नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको भ्रमण गरेर काठमाडौं फर्किएका छन्।
तीन दिनसम्म भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरेर फर्किएका दुवै जना महामन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भूकम्प प्रतिकार्य र पुनः निर्माणबारे आवश्यक सुझाव दिने भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिका तर्फबाट महामन्त्रीद्वय थापा र शर्मा बुधबार भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए। जहाँ उनीहरू भूकम्पको क्षति, पीडितहरूको अवस्था, तत्कालको आवश्यकता र पुनः निर्माणको विषयमा अध्ययन गरेका थिए।
त्यस क्रममा दुवै जना पीडितका लागि अस्थायी टहरा निर्माण गर्ने कार्यमा समेत संलग्न भएका तस्बिर र भिडिओ सामाग्री सार्वजनिक भएका थिए।
कांग्रेसले महामन्त्रीद्वयलाई विभिन्न ‘७ बुँदे कार्य’ मा केन्द्रित रहेर भ्रमण गर्न पठाएको थियो। जसमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढंगले भएको तर कैयौं पीडितमा नपुगेको भन्ने सञ्चार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गर्ने, उद्धार र राहतलाई अविलम्ब उचित व्यवस्थापन, ध्यानाकर्षण र सहजीकरण गर्न सहयोग गर्ने, संघ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न संघ–संस्था एवं स्वयं सरकारीनिकायहरू बिच ‘एक द्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन भन्नेबारे पनि अध्ययन गर्ने, छैन भने एक द्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण गर्ने जिम्मेवारी दिइएको थियो।
यस्तै उद्धार र राहतमा पुगेका बाह्य संघ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन ? भन्ने विषयमा पनि महामन्त्रीद्वयको टोली केन्द्रित हुने कांग्रेसले जनाएको थियो।
यस्तै महामन्त्रीद्वयलाई नेपाली काँग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनः स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने, घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वाभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने, सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्ध वृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय गर्ने, पुनः स्थापना र पुन निर्माणका लागि नेपाली काँग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाउने जिम्मेवारी प्रदान गरेको थियो।
पार्टीले सुम्पिएको जिम्मेवारी अनुरुपको काम पुरा गरेर महामन्त्रीद्वय थापा र शर्मा प्रभावित क्षेत्रको अध्ययन गरेर फर्किएको महामन्त्री थापाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार स्थलगत अध्ययनबाट प्राप्त कुराहरूलाई लिखित रूपमै प्रधानमन्त्रीसमक्ष राख्नका लागि अहिले ड्राफ्ट तयार भइरहेको छ।
तस्बिर सौजन्य : नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फेसबुकबाट।
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।
पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।
‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।
पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।
‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।
पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।
देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...