एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ
२४ मंसिर २०८०
•
२ मिनेट पाठ
एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ
विराटनगरमा पत्रकार सम्मेलन गरी संकल्प यात्राबारे जानकारी दिँदै एमाले नेताहरू। तस्बिर: चुमन बस्नेत/नागरिक
नेकपा एमाले कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्। एमालेको कोसी प्रदेशमा हुने संकल्प यात्राबारे जानकारी दिन विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका हुन्।




एमालेको झुलाघाट-चिवा समृद्धिका लागि संकल्प यात्रा कोसी प्रदेश प्रवेश गर्ने दिन पहिचान पक्षधरले बन्दको आह्वान गरेको भन्दै महासेठले एमालेलाई अवरोध गरेर नभई सहकार्य गरेर आफ्ना मुद्दा स्थापित गर्न पहिचान पक्षधरलाई सुझाव दिए।

महासेठले एमालेलाई बाइकट गरेर पहिचान स्थापित हुन्छ भन्ने मान्यता राखिएको भए त्यो सम्भव नभएको पनि स्पष्ट पारे। ‘एमालेलाई अवरोध गरेर, एमालेका कार्यकर्तालाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन,’ उनले भने, ‘छलफल, सहमति र सहकार्य गरेर आफ्ना मुद्दालाई स्थापित गर्न पहिचान पक्षधरलाई आग्रह छ।’

महासेठले कसैले बन्दको आह्वान गर्दैमा एमालेको समृद्धि यात्रा नरोकिने स्पष्ट पारे। महासेठले भने, ‘कसैले बन्द गर्दैमा हाम्रो समृद्धिको यात्रा रोकिँदैन, हाम्रो शान्तिपूर्ण रूपमा आयोजित कार्यक्रम नेपालको मध्यपहाडी क्षेत्रका समस्या बुझ्ने र त्यहाँका समस्या समाधान कसरी गर्ने विषयमा केन्द्रित छ। यो कुनै पक्ष वा कुनै पार्टीको विरोधमा गरिएको होइन।’

उनले प्रदेशको नामकरणको असन्तुष्टिलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलबीच सहमति गरी समाधान खोज्न सकिने र त्यसका लागि एमाले पनि तयार रहेको स्पष्ट पारे।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको समृद्धि यात्रासँग पहिचानवादीको माग नजोडिने बताए। राईले एमालेलाई अवरोधको प्रयास गरे पहिचानवादीको मुद्दा फिक्का मात्रै होइन, अर्थहीन हुनजाने धारणा राखे।

राईले भने, ‘एमालेको कार्यक्रमसँग पहिचानको माग जोडिँदैन। एमालेलाई रोके पहिचानको मुद्दा फिक्का मात्रै होइन, अर्थहीन हुन्छ।

बन्द आधिकारिक रूपमा घोषणा गरिएको हो भने तत्काल फिर्ता लिन राईले आग्रह गरे। नक्कली पहिचानवादीले अवरोध गर्ने प्रयास गरेको भए चाँडै उनीहरूको मुखुण्डो उत्रने पनि राईले बताए। पहिचानका आधारमा प्रदेशको नाम संशोधनका लागि एमालेले ढोका खुला राखेको बताउँदै राईले अवरोध, बन्दजस्ता कार्यक्रम फिर्ता लिएर संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे।

एमालेको समृद्धिका लागि संकल्प यात्रा मंसिर २६ गते रामेछापको मन्थली हुँदै घुर्मीबाट कोसी प्रदेश प्रवेश गर्दै छ। कोसी प्रदेशका विभिन्न जिल्लामा चार सय २५ किलोमिटर यात्रा गरेर पुस १ गते पाँचथरको चिवा भन्ज्याङ पुगेर समापन हुने जनाइएको छ।
अर्को समाचार
एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ
२३ मंसिर २०८०
•
२ मिनेट पाठ
एमालेलाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन: महासेठ
विराटनगरमा पत्रकार सम्मेलन गरी संकल्प यात्राबारे जानकारी दिंदै एमाले नेताहरू। तस्बिर: चुमन बस्नेत/नागरिक
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका छन्।




एमालेको कोशी प्रदेशमा हुने संकल्प यात्राबारे जानकारी दिन विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महासेठले एमालेलाई ढुंगा हानेर पहिचान स्थापित नहुने बताएका हुन्।

एमालेको झलालघाट– चिवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्ने दिन पहिचान पक्षधरले बन्दको आह्वान गरेको भन्दै महासेठले एमालेलाई अवरोध गरेर नभई सहकार्य गरेर आफ्ना मुद्दा स्थापित गर्न पहिचान पक्षधरलाई सुझाव दिए।

महासेठले एमालेलाई ‘बाइकट’ गरेर पहिचान स्थापित हुन्छ भन्ने मान्यता राखिएको भए त्यो सम्भव नभएको पनि स्पष्ट पारे।

‘एमालेलाई अवरोध गरेर, एमालेका कार्यकर्तालाई ढुंगा हानेर पहिचान स्थापित हुँदैन’ उनले भने ‘छलफल, सहमति र सहकार्य गरेर आफ्ना मुद्दालाई स्थापित गर्न पहिचान पक्षधरलाई आग्रह छ।’ 

महासेठले कसैले बन्दको आह्वान गर्दैमा एमालेको समृद्धि यात्रा नरोकिने स्पष्ट पारे। महासेठले भने ‘कसैले बन्द गर्दैमा हाम्रो समृद्धिको यात्रा रोकिँदैन, हाम्रो शान्तिपूर्ण रुपमा आयोजित कार्यक्रम नेपालको मध्यपहाडी क्षेत्रका समस्या बुझ्ने र त्यहाँका समस्या समाधान कसरी गर्ने विषयमा केन्द्रित छ। यो कुनै पक्ष, वा कुनै पार्टीको विरोधमा गरिएको हैन।’

उनले प्रदेशको नामाकरणको असन्तुष्टिलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलबिच सहमति गरी समाधान खोज्न सकिने र त्यसकालागि एमाले पनि तयार रहेको स्पष्ट पारे।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले एमालेको समृद्धि यात्रासँग पहिचानवादीको माग नजोडिने बताए।

राईले एमालेलाई अवरोधको प्रयास गरे पहिचानवादीको मुद्दा फिक्का मात्रै हैन अर्थहीन हुन जाने धारणा राखे। राईले भने ‘एमालेको कार्यक्रमसँग पहिचानको माग जोडिंदैन। एमालेलाई रोके पहिचानको मुद्दा फिक्का मात्रै हैन अर्थहीन हुन्छ।’

बन्द आधिकारिक रुपमा घोषणा गरिएको हो भने तत्काल फिर्ता लिन राईले आग्रह गरे। नक्कली पहिचानवादीले अवरोध गर्ने प्रयास गरेको भए चाँडै उनिहरूको मुखुण्डो उत्रने पनि राईले बताए। 

पहिचानका आधारमा प्रदेशको नाम संशोधनका लागि एमालेले ढोका खुल्ला राखेको बताउँदै राईले अवरोध, बन्द, जस्ता कार्यक्रम फिर्ता लिएर संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे।

एमालेको समृद्धिका लागि संकल्प यात्रा मंसिर २६ गते रामेछापको मन्थली हुँदै घुर्मीबाट कोशी प्रदेश प्रवेश गर्दैछ। कोशी प्रदेशका विभिन्न जिल्लामा ४ सय २५ किलोमिटर यात्रा गरेर पुस १ गते पाँचथरको चिवा भन्ज्याङ पुगेर समापन हुने जनाइएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस