काठमाडौँ, जेठ ११ (नागरिक)- नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र अमेरिकी राजदुत स्कट एच डेलीसीबीच आज सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भेटवार्ता भएको छ।
भेटका अवसरमा राजदुत डेलीसीले नेपालको राजनीतिक घटनाक्रम, प्रजातन्त्रका मूलभूत मान्यता र दीगो शान्ति स्थापनाका बारेमा चासो र चिन्ता व्यक्त गरेको संसदीय दलको कार्यालयले जनाएको छ।
राजदूत डेलीसीले शान्ति र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाएर राजनीतिक दलहरु अहिलेको समस्याको समाधानका लागि सहमतिमा पुगुन् भन्ने अमेरिकाको चाहना रहेको बताए। त्यसका लागि वातावरण बनाउने काम नेपाली जनता र यहाँका राजनीतिक दलहरुको रहेको र त्यसलाई आवश्यक सहयोग गर्न अमेरिका सँधै तयार रहेको उनले बताएका थिए।
नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरु संविधान सभाको समयावधि विस्तार गर्न, माओवादी लडाकुको व्यवस्थापन, वाइसीएलको रुपान्तरण, कब्जा सम्पति फिर्ता लगायतका अहिलेको राजनीतिक समस्याको प्याकेजमा सहमति जुटाएर निकास खोज्न लागिपरेको बताएका थिए।