यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजे
२४ पौष २०७४
•
८ मिनेट पाठ
यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजे
काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् ।

संविधानतः दोहो¥याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’ को खोजी गरेको खुल्न आएको हो । २०७५ चैत १० सम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै ‘सम्मानजनक व्यवस्थापन’ खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ ।

‘पुस ५ को भेटघाटमा अयोधीजीले समानुपातिकतर्फको मत परिणामको प्राविधिक काम सम्पन्न गरेर केही दिनमा नै राष्ट्रपतिज्यूलाई बुझाउँछौं भन्नुभएको थियो, अहिले मिल्दै मिल्दैन भन्ने थालेपछि स्वाभाविक रुपमा आश्चर्यचकित भएका हौं’

– सुवासचन्द्र नेम्बाङ, एमाले नेता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार डा. यादवले ‘सम्मानजनक व्यवस्थापन’ सम्मको जिम्मेवारी दिएर निर्वाचन सम्पन्न गराएको योगदानको सम्मानसमेत गर्नुपर्ने इच्छा देखाएका छन् । ‘असहज परिस्थितिबीच पनि तीन तहको चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गराएँ, त्यसको राज्यले उचित सम्मान दिनुपर्छ,’ यादवलाई उद्धृत गर्दै दाहाल निकट स्रोतले भन्यो,  ‘मेरो कहीं न कहीं उचित र सम्मानजनक व्यवस्थापन होस् भन्ने चाहन्छु ।’ धेरैजसोले ‘सम्मानजनक व्यवस्थापन’ को अर्थ राष्ट्रपति र उपराष्ट्रपतिजस्ता पदको चाहनाका रुपमा अथ्र्याएका छन् ।

डा. यादवले पटकपटक गरिएका पत्रकार सम्मेलनमार्फत पनि निर्वाचन सम्पन्न भएको ७ दिनभित्रै परिणाम सार्वजनिक गरिसक्ने प्रतिबद्धता जनाइरहेका थिए । आयोगले तत्काल परिणाम सार्वजनिक हुने उल्लेख गरिएका विज्ञप्ति सञ्चारकर्मीलाई पठाएको थियो । तर, निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रममा राष्ट्रियसभाको सर्त अगाडि आएपछि डा. यादव शंकाको घेरामा छन् । त्यसमाथि यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजी गरेको खुलेपछि वाम गठबन्धन थप आशंकित हुन पुगेको छ ।

‘यादव स्वयंले तीन तहको चुनाव शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद नदिई उल्टै विभिन्न आशंका गरेको भन्दै दाहालसमक्ष असन्तुष्टि जाहेर गरिसकेका छन्’, स्रोतले भन्यो । यादवनिकटका अनुसार पनि असहज परिस्थितिबीच तीन तहको निर्वाचन सम्पन्न गराएकाले ‘सम्मानजनक व्यवस्थापन’ होस् भन्ने उनले चाहेका छन् । यसबारेमा जिज्ञासा राख्न खोज्दा यादवसँग सम्पर्क हुन सकेन ।

डा. यादवले घुमाउरो भाषाले ‘सर्त’ राख्न थालेपछि समानुपातिकतर्फ निर्वाचन मतपरिणाम घोषणामा ‘बार्गेनिङ’ गरिरहेको हुन सक्ने आशंका दाहाल स्वयंले पनि गरिरहेको उनीनिकट स्रोतले बतायो ।

वाम गठबन्धनका नेताले पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केलगत्तै लाजिम्पाटस्थित दाहाल निवासमा यादवसँग समानुपातिकतर्फको मतपरिणामबारे जानकारी लिएका थिए । सो दिन यादवले प्राविधिक काम सम्पन्न गरेलगत्तै समानुपातिकतर्फको मत परिणामका पुस ९ गतेभित्रमा राष्ट्रपति भण्डारीसमक्ष बुझाउने जनाएका थिए । यादवले यो कुरा सुनाउँदा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष दाहाल, एमाले नेता सुवासचन्द्र नेम्बाङ र माओवादी नेता नारायणकाजी श्रेष्ठ सँगै थिए ।

‘सो दिनको भेटघाटमा अयोधीजीले समानुपातिकतर्फको मत परिणामको प्राविधिक काम सम्पन्न गरेर केही दिनमा नै राष्ट्रपतिज्यूलाई बुझाउँछौं भन्नुभयो, उहाँले यसो भनेपछि थप सोधखोज गर्ने कुरा पनि भएन,’ नेम्बाङले नागरिकसँग भने, ‘त्यसपछि एकाएक उहाँले बोली फेर्दै संविधान र कानुनले दिँदैन भन्न थाल्नुभयो अनि स्वाभाविक रुपमा हामी आश्चर्यचकित भएका हौं, उहाँले आफ्नो अभिव्यक्ति किन बदल्न थाल्नुभयो ? अहिलेसम्म बुझ्न सकेका छैनौं ।’

आयोगका अर्की आयुक्त इला शर्माले राष्ट्रियसभा निर्माण नभई नयाँ सरकार गठन गर्न नमिल्ने भन्ने ‘ट्विट’ गरेपछि वाम गठबन्धनका नेताले यादवसँग भेटघाट गरी जिज्ञासा राखेका हुन् । त्यसपछि पनि शीर्ष नेतासँगको टेलिफोन सम्पर्कमा यादवले मत परिणाम सार्वजनिक गर्न कुनै संवैधानिक र कानुनी अडचन नभएको बताउँदै आएका थिए ।

यसैबीच बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका डा. यादवले राजनीतिक दलका अलगअलग तर्क पेस भएका कारण निर्वाचन आयोग दबाबमा परेको जनाए । ‘कुनै दल सार्वजनिक गर्न मिल्दैन भन्दै खबरदारी गर्छन् अनि कुनै दल नमिल्ने कारण के छ भनेर खबरदारी गर्छन् तर आयोगले संविधान र कानुनअनुसार काम गरिरहेको छ,’ यादवले राष्ट्रपतिलाई सुनाएको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तैपनि म राजनीतिक दलबीच सहमति होस् र गाँठो फुकोस् भन्ने नै चाहन्छु ।’

राष्ट्रपति भण्डारीले भने जनमतको परिणामबारे जानकारी पाउनुपर्ने नागरिक हकको सम्मान गर्न आयोगले नै पहलकदमी गर्नुपर्ने सुझाव यादवलाई दिएकी थिइन् । त्यसमा आवश्यक भए ‘बाधा अडकाउ फुकाऊ’ गर्न आफू तयार रहेको जनाउँदै राष्ट्रपतिले यस विषयमा सोच्न समेत सुझाएकी थिइन् ।

यसैबीच यादवलाई माओवादी अध्यक्ष दाहालले ‘प्रयोग’ गरेर एमाले र त्यसका अध्यक्ष ओलीमाथी दबाब बढाएको आशंका पनि व्याप्त छ । पार्टी एकता र सरकार निर्माणमा ‘दबाब बढाउन’ दाहालले यादवलाई ‘प्रयोग’ गरिरहेको आशंका गरिएको छ । माओवादीले यादवकी बुहारी प्रमिलाकुमारी यादवलाई प्रदेश सांसद (प्रदेश नम्बर २) बनाउन लागेकाले पनि उक्त आशंकालाई बल पुगेको छ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस