लुम्बिनी प्रदेश: अन्ततः थपिने नै भयो एउटा मन्त्रालय
०९ पौष २०८०
•
४ मिनेट पाठ
लुम्बिनी प्रदेश: अन्ततः थपिने नै भयो एउटा मन्त्रालय
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अन्ततः प्रदेशमा मन्त्रालय थप्ने भएका छन्। माओवादीसँग भएको पूर्ववत् सहमति कार्यान्वयन गर्न प्रदेशमा एउटा मन्त्रालय थप्ने अन्तिम निर्णय लिएको सरकार स्रोत बताउँछ।




मन्त्री परिषद्लाई ११ सदस्यीय बनाउन उनले मन्त्रालय फुटाइसकेका छन्।  आइतबार कांग्रेसबाट एक र माओवादीबाट एक मन्त्रीलाई सरकारमा भित्र्याउँदा यो प्रदेश सरकार ९ सदस्यीय बनेको छ। १० सदस्यीय रहेको यो प्रदेश सरकारमा एउटा मन्त्रालय थप्ने नियतका साथ मुख्यमन्त्री चौधरीले मन्त्रालय फोडिसकेका छन्। ‘एउटा मन्त्रालय बढ्छ,’स्रोतले भन्यो ‘बढाउनकै लागि मन्त्रालय फोडिएको छ।’

स्रोतका अनुसार खानेपानी, ग्रामीण सहरी विकास मन्त्रालयबाट खाने पानीलाई अलग्याइएको छ। यसैगरि उद्योग, यातायात, पर्यटन मन्त्रालयबाट पर्यटनलाई अलग्याइएको छ। मुख्यमन्त्री चौधरीले यी अलग्गाइएका मन्त्रालयलाई वन वातावरण मन्त्रालयसँग जोडेर आफै राखेका छन्।

सरकार स्रोतले मुख्यमन्त्री चौधरीले अहिले वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयलाई एउटैमा जोडेर राखेको भएपनि यी दुई मन्त्रालय भएको दाबी गर्‍यो।

‘मुख्यमन्त्री ज्यूूसंग अहिले दुईवटा मन्त्रालय छन्,’सरकार स्रोतले भन्यो ‘तपाई यत्ति बुझ्नुस् प्रदेशमा कुल ११ मन्त्रालय हुनेछन्।’ यो स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले वन वातावरण तथा पर्यटनलाई एउटा मन्त्रालय र खाने पानीलाई छुट्टै मन्त्रालय बनाउने तयारीमा छन्।

‘वन वातावरण र पर्यटनलाई एउटैमा जोडेर खाने पानीलाई सम्भवतः छुट्टै मन्त्रालय बनाइनेछ,’ स्रोतले भन्यो ‘लगत्तै दुई मन्त्री नियुक्त हुने छन्।’
स्रोतका अनुसार माघ ११ मा हुन थालेको राष्ट्रियसभा निर्वाचन पछि दुई मन्त्रालयमा मन्त्रीहरु थपिने छन्। अहिले मुख्यमन्त्री चौधरीले मन्त्रालय फुटाएर सबैलाई एउटै मन्त्रालयका रुपमा आफूले राखेको र राष्ट्रियसभाको निर्वाचन पछि दुई मन्त्री सरकारमा थपिने स्रोतले बतायो।

‘राष्ट्रियसभाको निर्वाचन पछि फेरी मन्त्री परिषद् बिस्तार हुन्छ,’ स्रोतले भन्यो ‘यो बेला सरकारमा दुई मन्त्री थपिने छन्।’

यता माओवादी स्रोतले पनि आफूसँगको पुरानो सम्झौता अनुसार मुख्यमन्त्रीले एउटा मन्त्रालय थप्ने दाबी गर्‍यो। माओवादीका एक सांसदले पनि पर्यटन र खानेपानी मन्त्रालयलाई निकालेर मुख्यमन्त्रीले आफूसँग राख्नुलाई मन्त्रालय थप्ने तयारीका रुपमा दाबी गरे।

‘एउटा मन्त्रालय थपिन्छ, सोही अनुसार मुख्यमन्त्रीले खानेपानी र पर्यटनलाई निकालेर राख्नु भएको हो,’ ती सांसदले भने ‘अब बाँकी हुने दुई मन्त्रालय मध्य एउटा मन्त्रालय माओवादीको भागमा पर्छ।’
उनका अनुसार माओवादीको भागमा पर्ने मन्त्रालय वन तथा वातावरण रहेको दाबी समेत गरे। ‘वन तथा वातावरण मन्त्रालय हाम्रो भागमा पर्ने मन्त्रालय हो,’ ती सांसदले भने ‘पर्यटन र खाने पानीलाई जोडेर अर्को मन्त्रालय बन्न सक्छ वा खानेपानीमात्रै बन्न सक्ला, यो मन्त्रालय कांग्रेसको भागमा पर्ने हो।’

मन्त्रालय संख्या बढाउन नहुने भन्दै मुख्यमन्त्रीकै राजनीतिक दल नेपाली कांग्रेसले भने विरोध गर्दै आएको छ। तथापि सत्ता साझेदार माओवादीलाई नचिढ्याउन मुख्यमन्त्री एउटा मन्त्रालय थप्नै पर्ने बाध्यतामा पुगेको स्रोत बताउँछ।

म बाट गल्ती भयो: मुख्यमन्त्री

आफ्नो पार्टीको संस्थापन इतर समूहलाई सरकारमा निल बनाएर मन्त्री परिषद् बिस्तार गरेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पार्टी लुम्बिनी प्रदेश समितिसँग गल्ती स्वीकार गरेका छन्। 

आफू बाध्यतामा परेर मन्त्री परिषद् बिस्तार गर्नु परेको बताएका मुख्यमन्त्री चौधरीले आगामी दिनमा पार्टी प्रदेश समितिसँग सहकार्य गरेर मात्रै अघि बढ्ने बताएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए।

‘म बाध्यतामा परेँ, पार्टी प्रदेश समितिसँग समन्वयमा रहन सकेन, र मन्त्री परिषद् बिस्तार गर्ने अवस्थामा पुगेँ,’ कांग्रेस प्रदेश समितिको बैठकमा मुख्यमन्त्री चौधरीको भनाई उद्धृत गर्दै सभापति पुनले भने ‘म बाट गल्ती भयो।’
मुख्यमन्त्री चौधरीले आगामी दिनमा पार्टी प्रदेश समितिसँग सहकार्य गरेर मात्रै अघि बढ्ने समेत बताए।

‘आगामी दिनमा पार्टीसँग समन्वय गरेर मात्रै अघि बढ्ने बचन उहाँले दिनु भएको छ,’ सभापति पुनले भने ‘पार्टीको सरसल्लाह बिना अगाडी नबढ्न पार्टीले उहाँलाई निर्देशन पनि दिएको छ।’ 

अन्यथा सरकारलाई पार्टीको सहयोग नरहने चेतावनी पनि प्रदेश समितिले दिएको छ। सभापति पुनले पार्टीका अग्रज नेताहरुलाई उचित व्यवस्थापन गरिनु पर्ने भन्दै पार्टी भित्रको आन्तरिक सन्तुलन मिलाउन पनि सुझाव दिएको बताए।

आइतबार मन्त्री परिषद् बिस्तार गर्दा पार्टीको संस्थापन इतर समूहलाई सरकारमा प्रवेश नदिइएको भन्दै यो समूह रुष्ट बनेको थियो। आइतबार मुख्यमन्त्री चौधरीले कांग्रेसबाट संस्थापन पक्षका सरोज थापालाई मन्त्री नियुक्त गरेका छन् भने माओवादीबाट कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका छन्।

यसैबिच कांग्रेस लुम्बिनी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाहरुबाट प्राप्त उम्मेदवार सिफारिस भएकाहरुको क्षमता, पार्टीमा गरेको योगदान र भौगोलिक सन्तुलन मिलाएर केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रचण्ड न्यौपानेले जानकारी दिए।
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
७ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस