काठमाडौं, जेठ २२ (नागरिक)- मन्त्रालय बाँडफाँटमा शुक्रबार पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुन सकेन। कांग्रेसका नेताहरु विमलेन्द्र निधी र कृष्ण सिटौला मन्त्रालय बाँड्ने विषयमा छलफल गर्न शुक्रबार एमाले पार्टी कार्यालय वल्खु पुगेका थिए।
एमाले महासचिव इश्वर पोख्रेल, सचिव शंकर पोख्रेल र प्रधानमन्त्रीका सल्लाहकामर रघु पन्तसँग भएको छलफलमा महत्वपूर्ण मन्त्रालयमा दुबै पार्टीले अडान नछोडेपछि सहमति हुन नसकेको हो।
बैठकमा कांग्रेसले परराष्ट्रबाहेक स्थानीय विकास, जलस्रोत श्रम तथा यातायात शान्ति तथा पुन निर्माण मन्त्रालयमा अडान राखेको एमाले नेताले बताए। एमालेले गृह, अर्थ, सन्चार र जलस्रोत नभए स्थानीय विकास मन्त्रालयमा अडान राखेको कांग्रेसका सहभागीले बताए।
कांग्रेसले गृह र अर्थ मन्त्रालय एमालेले दिन तयार भए पनि त्यसबाहेकका स्थानीय र जलस्रोत मन्त्रालय एमाललेलाई दिन नसकिने बताएको थियो।
प्रधानमन्त्रीका सल्लाहकार पन्तले थप छलफलको आवश्यकता भएकाले वार्ता जारी रहने बताए। यसअघि नै सत्तारुढ मधेशी जनअधिकार फोरमका गच्छदारले जलस्रोत र स्थानीय विकास मन्त्रलाय आफूलाई चाहिने बताउँदै आएका छन्।