माओवादी समानुपातिक सांसद : मन्त्रीदेखि नेता पत्नीसम्म
०९ पौष २०७४
•
७ मिनेट पाठ
माओवादी समानुपातिक सांसद : मन्त्रीदेखि नेता पत्नीसम्म
काठमाडौं- नेकपा माओवादी केन्द्रले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको नाम लगभग टुंगो लागेको छ ।




संवैधानिक व्यवस्था र प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार समानुपातिकमा लगभग १७ सिट पाउने सुनिश्चित भएपछि माओवादी केन्द्रले आन्तरिक गृहकार्यमार्फत विजयी उम्मेदवारको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार १५ जना महिलाको नाम लगभग टुंगिएको छ भने पुरुषका लागि प्राप्त दुई सिटमा भने अझै छनोट हुन सकिरहेको छैन । त्यसमा रस्साकस्सी जारी छ ।

करिब ५३ सिटसहित तेस्रो दल हुन गइरहेको माओवादी केन्द्रले कम्तीमा १८ जना महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण समानुपातिकका लागि १५ महिला उम्मेदवारको छनोट गरेको हो । ‘आन्तरिक गृहकार्यअनुसार समानुपातिकबाट विजयी हुने १७ मध्ये १५ जनाको नाम लगभग टुंगिएको छ । पुरुषको हकमा भने रस्साकस्सी जारी छ,’ माओवादी उच्च स्रोतले नागरिकसँग भन्यो । स्रोतका अनुसार समानुपातिकको मतगणना सम्पन्न भएर कुल परिणाम सार्वजनिक भएपछि आन्तरिक गृहकार्य सकिएको र आयोगले उम्मेदवार माग गरेलगत्तै उक्त सूची बुझाइनेछ ।

जसअनुसार उक्त १५ सिटमध्ये खस आर्य कोटाबाट पूर्वमन्त्री रेखा शर्मा, तत्कालीन संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी, पूर्वमन्त्री धर्मशिला चापागाईं र सीता पोखरेलको नाम लगभग टुंगिएको छ । त्यसैगरी जनजाति महिला कोटाबाट पूर्वमन्त्री जयपुरी घर्तीमगर, शशि श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्तीमगर र यशोदा सुवेदी गुरुङ पर्ने भएका छन् । पूर्वसभामुख घर्तीमगरका पति वर्षमान पुन रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भइसकेकाले एकै परिवारका दुई सदस्य प्रतिनिधिसभामा देखिने भएका छन् । त्यस्तै यशोदा गुरुङ सुवेदी पनि पतिसहित संसद्मा देखिने अर्की भाग्यमानी नेतृमा पर्दैछिन् । उनका पति देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

दलित कोटाबाट अञ्जना बिशंखे र दुर्गा विक पर्ने सम्भावना प्रबल छ । क्रमसंख्याका आधारमा जसरी खस आर्य र जनजातिबाट ९ नेतृ पर्नेछन्, सोहीअनुसार बिशंखे र दुर्गा विक पर्न लागेका हुन् । दलित कोटाबाट उनीहरू क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । माओवादीले कम्तीमा दुईजनालाई दलित समुदायबाट संसद्मा प्रतिनिधित्व गराउनुपर्नेछ ।

नयाँ शक्तिबाट फर्र्किएकी नेतृ इन्दु शर्मा पनि सांसद हुन पाउने भाग्यमानी नेतृमा परेकी छिन् । सहिद रामवृक्ष यादवकी छोरी बोधमाया यादव पनि शर्माझैं मधेसी कोटाबाट प्रतिनिधिसभामा पुग्न लागेकी हुन् । थारू समुदायबाट रामकुमारी चौधरी र मुस्लिम कोटाबाट चाँदतारा कुमारी सांसद हुने लगभग पक्कापक्की भइसकेको माओवादी स्रोतले बतायो ।

महिला उम्मेदवारको हकमा माओवादीले सबैभन्दा बढी अर्थात् तीनजना महिला उम्मेदवारलाई जिताएर पहिलो दल बनेको छ । एमालेले दुई र कांग्रेसले एक सिट पनि जिताउन नसक्दा माओवादीले भने उक्त संख्याबराबर सिट जिताएर महिलाको हकमा पहिलो पार्टी बनेको हो । ललितपुर–१ बाट पम्फा भुषाल, रुकुम पूर्वबाट कमला रोक्का र कञ्चनपुर–३ बाट बिना मगर विजयी भएकाले माओवादीको उक्त रेकर्ड बनेको हो । विजयी मगर भने अध्यक्ष दाहालकी बुहारीसमेत हुन् ।

पुरुष छनोटमा सकस

निर्वाचन कानुननअनुसार माओवादीले समानुपातिकबाट जम्मा दुईजनालाई मात्रै प्रतिनिधिसभामा पठाउन सक्नेछ । खस आर्यकोटाबाट पहिलो नम्बरमा रहेका हितराज पाण्डेले गोरखा–२ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई अन्तर्घात गरेको भन्दै मौखिक उजुरी नेतृत्वसमक्ष गरिएको छ । जसका कारण पहिलो नम्बरमा भए पनि उनको सम्भावना कम रहेको माओवादी नेताहरू बताउँछन् ।

दलित कोटाबाट तिलक परियार, जनजाति कोटाबाट सुनिल मानन्धर, मधेसीबाट श्रवण यादव, थारूबाट रामजी चौधरी  र मुस्लिमबाट हकिकुल्लाह खान र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह पहिलो नम्बरमा परेका छन् । पाण्डे, परियार, खान र सिंह यसअघि पनि संविधानसभा सदस्य भइसकेका उम्मेदवार हुन् भने पहिलो नम्बरमा परेका अन्य उम्मेदवार नयाँ अनुहार हुन् । दुईजनामात्रै छान्नुपर्ने भएकाले क–कसलाई छनोट गर्ने भन्नेमा माओवादी अझै निष्कर्र्षमा पुग्न नसकेको स्रोतले बतायो ।

दाहाल पाँच दिनका लागि काठमाडौबाहिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मतदातालाई धन्यवाद दिने भन्दै पाँच दिनका लागि काठमाडौं उपत्यकाबाहिर निस्केका छन् ।

चितवन–३ बाट विजयी भएका अध्यक्ष दाहालले मतदातालाई धन्यवाद दिनका लागि कम्तीमा ५ दिन काठमाडौंबाहिर रहने उनका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए । ‘चितवनका मतदातालाई धन्यवाद दिने कार्यक्रम छ, बीचमा भैरहवामा पनि कार्यक्रम तय भएको छ,’ उनले भने, ‘११ गते काठमांडौं फर्कने कार्यक्रम तय भएको छ ।’ उनका अनुसार दाहाल उताबाट फर्केपछि समानुपातिकको अन्तिम टुंगो लगाइनेछ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस