काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विजयको उन्मादमा नमात्तिन बामपन्थी गठनलाई सचेत गराएका छन्। काठमाडौं २ बाट विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले बापमन्थी गठबन्धनको भूमिका जनतालाई सुखी र शक्तिशाली बनाउन भएको बताए।
‘सामग्रतामा राज्यको काम भनेको जनतालाई सुख, शक्तिशाली बनाउनका लागि हो। त्यसका लागि बामशक्ति एकजुट भएका छन्। यो विजयको उन्मादमा नमात्तिकन विनम्रका साथ विपक्षीलाई समेत विश्वासमा लिएर र सुझावलाई ग्रहण गर्दै अघि बढ्नु पर्दछ’ नेपालले भने ।
उनले विपक्षीलाई हारबाट नआत्तिकन वा नकारात्मक भूमिका आग्रह समेत गरे । नेपालले २७ हजार ३६६ मतका साथ प्रतिनिधिसभामा विजयी भएका छन् । उनका निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुईकेलले १४ हजार ९०३ मत प्राप्त गरे।