काठमाडौं, जेठ १६ (नागरिक)- तेन्जिङ-हिलारी एभरेस्ट म्याराथन प्रतियोगिता फूर्वा तामाङले जितेका छन्। हिमालयन एक्सपिडिसनको आयोजनामा भएको उक्त प्रतियोगिता शनिबार उनले ३ घन्टा ४१ मिनेट २० सेकेन्डमा पूरा गरी जितेका हुन्।
उनी गत वर्षका विजेता हुन्। जितसँगै फूर्वाले एक हजार अमेरिकी डलर नगद पुरस्कार जितेका छन्।
पाँच हजार तीन सय ६० मिटर उचाईंमा रहेको सगरमाथा आधार सिविरबाट सुरु भएको म्याराथनमा सोलुखुम्बुका सुदीप कुलुङ राई ४ घन्टा २ मिनेट ३५ सेकेन्ड समयबाट दोस्रो भए भने नेपाली सेनाका समीर तामाङले ४ घन्टा ५ मिनेट १० सेकेन्डमा पार गर्दै तेस्रो भए।
महिलाको उपाधि सोलखुम्बुकी आङफुटी शेर्पाले जितिन्। उनले निर्धारित दूरी पार गर्न ५घन्टा ८ मिनेट ५७ सेकेन्ड समय खर्चिएकी थिइन्। उपाधिसँगै पाँच सय अमेरिकी डलर जितिन्। मिङ्फुटी शेर्पा ५ घन्टा ९ मिनेट ८ सेकेन्डमा दोस्रो हुँदा ५ घन्टा ३० मिनेट ४१ सेकेन्डमा दौड पूरा गर्दै मिङ्मालामु शेर्पा तेस्रो भइन्।
विदेशीतर्फ भारतीय वर्चस्व रह्यो। भारतका श्यामकेशव सिंहले ५ घन्टा १५ मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए। भारतकै आमिर खान ५ घन्टा १८ मिनेट ५२ सेकेन्डबाट दोस्रो भए। भारतका रोशन सिंहले तेस्रो स्थानमा हात पारे।
विश्वकै कठिन र रोमाञ्चक मानिएको प्रतियोगितामा यसपटक नेपालसहित १४ देशका १ सय ३ जना सहभागी भएका थिए।