नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारबाट अर्थतन्त्र सुधारको आशा गर्न नसकिने बताएका छन्।
आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न जनतामा आशा जगाउन आवश्यक रहे पनि सरकारको अहिलेकै नेतृत्वले जनतामा आशा जगाउन सक्ने स्थिति नभएकाले सरकारको नेतृत्व परिवर्तन आवश्यक रहेको बताए।
जनतामा आशा नजगाई आर्थिक मन्दीबाट देशले उन्मुक्ति नपाउने डा. कोइरालाले बताए। ‘अहिलेको सरकारले जनतामा आशा जगाउन सक्दैन’ डा. कोइरालाले भने ‘जनतामा आशा जगाउन सरकारको नृतत्व परिवर्तन आवश्यक छ।’
कोइरालाले सरकारले काम गर्यो भन्ने विषयमा प्रधानमन्त्रीसँग एक वर्षको रिपोर्ट कार्ड आफूले मागेको जानकारी दिए। ‘प्रधानमन्त्री जीले के काम गर्नुभयो ’ कोइरालाले भने ‘उहाँले गरेको कामबारे मैले प्रधानमन्त्री जीसँग रिपोर्ट कार्ड मागेको छु।’ डा. कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखे।