मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन
१० मंसिर २०७४
•
६ मिनेट पाठ
मतदान स्थलमा सञ्चार सम्पर्कसमेत  छैन
नेपालगन्ज- पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् ।




माथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् । ती ठाउँको अवस्था बुभ्mन सुरक्षा निकायको सञ्चारसेटमा भर पर्नुपर्ने अवस्था छ । ‘टेलिफोन सम्पर्क नहुने ठाउँमा हामीले सुरक्षा सतर्कता अझ बलियो बनाएका छौं,’ मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशमान प्रधानले भने, ‘तत्कालका लागि सुरक्षाकर्मीको सञ्चार सेटमा भर पर्नुको विकल्प छैन ।’

पूर्वी रुकुमका नौ मतदान केन्द्र सञ्चार सम्पर्कबाहिर छन् । रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खाराबाङ, कोल र राङ्सी केन्द्रमा टेलिफोन टावर छैन । पेल्मा केन्द्रमा त सुरक्षाकर्मीको सञ्चारसेटले पनि काम गर्दैन । करिब दुई घण्टा दूरीमा पर्ने रन्मा पुगेर खबर टिपाउनुपर्छ । ‘हामीले यस्ता केन्द्रमा सूचना संयन्त्रमा विशेष ख्याल गरेका छौं,’ पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले भने ।

रोल्पाका सुनछहारी, थबाङ र सुकीदह गाउँपालिकाका केही मतदान स्थल सञ्चार सम्पर्कविहीन छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको प्रभाव बढी भएका यी ठाउँमा सुरक्षा गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । उनका अनुसार प्रत्येक गाउँपालिकामा दुईदुईजना प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा टोली खटाइएको छ । ‘कतै केही घटना भइहाल्यो भने जतिसक्दो छिटो प्रहरीसँग सूचना पुग्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यसका साथै सुरक्षाका सबै अंग बाक्लो गरी परिचालन भएकाले सोचेजस्तो जोखिम नहोला ।’

सञ्चार सम्पर्क नहुने स्थानमा मतदातालाई बाटोमै अवरोध हुने, आक्रमणका घटना हुने र मतदान स्थलमा बुथ कब्जा हुने जोखिम बढी हुन्छ । बुथ कब्जा हुनबाट रोक्न सुरक्षाकर्मीको भूमिकाले काम गर्ने भए पनि मतदान स्थलबाहिर हुने अवाञ्छित गतिविधि रोक्न भने चुनौती छ । आफ्नो प्रभाव बढी भएका क्षेत्रमा कुनै राजनीतिक दलले विपक्षी मतदातालाई अवरोध गर्ने, धम्की दिने घटना विगतका निर्वाचनमा पनि हुने गरेका थिए । मुगुमा सदरमुकामबाहिरका केही मतदान केन्द्रमा बुथ कब्जा हुन सक्ने खतरा औंल्याउँदै सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजिमान बुढाले पिना, कोटिला, टोप्ला, मुर्मा, बाम, सोरु, जिमा, जडेपानी, ज्वालधारा, नेहेर, भिइआम, नखर्जी, श्रीकोट, चिमाढुंग्रीलगायत मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको बताए ।

सुरक्षा अनुगमन

निर्वाचनको अघिल्लो दिन उच्चस्तरीय सुरक्षा टोलीले हिमाली तथा पहाडी जिल्लाको सुरक्षा स्थिति निरीक्षण गरेको छ । गृहसचिव मोहनकृष्ण कार्की, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका उपरथि शरद गिरी, मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशमान प्रधान, ६ नम्बर प्रहरी प्रमुख एआइजी रणबहादुर चन्दको टोलीले हेलिकोप्टरबाट अनुगमन गरेको हो ।

क्षेत्रीय प्रशासक प्रधानले सबै जिल्लामा तीनै तहको सुरक्षा कबज प्रभावकारी बनाइएको बताए । ‘अहिलेसम्म कुनै पनि ठाउँमा सुरक्षा कमजोरी देखिएको छैन, सबै सुरक्षा निकाय उच्च सतर्क अवस्थाम छन्,’ उनले भने, ‘भोलि (आइतबार) हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ ।’

चुनावका दिन हवाई सुरक्षाका लागि नेपाली सेनाको एउटा हेलिकोप्टर सुर्खेतमा तयारी अवस्थामा राखिएको प्रधानले जानकारी दिए । सञ्चार सम्पर्क नहुने स्थानमा हवाईगस्ती गरेर सुरक्षा निगरानी गरिने पनि उनले जानकारी दिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस