जीतपुरसिमरा उपमहानगरपालिका-८ मा रहेको एक टायल उद्योगमा आइतबार बेलुका आगलागी हुँदा करोडौँको क्षति भएको छ।
विद्युतीय तार सट भई नेपोभिट टायल उद्योगमा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान छ।इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले उद्योगमा विद्युतीय तार सट भई आगलागी भएको हुनसक्ने बताए।
उनले आगलागीमा मानवीय क्षति नभए पनि उद्योगमा राखिएको टायल र टायल निर्माण गर्ने कच्चा पदार्थ सहित उद्योगको भवन गरेर करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए।
प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार आगोलाई नियन्त्रणमा लिन वरुण यन्त्रको सहयोगमा सुरक्षाकर्मी खटाइएको थियो।