मन्त्री किराँती भन्छन्ः धर्मको नाममा अभिव्यक्ति बङ्गाइयो
०५ पौष २०८०
•
२ मिनेट पाठ
मन्त्री किराँती भन्छन्ः धर्मको नाममा अभिव्यक्ति बङ्गाइयो
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफुले सबै धर्मको समान अधिकार रहेको भन्ने भावको अभिव्यक्तिलाई बङ्गाएर अतिरञ्जित गरेको बताएका छन्। क्रिश्चियन धर्म नमान्ने भनेर हैन, क्रिश्चियनको अस्तित्वलाई नमाने त्यो काम संविधान विरोधी हुने उनले नागरिक न्यूजसँग बताए।




‘मैले धार्मिक सहिष्णुताको कुरा गरेको हुँ, कोही पनि अतिबाद हुनुहुन्न भनेको हुँ,’ उनले नागरिकसँग भनेका छन्, ‘यसलाई बङ्गाएर अर्कै बनाइयो।’ सामाजिक सञ्जालमा भाइरल भएको ‘क्लिप’ प्रति सङ्केत गर्दै त्यो भन्दा अगाडीको एक लाइन मात्र सुनेपनि मैले के भन्न खोजेको प्रष्ट हुने बताए। ‘आधाघन्टा भन्दा बढी लामो  भाषणमा मैले सकरात्मक कुरा मात्र बोलेको छु, उनले भने, ‘त्यो सुने सबैकुरा छर्लङ्ग हुन्छ।’

बुधवार राजधानीमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल बहुधार्मिक देश भएको र संविधानको अधिकार प्रयोग गरेर क्रिश्चियन धर्मावलम्बी पनि रहेको बताएका थिए।  

बुधबारको मन्तव्यमा उनले  मुलुक सबै धर्मको साझा फूलबारी रहेको भन्दै सबै धर्मको समान अधिकार रहेको भावना राखेका थिए। ‘यो बंगैचाभित्र फुलेका रगिंविरगंी फूल मध्ये तपाइहरू पनि  एक थरी फूल हो,’ उनले भनेका छन्, ‘तपाइहरूबिना फूलबारीको शोभा हुन्न।’  त्यस्तै किरातीले  वि.सं. २०७८ को जनगणनामा नेपालमा १० वटा धर्म छ भन्ने तथ्याङ्क रहेको र राज्यका आँखामा यी सबै धर्म बराबर रहेको बताएका थिए।  

‘संविधानको अधिकार प्रयोग गरेर सवै धर्मालम्बी नेपालमा बसेका हुन्,’ उनले भनेका छन्, ‘क्रिस्चियनको अस्तित्वलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो।’ त्यस्तै उनले  संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोही गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’। भन्ने अभिव्यक्ती दिएका थिए।  

उनको यही अभिव्यक्तिलाई क्रिश्चियन धर्म नमान्ने देशद्रोही भनेको भन्दै आलोचना सुरु भएको छ। यसरी आलोचना गर्नेमा धर्मको राजनीति गर्दै आएका कमल थापा देखि नयाँ राजनीति सुरुवात गर्ने भनेका रवि लामिछानेसम्म परेका छन्।  

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘यस्तो गैर(जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस्।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्। क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन् भन्ने अभिव्यक्ति मन्त्री किराँतीले दिएको भन्दै थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।

‘क्रिश्चियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान जाओस्।
अर्को समाचार
एकाबिहानै आफ्नो कार्यकक्षमा पुगेर मन्त्री किराँतीले लगाए पोछा
०४ फागुन २०८०
•
१ मिनेट पाठ
एकाबिहानै आफ्नो कार्यकक्षमा पुगेर मन्त्री किराँतीले लगाए  पोछा
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाएका छन्।




बिहानै सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा पुगेका मन्त्री किराँतीले कार्यालय सहयोगीलाई काम गर्न नदिएर आफैँ पोछा लगाइरहेको भिडियो सार्वजनिक भएको छ।

मन्त्रीको कार्यकक्षमा सरसफाईका लागि पुगेकी एकजना महिलाको हातबाट पोछा लगाउने मप लिएर मन्त्री आफैले पोछा लगाइरहेका छन्।

उनले ती महिलालाई सहयोग समेत गरिरहेको भिडियोमा देख्न सकिन्छ।

भिडियोमा ती महिलाले मन्त्रीलाई सहयोग गरिदिनुभएकोमा धन्यवाद दिएकी छिन्। मन्त्री किराँतीले महिलासँग उनको दिनचर्याको बारेमा पनि सोधपुछ गरिरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस