गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामाः ओली
१३ कार्तिक २०८०
•
३ मिनेट पाठ
गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामाः ओली
नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको सोमबार पोखरामा भएको सपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः उमेश पुन/नागरिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारका कारण देश टाट पल्टिनेतर्फ उन्मुख भएको आरोप लगाएका छन्। नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्लो दुईवर्षमा गठबन्धन सरकारका कारण देश टाट पल्टिने अवस्थामा पुगेको बताए।




‘बनाउन धेरै समय लाग्छ तर बिगार्न समय लाग्दैन,’ उनले भने, ‘केवल दुईवर्षमा गठबन्धन सरकारले देश बिगारे, ध्वस्त पारे।’ आज राजनीतिक अस्थिरता छ देशमा। अनुशासनहिनता छ, अराजकता छ। आर्थिक रुपमा देश टाट पल्टिने अवस्थातिर जाँदैछ।’ उनले देश अहिले रेमिटान्सको भरमा चलिरहेको उनले बताए। देश अहिले हाम्रा दाजुभाई, दिदीबहिनी तथा छोराछोरीहरुले पठाएको रेमिटान्सका आधारमा मात्रै चलिरहेको उनले बताए। उनले भने, ‘अरु कुनैपनिबाट देश चलेको छैन। भन्सारमा कर उठ्दैन। एयरपोर्टमा कर उठ्दैन।’ 

अध्यक्ष ओलीले एयरपोर्ट र भन्सारबाट अहिले तस्करी मात्रै हुने गरेको आरोप लगाए। देशमा ‘अहिले डकैती भइरहेको छ,’ उनले भने, ‘एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको छ। क्वीन्टल सुन आउँछ त्यो साठी केजीमा झर्छ। साढे नौकेजी सुन पक्राउ पर्दा लेनदेन भएर अरु कहाँ पुग्छ र २ केजी मात्रै रहन्छ।’ 

पक्राउ परेको सुन भन्सार र एयरपोर्टबाटै हराउने गरेको भन्दै उनले भने, ‘त्यो सुन चोरी भो, वितरण भो, के भो, त्यो त्यहिंबाट हरायो, त्यहिँ हरायो वा त्यहिंबाट बाँडे, खाए। कहाँ पु¥याउनुपर्ने हो पु¥याए। यो कुरा ढाकछोप गरेका छन्। तर सरकारलाई कुनै अप्ठेरो लाग्दैन।’ 

एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारले बहादुरी गरेर नेपाललाई एसियाको सबैभन्दा गरीब देश बनाउन सफल भएको टिप्पणी गरे। आफ्नो पालामा उत्पादन, रेमिटान्स, रोजगारीलगायत बढेका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा वाहवाही पाएपनि अहिलेको सरकारले सबभन्दा गरीब बनाएर बद्नाम गरेको उनको भनाई थियो। 

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री प्रचण्डलाई गएर दुर्गा प्रसाईलाई कारवाही गरिदिन प¥यो भनेर गुहार नमागेको प्रष्टीकरण दिए। दुर्गा प्रसाईंले भारतीय मिडियाले तीन वर्षअघि कम्बोडियाको टेलिकममा आफ्नो तीनहजार करोड रुपैयाँ लगानी छ भनेर दुस्प्रचार गरेको तर पछि माफी मागेर सच्याईसकेको विषयलाई अहिले पुनः दुस्प्रचार गरिरहेको भएपनि मैले कसैलाई कारवाहीका लागि गुहार मागेको छैन,’ उनले भने, ‘काटिएर जाओस् यो शीर बरु त्यस्ताहरुसँग झुक्न जाँदैन। मर्ला बरु बाघले घाँस खाँदैन।’  

आफूले चुच्चे नक्सा जारी गरेका कारण भारतले आफूबिरुद्ध यस्तो कुप्रचार गरेको कुरामा सत्यता नरहेकाले डराउनुपर्ने कारण नभएको उनको भनाई थियो। उनले त्यो लगानी पुष्टि गर्नेलाई थप एक हजार थपेर दिनेपनि बताए। 

एमाले अध्यक्ष ओलीले आफूले अझै २० वर्ष राजनीति गर्ने घोषणा गरे। ओलीको राजनीतिक भविष्यका बारेमा अनेक टिकाटिप्पणी भइरहेका बेला उनले भने, ‘पदमा बस्छु बस्दिन बेग्लै कुरा हो तर म अझै २० वर्ष राजनीति गर्छु। यसो भन्दा अचम्म मान्छन् मान्छेहरु। मेरो बुवा अझै तगडा हुनुहुन्छ, यति भनेपछि पुग्छ।’ एमाले उपाध्यक्ष रामबहादुर थापाले प्रचण्ड, माधव नेपाल दक्षिणपन्थी अवसरवादी भएको आरोप लगाए। अहिले देशमा राष्ट्रवादी र राष्ट्रघातीबीच द्वन्द्व चलेका कारण उथलपुथल भइरहेको समेत उनले बताए। 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रुपमा रहेको बताउँदै त्यसलाई मिलेर परास्त गर्नुपर्नेमा जोड दिए। त्यसभित्र संकिर्णतावाद, व्यक्तिवाद लगायत रहेको भन्दै यसलाई परास्त नगरेसम्म मजबुत एमाले बन्न नसक्ने उनको भनाई थियो। त्यसबिरुद्ध लड्न उनले प्रदेश कमिटीलाईपनि निर्देशन दिए। 

एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले पार्टी भित्र एकले अर्कोको खुट्टा तान्ने यदुवंशी विनासको बाटोमा रहेको बताए। यसलाई तत्काल सच्याएर एकताबद्ध एमाले निर्माण गर्नु अहिलेको आवश्यक्ता भएको उनको भनाई थियो। 

पूर्व संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य खगराज अधिकारीले पुराना पार्टी र त्यसमापनि एमाले बिस्थापित हुन्छ भन्ने डर, त्रास वा भ्रमबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरे। उनले व्यक्तिगत स्वार्थका कारण राष्ट्रिय स्वार्थ ओझेलमा परेको भन्दै उनले भने, ‘लुरे भावनाले एमाले बन्न सक्दैन। त्यसैले ईंटको जवाफ पत्थरले दिने एमाले बनाउन सबै नेता कार्यकर्तालाई दृढतापूर्वक उभिन आग्रह गर्दछु।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस