२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भूकम्प पीडितका लागि हजार अस्थायी घर बनाउने एमालेको संकल्प

जाजरकोटमा भूकम्प गएको एक महिना बित्न लाग्दासम्म पीडित सरकारी राहतको पर्खाइमा भएको बेला एमालेका स्वंससेवकहरु करिब ६ सय अस्थायी घर टहरा निर्माण गरेर सर्वसाधारणलाई बासको व्यवस्था गरेका छन्। पीडितलाई मलमपट्टी लगाउने भनेर जाजरकोट पुगेका एमालेका नेता कार्यकर्ताहरूले २५ जनाको दरले ४० टुकडी बनाएर अस्थायी बाँसको प्रबन्ध गर्न खटिएका हुन्।

एमाले केन्द्रीय सदस्य एवं पार्टीको विपद् व्यवस्थापन समितिका संयोजक किरण पौडेलको नेतृत्वको एक हजार भन्दा बढी स्वयंसेवक टोली जाजरकोट र रुकुमको भूकम्प प्रभावित क्षेत्रमा खटिरहेको छ। एमाले जाजरकोटका अनुसार करिब ६ सय भूकम्पपीडित परिवारका घरका भग्नावशेष पन्छाउने काम सम्पन्न हुनुका साथै ६ सय भन्दा बढी अस्थायी बासको निर्माण गरिसकेका छन्। अहिले हामी जाजरकोट र रुकुममा छौ, हाम्रा साथीहरू नियमित खटिएका छौ, एक हजार भन्दा बढी स्वयंसेवक  श्रमदानमा छौ भने  एक सय जना सामान ढुवानी लजिस्टिक म्यानेजमेन्ट मेस सञ्चालन आदिमा खटिएका छौ’, जाजरकोटमा रहेका एमाले केन्द्रीय सदस्य एवं पार्टीको विपद् व्यवस्थापन समितिका संयोजक किरण पौडेलले भने। उनका अनुसार अहिलेसम्म ६ सय भन्दा बढी अस्थायी बास निर्माण गरिसकेको र त्यति नै संख्यामा भग्नावशेषहरू पन्छाइएको छ।

जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

भूकम्पपछि जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या बुधबारसम्म १६ जना पुगेका छन्। चिसो बढ्दै गएको र केही पीडितहरूको दुःखद निधनसमेत भएकोले एमालेका केन्द्रीय सदस्य पौडेलले सकेसम्म चाडोभन्दा चाँडो अस्थायी बसोबास निर्माणमा आफूहरू लागिपरेको बताएका छन्। ‘सेना प्रहरीले जोखिम मानेका र स्थगित गरेका भग्नावशेष समेत हाम्रा साथीहरूले क्लियर गर्ने गर्नुभएको छ, अहिलेसम्म ६०० घर टहरा निर्माण , ४०० भग्नावशेष व्यवस्थापन र ६ वटा अस्थायी विद्यालय निर्माणको काम सम्पन्न भएको छ’, उनले भने।

अहिले जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वको टोलीले मंसिर १ गतेदेखि नै प्रभावित क्षेत्रमा काम गरिरहेको छ। स्वयंसेवकहरूले खाना र नास्ताको खर्च आफैंले बेहोरिरहेका छन्। ‘स्थानीय व्यक्ति र जनसाधरणबाट हामीले केही पनि लिएका छैनौ सबै आफैले व्यवस्था गरिरहेका छौ, हाम्रो अभियान अझै जारी रहनेछ’, केन्द्रीय सदस्य पौडेलले भने ‘हामी आफ्ना लागि आवश्यक खाद्यान्न,आवास लगायत हरेक बस्तुको प्रबन्ध आफैँ गर्छौ स्थानीय जनता र पार्टीलाई भार दिँदैनौ।’ उनले जनतालाई भार पर्ने केही नगरेको भएपनि बिहान सबेरै क्याम्पमा कोही साग सब्जी लियर आउने गरेको  कसैले घरमा पाकेको एक कचौरा मासु तरकारी बारीको भोगटे खान दिएर माया गरेको चाहिँ उनले स्वीकार गरेका छन्। ‘स्थानीय बासीको स्नेह भावले हामीलाई प्रेरित गर्छ र नकार्न पनि मुस्किल हुन्छ’, उनले भने, हामी दावाका साथ भन्न सक्छौ कि अस्थायी टहरा मात्र हैन आजसम्मको दौरानमा सर्वाधिक मजबुत र आकर्षक संरचना पनि हामीले नै बनाएका छौ।’,

उनका अनुसार नेपाली काँग्रेसका पूर्व सांसद दीपकजंग शाहको भूकम्पले भत्किएको घरको भग्नावशेष एमाले स्वयंसेवकले पन्छाइदिएका थिए। जाजरकोट सदरमुकाम खलङ्गास्थित शाहको घरको भग्नावशेष हटाउन एमालेका ५० जना स्वयंसेवक खटेका थिए। ‘उहाँले हामीलाई धन्यवाद दिनुभएको छ’, केन्द्रीय सदस्य पौडेलले भने। एक हजार घरका भग्नावशेष पन्छाउने र एक हजार टहरा बनाउने उद्देश्य मंसिर १ गतेदेखि एमाले स्वयंसेवी रातदिन कामका खटेका छन्। ‘१८ गतेसम्म १ हजार टहरा बनाएर हस्तान्तरण गर्ने र गर्छौ , त्यति नै संख्यामा भत्किएका भग्नावशेष पन्छाउने काम पनि सक्ने हाम्रो उद्देश्य रहेको छ, अरु मिडिया छन् एमाले भने मैदानमा छौ’, उनले भने।

प्रकाशित: १४ मंसिर २०८० १०:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App