कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन्।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका हुन्। मुख्यमन्त्री कार्कीले बजेट कार्यान्वयन नहोला भन्ने आशंका नगर्न पनि आग्रह गरे।
कार्कीले बजेट भौतिक विकासमा मात्रै केन्द्रित नभएको बताउँदै मानवीय विकासमा पनि प्रतिस्थापन विधेयले प्राथमिकता दिएको बताए। भौतिक पूर्वाधार सँगसँगै मानवीय विकासका कामलाई पनि बजेट पास भए लगत्तै देखि कार्यान्वयनमा लैजाने मुख्यमन्त्री कार्कीले स्पष्ट पारे।
मुख्यमन्त्री कार्कीले व्यक्तिगत योजना ल्याउने, कनिका छरेजसरी बजेट छर्ने काम अब, नहुने दाबी गरे। कार्कीले भने ‘अब, व्यक्तिगत योजना हैन योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुनेछन्। त्यसका लागि आयोगले पनि काम सुरु गरिसकेको छ।’
आर्थिक मामिला तथा योजना मन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले शनिबार लोकप्रिय कार्यक्रमहरू समेट्दै आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गरेका थिए।
प्रतिस्थापन विधेयक मार्फत चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट तथा कार्यक्रम प्रदेशसभामा कार्कीले प्रस्तुत गरेका थिए। बजेटमा तमोरको पानी धरान ल्याएर खानेपानीको समस्या समाधान गर्नेदेखि १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गर्ने सम्मका महत्त्वाकाङ्क्षी योजनाहरू समेटिएका छन्।