राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुरले नेकपा एमालेका नेता महेश बस्नेतलाई जथाभाबी अभिव्यक्ति नदिन चेतावनी दिएको छ।
पार्टीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी एमाले नेता बस्नेतले जथाभाबी अभिव्यक्ति दिए उनकाविरुद्ध चरणबद्ध आन्दोलन समेत गर्ने चेतावनी दिएको हो।
भक्तपुरको गुण्डु निवासी बस्नेतले आरोपहरु लगाए अनुसार त्यसको पुष्टि गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले माग गरेको छ।
बस्नेतले एमाले बाहेकका दलका नेता तथा कार्यकर्ताहरूको चरित्रहत्या गर्ने अभिव्यक्ति दिएकोले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको राप्रपाले जनाएको छ।
पत्रकार सम्मेलनमा बताइए अनुसार मंसिर ३ गते भक्तपुरको एउटा पार्टी प्यालेसमा भएको एक कार्यक्रममा बस्नेतले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं-६ नगरकोटको एक सय १३ रोपनी जग्गा बेचबिखन गरी अपचलन गरेको आरोप लगाएका थिए।
सो आरोप राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति भक्तपुरका पूर्व सभापति सुरेन्द्र प्रताप शाह र उनका सुपुत्र रवीन्द्र प्रताप शाहमाथि लगाइएको थियो।
बस्नेतको साे भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको भन्दै राप्रपा नेताहरुले आरोप पुष्टि गर्न चेतावनी दिए। नभए क्षमा माग्नुपर्ने माग उनीहरुले राखे। उनीहरुले त्यसका लागि एक हप्ताको समयसीमा दिएका छन्। एक हप्ताभित्र पुष्टि वा क्षमा याचना नगरे चरणबद्ध रुपमा जाने उनीहरुको चेतावनी छ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सह-महामन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला तदर्थ समिति भक्तपुरका अध्यक्ष रवीन्द्रप्रताप शाहले आरोपको पुष्टि गर्न चुनौती दिए।
पार्टीका अर्का पूर्व केन्द्रीय सदस्य रामेश्वर थापाले स्वर्गीय व्यक्तित्वबारे के कस्तो कुराहरू बोल्न मिल्छ भन्ने समेत थाहा नभएको राजनीतिक अनुशासनहीन नेता भनी वस्नेतमाथि टिप्पणी गरे।
पार्टी सचिवालय प्रमुख अर्जुन कार्कीले बस्नेत भक्तपुरमा सीमित नेता भन्दै भक्तपुरमा बसेर राजनीति गर्नु छ भने संयमित रहन सुझाव दिए।
पूर्व मन्त्री टंक ढकाल, पार्टी केन्द्रीय सदस्य एवं सांसद धनेश्वरी प्रजापतिलगायतको अतथ्यतामा भएको कार्यक्रममा पार्टी कार्यकर्ताहरू पनि उपस्थित थिए।