेर आपैmं निर्णय गर्नसक्ने अवस्थामा पुगिसकेको छ,’ उनी भन्छन्, ‘जसले थारू समुदायलाई विश्वास दिलाउँछ उसैले जित हात पार्ने निश्चित छ ।’

करिब ७० प्रतिशत थारू मतदाता रहेको बर्दिया क्षेत्र नं. २ मा पनि थारू समुदायकै दुई नेताबीच प्रतिस्पर्धा हुँदैछ । लोकतान्त्रिक समूहबाट कांग्रेसका गोपाल दहित र वाम गठबन्धनबाट माओवादी केन्द्रका सन्तकुमार थारू चुनावी मैदानमा छन् । उनीहरू दुवै सगोत्री र बहालवाला मन्त्रीसमेत हुन् । ‘यस्तो अवस्थामा थारू मत जातका आधारमा विभाजित हुने देखिँदैन, बरु राजनीतिक लाइन र नातागोताका आधारमा प्रभावित हुनसक्ला,’ बबई बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेन्द्रप्रसाद धिताल भन्छन्, ‘यी दुवै उम्मेदवारसमक्ष आप्mनैलाई कसरी रिझाउने भन्ने चुनौती छ ।’

कुल मतदाताको झन्डै आधा हिस्सा थारू समुदाय रहेर पनि गैरथारू उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको बर्दिया–१ मा भने दुवै उम्मेदवारको ध्यान थारू मतदातामाथि केन्द्रित छ । उक्त क्षेत्रमा वाम गठबन्धनबाट एमालेका वामदेव गौतम र लोकतान्त्रिक समूहबाट कांग्रेसका सञ्जयकुमार गौतम प्रतिस्पर्धामा छन् । मधेसी समुदायको प्रभाव रहेको गुलरिया नगरपालिका क्षेत्रमा कांग्रेस बलियो भए पनि थारू बहुल पूर्वी क्षेत्रमा एमाले पकड छ । कांग्रेसका गौतम आपूm थारू समुदायसँग भिजेको र रैथाने भएको बताउँदै थारू मतलाई आकर्षित गर्ने दाउमा छन् । ‘यहाँको जनमत राजनीतिक आधारमा विभाजित भयो भने वाम गठबन्धनलाई फाइदा पुग्नसक्छ,’ उपप्राध्यापक धिताल भन्छन्, ‘कांग्रेसका गौतमले थारुको भावना जित्न सके भने परिणामले कोल्टे नफेर्ला भन्न सकिन्न ।’

बडघर, थारू समुदायमा सामथ्र्य राख्ने जिम्मेवारी हो । यसको सामाजिक–सांस्कृतिक महŒव अहिले पनि उत्तिकै छ । तर, राजनीतिक क्षेत्रमा भने उनीहरूको प्रभाव फितलो हुँदै गएको छ । ‘पहिले–पहिले बडघरहरू राजनीतिबाट टाढा हुन्थे, त्यसैले चुनावको बेला उनीहरूले भनेको ठाउँमा भोट हाल्ने चलन पनि थियो,’ बर्दिया, गुलरियाका एक थारू समुदायका शिक्षक भन्छन्, ‘अहिले उनीहरू आपैm राजनीति गर्छन्, त्यसैले अर्को पार्टीमा बसेको मान्छेले कसरी आदेश मान्छ ?’

हरायो थरुहट मुद्दा

दशकअघि मध्य तथा सुदूरपश्चिम तराईमा चर्केको थरुहट आन्दोलन छिन्नभिन्न भएसँगै उसका मुद्दा पनि हराएका छन् । नयाँ संविधान जारी भएपछि पहिलोपटक हुनलागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा थरुहट क्षेत्रका उम्मेदवार आपूmसम्बद्ध राजनीतिक दलकै अजेन्डा बोकेर घरदैलोमा हिँडिरहेका छन् । ‘विगतमा थरुहट आन्दोलनप्रति बलियो समर्थन जनाएका यहाँका जनताले अहिले पनि उम्मेदवारहरू आन्दोलनका अजेन्डा बोकेर दैलोमा आउन् भन्ने चान्छन्,’ हाल नेपाली कांग्रेसमा रहेका थरुहट पार्टीका संस्थापक उपाध्यक्ष योगेन्द्र थारू भन्छन्, ‘तर सबै उम्मेदवार आआप्mनो पार्टीको मुद्दा बोक्न बाध्य छन् ।’ विगत आन्दोलनको नेतृत्व कुन राजनीतिक लाइनमा छ भन्ने कुरालाई भने जनताले हेर्ने उनले बताए ।

सुरुमा दाङदेखि कञ्चनपुरसम्म थरुहट प्रदेशको माग राखेर सुरु भएको आन्दोलन पछिल्लो समय नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेशको माग राख्दै विसर्जन भयो । आन्दोलन क्रममा दाङ, चितवन, नवलपरासी र कैलाली (टीकापुर) मा हिंसात्मक घटना भए । अहिले चुनावी मैदानमा उत्रिएका थारू उम्मेदवारले समेत थारू आन्दोलनका मुद्दालाई महŒव दिएका छैनन् । ‘अलग थरुहट प्रदेशबाहेकका अन्य माग संविधानमा समावेश भइसकेका छन्,’ योगेन्द्र थारू भन्छन्, ‘तैपनि उम्मेदवारले थारू जनमतलाई आकर्षित गर्ने अजेन्डा ल्याउन सकेको देखिँदैन ।’

(बर्दियाबाट निर्मल घिमिरे र दाङबाट देवेन्द्र बस्नेतको सहयोग)
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस