एमालेको चियापनमा पुगे काँग्रेस सभापति देउवा
१५ कार्तिक २०८०
•
१ मिनेट पाठ
एमालेको चियापनमा पुगे काँग्रेस सभापति देउवा
तस्बिर: राजिव खत्री/नागरिक
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि एमालेको चियापन कार्यक्रममा सहभागी भएका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज (बुधबार) भइरहेको चियापनमा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी भएका हुन्।

चियापान कार्यक्रममा यसअघि नै प्रधानमन्त्री लगायतका नेताहरु पनि सहभागी भएका छन्।

एमालेका तत्कालीन पहिलो अध्यक्ष मनमोहन अधिकारीको पालादेखि चियापान कार्यक्रम सुरु गरिएको हो। यो कार्यक्रममा सर्वसाधारणसहितलाई निम्ता दिइएको छ। 

अर्को समाचार
‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’
१२ कार्तिक २०८०
•
३ मिनेट पाठ
‘समस्या राजनीतिक दल होइनन् , गरिबी र भ्रष्टाचार हुन्’
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पुराना दलको औचित्य नसकिएको दाबी गरेका छन् । नेपाली कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलका शीर्ष नेताले यस्तो बताएका हुन् ।  

उनीहरूले दलहरूले नै मिलेर मुलुकलाई अघि बढाउने बताए । पुराना राजनीतिक दलहरूप्रतिको आलोचनात्मक प्रतिक्रियालाई आफूहरूले सकारात्मक रूपमा लिएको पनि बताए । पुराना दलहरूमाथि उठेका/उठाइएका प्रश्नलाई सकारात्मक रूपमा लिएको र जबाफ पनि मिलेर नै दिने उनीहरूले बताए ।  

राजनीतिक दलहरूप्रति भइरहेको आलोचनालाई आफूले सकारात्मक रूपमा लिएको जनाउँदै कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दल र राज्यका संस्थाप्रति जनताको विश्वास नघटेको बताए । उनले राजनीतिक दलले लोकप्रियता कायम गर्न राम्रा काम गर्नुपर्नेमा जोड दिए । देउवाले दलभित्र फरकफरक मत देखिनु स्वाभाविक बताए । ‘दलभित्र फरकफरक मत हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई हामीले व्यवस्थापन गरिरहेका छौं ।’

चियापान समारोहमा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओलीले ठुला दलहरूमाथि प्रश्न उठाउने कोसिस भइरहेको बताए । त्यसको जवाफ समय आएपछि दलहरूले दिने बताउँदै ओलीले भने, ‘हामीमाथि प्रश्न उठेको होइन, उठाउने कोसिस गरिएको छ, यस विषयको जवाफ यथासमयमा यथोचित ढंगले दिइनेछ ।’

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ठुला र पुराना दलको औचित्य सकियो भन्नेलाई प्रमुख दलहरू नै एकै ठाउँमा उभिएर जवाफ दिइने बताए । उनले भने, ‘इतिहास, राजनीतिक विचार, मुद्दा, संघर्ष र संस्कार नभएकाले नै पुराना र प्रमुख दलहरूमाथि प्रश्न उठाउने कोसिस गरिरहेका छन् ।’ परिवर्तनकारी शक्तिमाथि प्रश्न उठाएर शान्ति र लोकतान्त्रिक प्रक्रियामा खलल पु¥याउने प्रयास भइरहेको दाबी गर्दै दाहालले भने, ‘अराजकता सिर्जना गर्ने उद्देश्यका साथ प्रश्नहरू उठाउने काम भइरहेको जस्तो लाग्छ ।’

दाहालले दलहरूबीच सहमति र समझदारी जुटाउने प्रयासमा आफू सक्रिय रहेको बताउँदै दाहालले भने, ‘बिपीले सुरू गरेको चियापान संस्कृतिले दलहरूबीचको आपसी एकतालाई अभिप्रेरित गरेको छ । यसले देशको राजनीतिलाई स्थिरता, सहमति र सहकार्यको बाटोमा लैजान मद्दत गरेको छ ।’ उनले अहिलेको समस्या राजनीतिक दल नभएर गरिबी र भ्रष्टाचार भएको बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्ना दलका लागि चुनौती संगठन निर्माण भएको बताए । ‘कतै आफ्नै गोडामा अल्झिएर लडिन्छ कि भन्ने चुनौती हाम्रो सामु छ,’ उनले भने, ‘हामीले दायाँबायाँ नहेरेका होइनौं तर बढीचाहिँ आफैंभित्र केन्द्रित छन् ।’  

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रत्येक पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने बताए । ‘हामी अग्निपरीक्षामा छौं,’ उनले भने, ‘पुनः जाँचिनुपर्छ भने हामी तयार छौं । अहिलेको संकटमा निराश भएर, टाउको समाएर मात्रै हुँदैन ।’  

संक्रमणकालीन न्यायसहितका विषयको अझै टुंगो लाग्न नसकेको बताउँदै उनले भने, ‘धेरै ढिलो भयो । हामी छोटो समयमै युद्ध टुंग्याउने काममा सफल भएका थियौं । अब द्वन्द्व व्यवस्थापनमा जोडिएका र संक्रमणकालीन न्यायका विषय टुंग्याउन धेरै ढिलो गर्नुहुँदैन ।’

२०३३ साल पुस १६ गते बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्केसँगै कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । सोही परम्परालाई निरन्तरता दिँदै कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विभिन्न दलका शीर्ष नेता, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका प्रमुख, विभिन्न पेसा तथा व्यवसायमा संलग्न व्यक्ति र सर्वसधारणको उपस्थिति रहेको थियो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस