कोप-२८: क्षतिपूर्ति दाबी गर्न प्रधानमन्त्री आज दुबई जाँदै
१३ मंसिर २०८०
•
७ मिनेट पाठ
कोप-२८: क्षतिपूर्ति दाबी गर्न प्रधानमन्त्री आज दुबई जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन उनी आज संयुक्त अरब इमिरेट्सको दुबई जान लागेका छन्। प्रधानमन्त्री दाहाल ७ दिनका लागि दुबई जान लागेका हुन। उनी मङ्सिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्रीसहितको टोली आज राति ९ बजे दुबईका लागि प्रस्थान गर्नेछन्।




उनको साथमा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्री डा.विरेन्द्र महतोसमेत रहने छन्। 

प्रधानमन्त्री दाहालले कोप २८ कम विकसित मुलुकका तर्फबाट जलवायु परिवर्तनबाट सिर्जित समस्या व्यवस्थापनमा सहयोग गर्न विकसित राष्ट्र समक्ष जोडदार माग राख्ने बताउँदै आएका छन्। उनले कम विकसित राष्ट्रहरू माग्न जाने होइन, आफ्नो अधिकार दाबी गर्न जाने जानकारी केही दिन अघि राजधानीमा आयोजित कार्यक्रममा दिएका थिए।

त्यसैले नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका उठाउन थालेको छ।

यसैगरी सम्मेलनमा लैङ्गिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताए। मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ।

कोप–२८ सम्मेलन यही मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ। यस सम्मेलनलाई नेपालले निकै महत्वका साथ तयारी गरेको छ।

सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरण मन्त्री महतोलगायत विज्ञसहितको उच्चस्तरीय सहभागिता जनाउने छ।

प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा मङ्सिर १६ गते आयोजना हुने ‘उच्चस्तरीय सत्र’लाई सम्बोधन गर्नेछन्। यही मङ्सिर १५ र १६ गते (डिसेम्बर १ र २) मा हुने ‘उच्चस्तरीय सत्र’मा विश्वभरबाट सम्मेलनमा सहभागी राज्य सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्य तालिका छ।

यसैगरी भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्नुहुने विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा। जेन्टलले जानकारी दिएका छन्। यस पटकको सम्मेलनमा नेपालले कार्यक्रम गर्नका लागि सम्मेलन परिसरमा पहिलो पटक आफ्नै ‘पेभिलियन’ (बृहत् मण्डला) स्थापना गरेको छ।  

मन्त्रालयको तालिकाअनुसार ‘पेभिलियन’मा डिसेम्बर ३ देखि ११ तारिखसम्म विभिन्न विषयका ३६ कार्यक्रम हुनेछन्। प्रधानमन्त्री दाहालले पेभिलियनको उद्घाटनमा समेत सम्बोधन गर्नेछन्। पेभिलियनमा हुने कार्यक्रमले नेपालका मुद्दामा विभिन्न कार्यक्रम गर्न सकिने र आफ्ना मुद्दा प्रदर्शन गर्न ठुलो सहयोग पुग्ने यस क्षेत्रका जानकारको भनाइ छ।

यो सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्त्वपूर्ण हुनेछ। सम्मेलनको पूर्व सन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चार दिने औपचारिक भ्रमण गरेका थिए। उनले सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ।

जलवायु परिवर्तनबाट नेपालमा के–के असर परेको छु

विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ। जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराई मधेसमा बाढी पहिरोहरू देखिन थालेको छ। हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन्।

जलवायु परिवर्तनले अर्थतन्त्रमा विशेष योगदान गर्ने विषयगत क्षेत्र जस्तै कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा, साथै खाद्य सुरक्षा, स्वास्थ्य, जल आपूर्ति, जीविकोपार्जन र सुरक्षामा व्यापक असर पारेको छ। आर्थिक एवं सामाजिक क्षेत्रमा हुने गिरावट र बढ्दो स्वास्थ्य र खाद्य सुरक्षाको समस्याका कारण भविष्यमा जलवायु सङ्कटासन्नता र जोखिम अझ बढ्ने अनुमान गरिएको छ।

एक वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा शून्य दशमलव तीन डिग्री सेल्सियसदेखि शून्य दशमलव सात डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ।  

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ। उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डार पग्लने अनुमान अध्ययनले गरेका छन्।

जलवायु सम्बन्धमा नेपालले गरेका प्रतिबद्धता र कार्य

नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी०को पक्ष राष्ट्र हो। महासन्धिको प्रावधानअनुरूप नेपालले जलवायु उत्थानशीलता अभिवृद्धि गर्न उपयुक्त नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गरेको वन मन्त्रालयका सचिव डा दीपककुमार खरालले जानकारी दिए।

नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७, स्थानीय अनुकूलन कार्य योजनाको राष्ट्रिय खाका, २०७६, जलवायु उत्थानशील योजना तथा बजेट तर्जुमा निर्देशिका, २०७७ र जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्य योजना, २०७७–२०८७ तर्जुमा गरी लागू गरेको वन सचिव डा खरालले बताए।

साथै पेरिस सम्झौताबमोजिम दोस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) र राष्ट्रिय अनुकूलन योजना ९एनएपी० पेस गरेको छ। यसैगरी नेपालले २०७८ मा तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदन, राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिम मूल्याङ्कन प्रतिवेदन, दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति र २०८० मा राष्ट्रिय रूपमा निर्धारित योगदानको कार्यान्वयन योजना स्वीकृत गरी लागू गरिरहेको छ।  

यसैगरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कोप–२६ मा सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने, जलवायु जोखिमबाट देश र जनतालाई सुरक्षित राख्ने र सन् २०४५ मा कार्बन उत्सर्जनलाई शून्यमा झार्नेजस्ता महत्त्वाकाङ्क्षी योजना प्रस्तुत गरेका थिए।  

कोप–२६ र कोप–२७ यता नेपालले अन्तर्राष्ट्रिय समुदायसामु हरित विकासतर्फ आफ्ना महत्त्वाकाङ्क्षी लक्ष्य हासिल गर्न जलवायु वित्तमा सहज एवं पर्याप्त पहुँच तथा सबै राष्ट्रको साथ र सहयोगको अपेक्षा गरेको छ।

साथै संयुक्त राष्ट्रसङ्घको ७८औ महासभामा नेपाल र अति कम विकसित मुलुकहरूका तर्फबाट सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले नेपालले राष्ट्रिय रूपमा निर्धारित योगदानमा उल्लेखित योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए।

कोप–२८ सम्मेलनमा छलफल हुने विषय  

यस सम्मेलनले कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानी र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्तसम्बन्धी छलफल, प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल अगाडि बढाउने योजना प्रस्तुत गरेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए।  

यसैगरी महासन्धिअन्तर्गत रहेको क्षमता विकास, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषय, जलवायु परिवर्तन र लैङ्गिक सम्बन्धमा, पेरिस सम्झौताको दफा ६ र कार्बन व्यापार, कार्यान्वयनका प्रावधानको प्रभाव, प्रशासनिक, वित्तीय र संस्थागत विषय, जलवायु परिवर्तन र पर्वतीय सवाललगायत विषयमा छलफल अगाडि बढाइने युएनएफसिसिसीको सचिवालयले जनाएको छ।
अर्को समाचार
सरकारको एक वर्ष: कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
०८ पौष २०८०
•
८ मिनेट पाठ
सरकारको एक वर्ष: कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा यो मुद्दालाई महत्वका साथ समावेश गरिएको छ। जलवायुले हिमालमा पारेको असरबारे यसपटक सम्मेलनका सदस्य राष्ट्रहरुको ध्यानाकर्षण भएको हो। यसबाट नेपाल र अन्य हिमालय क्षेत्रका देश जलवायु परिवर्तनका क्षेत्रमा परेको असरको क्षतिपूर्तिका थप भागिदार बन्न सक्ने भएका हुन्।  




सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा सम्पन्न ‘कोप–१५’ मा नेपाललगायतका हिमाली मुलुकले जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीय प्रणालीमा पारेको असरबारे बोल्न थालेको र नेपाललगायत देशले हिमालय क्षेत्रको बस्ती र हिमालयको भविष्यमाथि प्रश्न गर्दै जलवायु न्याय दाबी गर्दै आएका हुन्। नेपालले यहाँका हिमाल पग्लिँदै गएको फेहरिस्त हरेक सम्मेलनमा विश्वसामु प्रस्तुत गर्दै पनि आएको थियो।      

यसपटक भने नेपाल दुबईमा सम्पन्न कोप–२८ मा राम्रैसँग सुनियो। त्यसको पृष्ठभूमि थियो संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण। त्यसैले गत मंसिरमा सम्पन्न कोप–२८ का अवसरमा नेपालको चर्चा र यहाँका हिमाल केद्रमा रह्यो। सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले चर्चा मात्र पाएनन्, प्राथमिकता पनि पाए।  

महासचिव गुटेरेसले कोप–२८ को उद्घाटन समारोहमा नेपालको नाम नै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिनेक्रम तीव्ररूपमा बढेको चर्चा गरेका थिए। उनले आफूले गत महिना नेपालका सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रको भ्रमण गरेर हिमाल पग्लिरहेको प्रत्यक्ष देखेको जानकारी त्यहाँ रहेका विश्वका नेताहरुलाई गराए। त्यसपछि सुरु भएको थियो नेपालको चर्चा।

त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि पर्वतीय मुुलुकका मुद्दा उजागर गर्ने गरी आफैंले अध्यक्षता गरी उच्चस्तरीय गोलमेच बैठकको आयोजना गरेका थिए। सो बैठकमा महासचिव गुटेरेस र केही हिमाली देशका नेताले पनि सम्बोधन गरेका थिए। हाम्रो वास्तविकता सुनाइ देशको कूटनीतिक दायरा विस्तार गर्न यो एउटा महत्वपूर्ण अवसर नेपाललाई प्राप्त भएको थियो।  

यस सन्दर्भमा सन् २००९ को कोपेनहेगन सम्मेलनको यहाँ स्मरण मननीय हुन्छ। सो सम्मेलनअघि नेपालले सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक गरेको थियो। विश्वका मिडियाले यो बैठकको समाचार संसारमा फैलाएका पनि थिए। नेपालका हिमाल जलवायु परिवर्तनका कारण पग्लिँदै छन् र यसतर्फ विश्व समुदायले सोचोस् भन्ने नै यसको सन्देश थियो।

हाम्रोजस्तै कार्यशैली अपनाएर मालदिभ्सले पनि समुद्रमा मन्त्रिपरिषद् बैठक गरेको थियो। यी दुई बैठकको सन्देश थियो– हिमाल पग्लिएको पानी गएर समुद्रको सतह बढ्छ। यता हिमालमा सुक्खापनले असर गर्छ भने उता समुद्रको सतह बढेर वरपरको बस्ती डुब्छ।

नेपालको यो प्रयास कोपेनहेगन सम्मेलनमा भने खासै सुनिएन। ‘कोप–१५’ को मुख्य वेबसाइटमा पनि हाम्रो बैठकको सूचना थिएन, माल्दिभ्सको मात्र थियो। सो सम्मेलनको वेबसाइट खोल्दा माल्दिभ्सको बैठकको तस्बिर र सूचना सुरुमै आउँथ्यो तर हाम्रो कालापत्थर कतै भेटिँदैनथ्यो। सम्मेलनमा सहभागी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले यसबारे नेपालको राष्ट्रसङ्घीय मिसनका अधिकारीलाई सोधे। सो सम्मेलनमा म पनि त्यहीं भएकाले सुनें, नेपाली मिसनले चित्तबुझ्दो जवाफ दिन सकेन।

यहाँ यो दृष्टान्तको आशय नेपाल सरकारका जो निकाय जहाँ जे कामका लागि छन् तिनले गर्नुपर्छ भन्ने हो। अनि यो पनि स्पष्ट छ कि प्रधानमन्त्रीले गर्ने काम त्यो थिएन, होइन। त्यसैले कोप– २८ मा पनि आज जसरी नेपाल सुनियो, जसरी हिमालका एजेनडाले मान्यता पायो त्यसबाट लाभ लिनेमा पछि नपरौं भन्ने हो।

प्रधानमन्त्री दाहालको निमन्त्रणामा राष्ट्रसंघीय महासचिव नेपाल आएर हिमाल हेरे। यसकारण उनीबाटै हाम्रा समस्याका पक्षमा दुबईमा दलिल पेस गर्ने वातावरण बन्यो। यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा देशले चर्चा पाउनु नेपालको कूटनीतिक वृत्तका लागि एउटा महत्वपूर्ण उपलब्धि त हो नै, अब यसबाट लाभ लिने काममा पनि सरकारको संयन्त्र लाग्नुपर्छ, निरन्तर फलो अप गर्नुपर्छ।  

अर्काे प्रसंग, प्रधानमन्त्री दाहालले दुई छिमेकी मुलुकको भ्रमण र यसबाट निर्मित कूटनीतिक सन्तुलन र लाभको छ। नेपालका नवनियुक्त प्रधानमन्त्रीको भारत भ्रमण एक पारम्परिक जस्तै हुँदै आएको छ। सबै भ्रमणलाई लेनदेनका रूपमा मात्र मापन गरिन्न, अनि निकटस्थ छिमेकीबीचको भ्रमण आदानप्रदानलाई लाभहानिका रूपमा मात्र हेरिनु हुँदैन र गरिँदैन पनि।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतसँगको विद्युत् व्यापारका विषयमा भएको सहमति नेपालका लागि एक उपलब्धि हो। त्यस भ्रमणका क्रममा नेपालसँग भारतले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने गरी भएको सहमति हाम्रो ऊर्जा क्षेत्रको बजार विस्तारमा महत्वपूर्ण छ। यसबाट नेपालमा रहेको अथाह जलसम्पदाबाट उत्पादन हुने बिजुलीको बजार एक प्रकारले सुनिश्चित हुन सक्छ। तर आगामी समयका थप अभ्यासलाई भने हामीले कूटनीतिक कौशलताका साथ जारी नै राख्नुपर्छ।  

हुन त बिजुलीको मात्रा थोरै होला तर अहिले हाम्रा लागि नेपालको बिजुली व्यापारको गोरेटो बाटो हो यो। आउने दिनमा हाम्रा कूटनीतिक पहलले यसैलाई राजमार्ग बनाउन सकिन्छ, सक्नुपर्छ। पहिले त भारतले नेपालको बिजुली किन्नेमा लिखित सहमति गर्नु र त्यो दुई देशको संयुक्त प्रेस वक्तव्यमा पर्नु नै महत्वपूर्ण हो।

दुई देशबीचको यो सहमतिले सैद्धान्तिक रूपमा बिजुली व्यापारको मार्गप्रशस्त गरेको छ। यसका अतिरिक्त नेपाल, बंगलादेश, भारतबीचको त्रिपक्षीय विद्युत् आदानप्रदानको सहमति हाम्रो देशको बिजुली व्यापारको अर्काे कोसेढुंगा हो।  

कम्तीमा पनि हाम्रो बिजुली बाह्य बजारमा जाने बाटो अब खुलेको छ। प्राप्त उपलब्धिमा टेकेर थप अगाडि बढ्ने बाटो हामी आफैंले पनि बनाउने हो। हामीले विश्व बजारमा पठाउने वस्तुहरूको अहिलेसम्मको अवस्था हेर्दा सबैभन्दा सहज बाटो भारतको हो। भारत हुँदै हाम्रा उत्पादनको निकासी जति खुल्छ र सुनिश्चित हुन्छ त्यसैमा हाम्रो राष्ट्रिय समृद्धि छ। त्यसैले पनि यस सहमतिलाई पछ्याएर आगामी दिनमा यसको विस्तारमा सम्बद्ध निकाय लाग्नुपर्छ।

अर्कातर्फ, चीन नेपालको छिमेकी मात्र नभई हाम्रो विकासका धेरै क्षेत्रसँग जोडिएको मुलुक हो। प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा पनि दुई देशबीचको ‘क्रस बोर्डर रेलवे’ निर्माणमा सहमति भएको छ। लगानीको मोडेल टुंग्याएर नेपालसम्म रेलसेवा विस्तारको बाटो तय गर्न यसपटकको सहमति अर्थपूर्ण छ भन्नुपर्छ।

नेपाल–चीन रेलमार्गका बारेमा चिनियाँ प्राविधिकले सम्भाव्यता अध्ययन गरिरहेकाले पनि नेपालसम्म रेल पु¥याउन चीन इच्छुक देखिन्छ भन्ने प्रस्टै भएको छ तर काममा दू्रतता ल्याउन कूटनीतिक ‘लबिङ’ लाई अझ तीव्र बनाउन हामीले नै विशेष ध्यान दिनुको विकल्प छैन। बेइजिङको समृद्धि काठमाडौं भित्र्याउने भरपर्दाे र नयाँ बाटो नेपाल–चीन अन्तरदेशीय रेलमार्ग नै हुन सक्छ नेपालका लागि।  

त्यसैगरी चीनसँग दुई देशमा आयात निर्यातलाई सघाउने गरी नेपालमा औद्योगिक पार्क निर्माणको अर्काे महत्वपूर्ण सहमति भएको छ। यो पार्क निर्माण भएपछि यहाँ उत्पादित सामानको निर्यात हुने चीनतर्फ नै हो। यसका लागि रेलमार्ग त चाहिन्छ नै। त्यस्तै नेपालमा परम्परागत र आयुर्वेदीय चिकित्सा पद्धतिको अनुसन्धान गरी त्यसलाई प्रवद्र्धन गर्ने अर्काे सम्झौता चीनसँग भएको छ। नेपालका हिमाली क्षेत्रमा औषधीय महत्वका अनेक जडिबुटी पाइन्छन्। ती जडिबुटी अहिले सस्तो मूल्यमा बाहिरिएका छन्। वास्तवमा यो प्राकृतिक सम्पदाको सदुपयोग गरेर हामीले नै औषधि निर्माण गर्ने हो भने हाम्रा लागि निकै लाभदायक हुनेछ।    

