कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने
०५ मंसिर २०८०
•
२ मिनेट पाठ
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने
नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले मंसिर मसान्ताभित्र भूकम्प प्रभावितहरूको अस्थायी निर्माण कार्य सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सहयोग पुग्नेगरी दक्षजनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। त्यसका लागि उसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ। 

भूकम्पबाट घरबारविहीन भएका परिवारलाई मंसिर मसान्ताभित्र अस्थायी आवास निर्माण गर्न नसके चिसोका कारण थप मानविय क्षत्री हुनसक्ने विश्लेषण कांग्रेसको रहेको छ। सरकारले अस्थायी घर निर्माणका लागि दिने भनिएको रकमले वासस्थान निर्माण गर्न सम्भव रहेको कांग्रेस बुझाइ छ। तर, सुत्केरी, बालबालिका, बुढापाका भएकाहरूले घर निर्माण गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई सहयोग पुग्नेगरी जनशक्ति परिचालन गर्ने उसले तयारी गरेको छ। 

सरकारले प्रभावितलाई उपलब्ध गराउने भनिएको रकमबाट अस्थायी घर बन्न सक्ने देखिएको जनाउँदै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने, ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन त्यसका लागि पार्टीले सिकर्मी, डकर्मीसहितको दक्ष जनशक्ति परिचालन कसरी गर्न सकिन्छ भनेर भ्रातृ संगठनसँग मंगलबार छलफल गर्ने छौं।’ सरकारलाई नै सहयोग गर्नेगरी जनशक्त परिचालन गरिने जानकारी दिँदै उनले भने, ‘सोहीअनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको एक टोली सोमबार नै ३० जना दक्ष जनशक्तिसहित एक सय घर निर्माणका लागि त्यसतर्फ हिँडिसकेका छन् । यसैबीच, पदाधिकारी बैठकले सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन छिट्टै संसदीय दल र केन्द्रीय समितिको बैठक राख्ने पनि समझदारी बनेको छ।
अर्को समाचार
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने
०५ मंसिर २०८०
•
२ मिनेट पाठ
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा दक्ष जनशक्ति परिचालन गर्ने
नेपाली कांग्रेसले भूकम्प प्रभावितको अस्थायी घर निर्माणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले मंसिर मसान्ताभित्र भूकम्प प्रभावितहरूको अस्थायी निर्माण कार्य सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई सहयोग पुग्नेगरी दक्षजनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। 

त्यसका लागि उसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ। भूकम्पबाट घरबारविहीन भएका परिवारलाई मंसिर मसान्ताभित्र अस्थायी आवास निर्माण गर्न नसके चिसोका कारण थप मानविय क्षत्री हुनसक्ने विश्लेषण कांग्रेसको रहेको छ। 

सरकारले अस्थायी घर निर्माणका लागि दिने भनिएको रकमले वासस्थान निर्माण गर्न सम्भव रहेको कांग्रेस बुझाइ छ। तर, सुत्केरी, बालबालिका, बुढापाका भएकाहरूले घर निर्माण गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई सहयोग पुग्नेगरी जनशक्ति परिचालन गर्ने उसले तयारी गरेको छ।

सरकारले प्रभावितलाई उपलब्ध गराउने भनिएको रकमबाट अस्थायी घर बन्न सक्ने देखिएको जनाउँदै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने, ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन त्यसका लागि पार्टीले सिकर्मी, डकर्मीसहितको दक्ष जनशक्ति परिचालन कसरी गर्न सकिन्छ भनेर भ्रातृ संगठनसँग मंगलबार छलफल गर्ने छौं।’ सरकारलाई नै सहयोग गर्नेगरी जनशक्त परिचालन गरिने जानकारी दिँदै उनले भने, ‘सोहीअनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ।’

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको एक टोली सोमबार नै ३० जना दक्ष जनशक्तिसहित एक सय घर निर्माणका लागि त्यसतर्फ हिँडिसकेका छन्। यसैबीच, पदाधिकारी बैठकले सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन छिट्टै संसदीय दल र केन्द्रीय समितिको बैठक राख्ने पनि समझदारी बनेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस