पोखरेलको चुनौतीपूर्ण यात्रा
०८ माघ २०७४
•
६ मिनेट पाठ
पोखरेलको चुनौतीपूर्ण यात्रा
नेपालगन्ज –  ५ नम्बर प्रदेशको ‘वेटिङ’ मुख्यमन्त्रीका रूपमा हेरिएका एमाले नेता शंकर पोखरेल आइतबार शपथग्रहणलगत्तै संसदीय दलका नेता चयन भए । योसँगै उनको मुख्यमन्त्रीको कुर्सीतिर पाइला अघि बढेको छ । चुनावकै बेला वामगठबन्धनबीच पोखरेललाई मुख्यमन्त्री बनाउने ‘सहमति’ भएकोले उनको गन्तव्य लक्ष्यमा पुग्ने करिब निश्चितजस्तै देखिन्छ । तर, पोखरेलको राजनीतिक जीवनमा ‘राजधानीरूपी’ चुनौतीको ठूलो चट्टान खडा भएको छ।




प्रदेशसभा निर्वाचनका बेला पोखरेलले दंगाली मतदातामाझ बाँडेका थुप्रै सपनामध्ये सबैभन्दा सुन्दर सपना थियो– दाङलाई प्रादेशिक राजधानी बनाउने । तर, केही दिनअघि सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आन्दोलनको आगो बलेको छ । अहिलेसम्म यो आगोको लप्का पोखरेलतिर सोझिएको छैन । किनभने कांग्रेस नेतृत्व सरकारले गर्ने निर्णयमा उनको आवाजको सुनुवाइ हुँदैन भन्ने उनलाई मत दिने मतदाताको बुझाइ छ । वाम गठबन्धनको दुईतिहाइ मतबाट उनी मुख्यमन्त्री चुनिए र केन्द्रमा वाम सरकार बन्यो भनेचाहिँ उनको चुनावी प्रतिवद्धताको वास्तविक परीक्षण हुनेछ । त्यतिबेला गृहजिल्लाका जनताले उनीमाथि दुईवटा दवाव दिनेछन्– प्रदेशसभाको दुईतिहाइ जुटाएर स्थायी राजधानी तोक वा केन्द्र सरकारलाई ‘कन्भिन्स’ गरेर अस्थायी राजधानी दाङ सार्न लगाऊ । यी दुवै विकल्प जटिल छन्।

पहिलो विकल्पतिर जाऔं । ८७ सदस्यीय ५ नम्बर प्रदेशको प्रदेशसभामा वाम गठबन्धनको ६१ मत छ । त्यसैले उनी दुईतिहाइसहित सहजै मुख्यमन्त्री बन्न सक्नेछन् । दाङलाई राजधानी तोक्ने सवालमा भने यो मत विभाजित हुनेछ । उनको मुठ्ठीमा रहने छैन । पार्टीका प्रदेश संयोजक  एवं उपमहासचिव विष्णु पौडेलले पनि पोखरेलले झैं प्रतिनिधिसभा चुनावका बेला स्थानीय मतदातासामु बुटवललाई प्रदेश राजधानी बनाउने बाचा गरेका थिए । त्यसैले पाखरेलका लागि पार्टीलाई दाङको पक्षमा सहमत गराउनु फलामको च्यूरा चपाउनुझैं हुनेछ । दाङमा आन्दोलन चर्किरहँदा बुटवलका पौडेलले ‘बुटवल नै स्थायी राजधानी तोकिन्छ’ भनेर प्रतिक्रिया दिइसकेका छन्।

राजधानीको निर्णयमा प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्ष हो– भूगोलको भावना । बुटवल राजधानी तोकिँदा नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र प्युठानलाई तुलनात्मक रूपमा दाङभन्दा पायक पर्छ । यी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक गरी ४९ सदस्य चुनिएका छन् । दाङ तोकेको अवस्थामा भने दाङ, रोल्पा, रुकुमपूर्व, बर्दिया र बाँकेलाई पायक पर्छ । यी जिल्लाबाट प्रत्यक्ष तथा समानुपातिक गरी ३८ सदस्य चुनिएका छन् । दाङको पक्षमा वकालत गर्नेहरूले अर्घाखाँची र प्युठानलाई दाङ पायक पर्ने बताउँदै आएका छन् । यस हिसाबले समेत बुटवलतिर ४६ र दाङतिर ४१ प्रदेशसभा सदस्यको मत देखिन्छ । माओवादी केन्द्रका तर्फबाट दाङबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रजित थारू राजधानी तोक्ने सन्दर्भमा सांसदको मत वैचारिकभन्दा भूगोलको भावनाले बढी प्रभावित हुने बताउँछन् । ‘यस्तो अवस्थामा हाम्रो पार्टी त दाङको सन्दर्भमा सकारात्मक नै छ,’ उनी भन्छन्, ‘एमाले नेतृत्व पनि सहमत भयो भने दाङ राजधानी हुनसक्छ ।’

तर, थारूले भनेझैं पोखरेलले आफ्नो पार्टीलाई दाङका लागि राजी गराउन सक्लान् त ? संसदीय दलको नेता चुनिएर मुख्यमन्त्रीको यात्रामा हिँडेका पोखरेलमाथि यो प्रश्न अझ पेचिलो भएको छ।

अस्थायी नै किन नहोस्, अब बन्ने वामसरकारले चाह्यो भने ६ नम्बर प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न सक्छ । यसका लागि पनि पोखरेलको सामथ्र्य निर्णायक हुनसक्छ । ‘वेटिङ’ प्रधानमन्त्रीका रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग पोखरेल र पौडेलको सम्बन्ध समदूरीमा छ । पोखरेललाई खुशी तुल्याउन ओलीले बुटवल पक्षधर पार्टी उपमहासचिव  पौडेललाई चिढाउने सम्भावना निकै कम देखिन्छ।

जसरी दाङमा राजधानी ल्याउन नसक्दा गृहजिल्लामा पोखरेलमाथि ‘पहुँच’को प्रश्न उठिरहेको छ, त्यसैगरी कांग्रेस नेतृत्वको सरकारले दिएको राजधानी बुटवलबाट फुत्किँदा पौडेलमाथि आक्रोशका ज्वाला दन्किनेछ ।

शपथलगत्तै मुख्यमन्त्रीको लागि पाइला उचालिसकेका एमाले नेता पोखरेल प्रदेशसभामा संभवतः यही प्रमुख चुनौतीले थिचिनेछन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस