नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पर्यटकीय सहर पोखरा आएका छन्। सेनाको हवाइजहाज मार्फत पोखरा आएका गुटेरेसले सोमबारको रात पोखरामै बिताउनेछन्।
मंगलबार बिहान भने गुटेरेस अन्नपूर्ण आधारशिविरि (एबिसी) जाने कार्यक्रम तय भएको छ। गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितले पोखराको पुरानो विमानस्थलमा स्वागत गरेका थिए।
त्यस अवसरमा पोखराका पर्यटन व्यवसायीको समूह पनि गुटेरेसको स्वागतमा विमानस्थल पुगेका थिए। पञ्चेबाजाका साथ गुटेरेसलाई पोखरामा स्वागत गरिएको थियो।
पोखराको फिस्टेल लजमा बसेका उनी मंगलबार बिहान हेलिकप्टरबाट आधारशिविर जाने कार्यक्रम तय भएको छ। एबिसीमा गुटेरेसको स्वागतका लागि त्यहाँका पर्यटन व्यवसायीले पनि भव्य तयारी गरेका छन्।
हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे प्रत्यक्ष अवलोकन गर्नका लागि महासचिव गुटेरेस आधारशिविर जान थालेका हुन्।
पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले गुटेरेसको आगमनले पोखरा र सिंगै गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सघाउने बताए।
पोखराको पुरानो विमानस्थलमा सोमबार दिउँसो सेनाको जहाजबाट आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहालबिच सिंहदरबारमा भेटवार्ता भएको छ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका अधिकारी र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरु पनि सहभागी थिए।
प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस नेपालको औपचारिक भ्रमणमा आएका हुन्। उनलाई आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सिंहदरबारमा स्वागत गरेका थिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...