यसका अतिरिक्त नेपालले बिआरआई परियोजना कार्यान्वयनका लागि गरेको सहमतिको कुरा दुई देशबीचको संयुक्त वक्तव्यमा नै उल्लेख गरिएको छ। दाहाल नै दोस्रोपटक प्रधानमन्त्री भएका बेला सन् २०१७ मा सो परियोजनामा नेपालले हस्ताक्षर गरेको थियो।
यसलाई आगामी दिनमा अघि बढाइने सहमति प्रधानमन्त्री दाहालको चीन भ्रमणका समयमा भएको छ। विशाल जनसंख्या र उदीयमान अर्थतन्त्र भएका उत्तर र दक्षिण छिमेकीका बीचमा रहेर नेपालले अपनाउने कूटनीतिक सन्तुलनबाटै हामीले लाभ लिन सक्छौं। त्यसैले सरकारको भारतसँग बिजुली व्यापारको सम्झौता र यता चिनियाँ बिआरआई परियोजनाको कार्यान्वयनको प्रतिबद्धतालाई नेपालको कूटनीतिक सन्तुलनका रूपमा अथ्र्याउन सकिन्छ।  

कूटनीतिक कौशलता प्रदर्शन गर्नुपर्ने अवस्था र घटना नेपालसामु दिनदिनै देखिँदैछन्। केहीअघि इजरायलमा हमासको आक्रमणमा केही नेपाली विद्यार्थीको ज्यान गएको छ भने एकजना अझै उनीहरूकै नियन्त्रणमा छन्। यता रूस–युक्रेन युद्धका कारण दुवै देशले विदेशी नागरिकलाई सेनामा भर्ती गरिरहँदा केही नेपाली युवा पनि त्यहाँका सेना बन्न पुगेका छन्। यसमा परेर हालसम्म सातजना नेपाली युवाको ज्यान गएको कुरा सरकारले नै पुष्टि गरिसकेको छ।

हाम्रा रोजगारीका बाध्यताले लुकिछिपी नेपाली यस्ता काममा संलग्न भएका भए पनि समस्यामा परेपछि आफ्ना नागरिक बचाउनु र उद्धार गर्नु सरकारको कर्तव्य हुन आउँछ। यसका लागि नेपालको कूटनीतिक सक्रियता थप आवश्यक छ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिरहेका छन्। यसका लागि उनी कतार पुगेर त्यहाँका प्रधानमन्त्रीसँग अनुरोध गर्नुका साथै अन्तर्राष्ट्रिय समुदायसँग अपिल पनि गरेका छन्। त्यस्तै सरकारले युक्रेन र रूसलाई नेपाली युवालाई सेनामा भर्ती नगर्न पत्राचार पनि गरेको छ।  

सरकारले यो एक वर्षमा अर्थपूर्ण र आवश्यक मात्रामा ‘डिप्लोम्याटिक इंगेजमेन्ट’ गर्न सकेको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुँदा होस् या इटालीमा आयोजित विश्व खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा या अति कम विकसित मुलुकको अध्यक्षका रूपमा सम्बोधन गर्दा प्रधानमन्त्री दाहालले नेपालको अवस्था, जलवायु परिवर्तनले हामीलाई पारेको प्रभाव एवं नेपालको शान्ति प्रक्रियाका बाँकी कामलाई सक्दो चाँडो निष्कर्षमा पु¥याउने कामका लागि गर्नुभएका सम्बोधनमार्फत् नेपालको कूटनीतिक दायरा फराकिलो पार्न सघाएको छ।

त्यस्तै पछिल्लो महिना परराष्ट्रन्त्री साउदले गरेको अमेरिका भ्रमण र त्यहाँका समकक्षीसँग राखेका विषयवस्तुले पनि एमसिसी परियोजनालाई अघि बढाएको नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाएको महसुुस गरिएको छ। यी ‘डिप्लोम्याटिक इंगेजमेन्ट’ बाट नेपालले लाभ लिन मुलुकको राज्यसंयन्त्र नै लाग्नुपर्छ। यसको प्रतिक्षा होइन कि प्राप्तिचाहिँ नेपालको कूटनीतिक लाभ हो भन्ने तथ्य राज्यले बुझ्नुपर्छ। एकराज पाठक/रासस
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस