आचारसंहिता मिचेर साउती
२० माघ २०७४
•
९ मिनेट पाठ
आचारसंहिता मिचेर  साउती
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग होटल सोल्टीमा भेवार्ताका क्रममा ।
काठमाडौं  – सोल्टी होटलमा बसेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेट्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ दलका आधा दर्जन नेता लिएर पुगे । भेटघाट कक्षको एकतर्फ स्वराजको टोली थियो भने अर्कोतर्फ ओलीको टोली ।

स्वराजको टोलीमा उनको मन्त्रालयका विदेशसचिव विजय गोखले, मन्त्रालयमा नेपाल हेर्ने डेस्क प्रमुख सुधाकर दलेला, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, विदेश मन्त्रालयका प्रवक्ता रभिसकुमार थिए । उनीहरु लहरै बसेका थिए । ओलीको टोलीमा थिए– एमाले नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, राजन भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाल र युवराज खतिवडा ।

ओलीको टोलीमा न त परराष्ट्र मन्त्रालयको प्रतिनिधि थिए न त यो भेटघाटबारे मन्त्रालयलाई औपचारिक जानकारी नै  थियो ।ओली मात्र होइन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गर्दा परराष्ट्र मन्त्रालयका कुनै अधिकारीलाई बोलाएनन् । दाहालले शुक्रबार बिहान स्वराजसँग भेट्दा परराष्ट्र मन्त्रालयबाट कोही उपस्थित थिएन ।संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवले पनि स्वराजसँगको भेटमा यही शैली अपनाए । 

‘पूर्वप्रधानमन्त्रीहरू जस्तो मान्छे कुनै पनि देशको मन्त्रीलाई भेट्न जाने होइन । उहाँहरुलाई भेट्न मन्त्री जाने हो । पूर्व प्रधानमन्त्रीहरुले विदेशी मुलुकका मन्त्रीसँग कुराकानी गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्छ । छलफलमा भएका कुरा राज्यको रेकर्डमा राखिनुपर्छ ।’

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्यहरूले पनि भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति आवश्यक ठानेनन् । राजपा अध्यक्षमण्डलका महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव, अनील झा र शरदसिंह भण्डारी र स्वराजबीच पनि बिहीबार साँझ होटल सोल्टीमा सामूहिक भेटवार्ता भएको थियो । राजपा अध्यक्षमण्डलका सबै सदस्य पूर्वमन्त्री हुन् ।

‘पहिलो, पूर्वप्रधानमन्त्रीहरू जस्तो मान्छे कुनै पनि देशको मन्त्रीलाई भेट्न जाने होइन । उहाँहरुलाई भेट्न विदेश मन्त्री जाने हो । अन्य देशमा यस्तो हुँदैन,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘दोस्रो, पूर्व प्रधानमन्त्रीहरुले विदेशी मुलुकका मन्त्रीसँग कुराकानी गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति अनिवार्य हुनुपर्छ । छलफलमा भएका कुरालाई राज्यको रेकर्डमा राखिनुपर्छ ।’ नेपालका पूर्वप्रधानमन्त्री र मन्त्रीहरूले कूटनीतिक आचारसंहिता मिचेर भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरे ।

भारतीय विदेशमन्त्री स्वराजले भने बिहीबार र शुक्रबार गरेका राजनीतिक भेटवार्तामा आफ्नो देशको कूटनीतिक आचारसंहितालाई पूर्ण रुपमा पालना गरेकी थिइन् । उनले विदेशसचिव, नेपाल डेस्क हेर्ने प्रमुख, आफ्नो देशका नेपालस्थित राजदूत र विदेश मन्त्रालयका प्रवत्तालाई साथमा राखेकी थिइन् । नेपालका पूर्वप्रधानमन्त्रीहरु र मन्त्रीहरुले भने आफैंले बनाएको कूटनीतिक आचारसंहिता पालना गर्न आवश्यक ठानेनन् ।

‘आउनोस् महत्पूर्ण निर्णय गर्नुअघि छिमेकीलाई घरमा खान बोलाएर आफ्नो घरको मामिलामा हस्तक्षेप गर्नबाट रोकौं,’ नेपालका पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुले कूटनीतिक आचारसंहिता विपरीत भारतीय विदेश मन्त्री स्वराजसँग गरेको भेटप्रति व्यंग्य गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले ट्विट गरेका छन्, ‘अन्धराष्ट्रवाद र लम्पसारवादमा के फरक छ ? उस्तै–उस्तै हो नानू ।’

संघीय समाजवादी फोरमका अध्यक्ष यादवले आफू परराष्ट्र मन्त्री हुँदा कूटनीतिक आचारसंहिता ल्याएका थिए । जसमा बहालवाला प्रधानमन्त्री, मन्त्री र पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुले विदेशीसँग भेटवार्ता गर्दा परराष्ट्रसम्बन्धी क्षेत्र हेर्ने अधिकारी अनिवार्य उपस्थित हुनुपर्ने उल्लेख छ । अहिले आएर यादवले आफंैले बनाएको त्यो आचारसंहितालाई आफैले कुल्चे ।

‘साधरणतया भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय सामान्य राजनीतिक र कूटनीतिक अभ्यासअनुसार छैन,’ माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ट्विट गरेका छन्, ‘जे भए पनि उनको स्वागत गर्नुपर्छ र भ्रमण फलदायी बनाउनुपर्छ । तर म फेरि दोहो¥याउँछु हामी हाम्रो सम्मान र राष्ट्रिय स्वार्थमा केन्द्रित हुनुपर्छ ।’ श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा कूटनीतिक आचारसंहिता कडाइ साथ लागू गराएका थिए ।

एमाले नेता राजन भट्टराईले भने बिहीबार एमाले अध्यक्षसहितका नेता  र स्वराजबीच भएको भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति नहुनुलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । नेपाल सरकारको प्रतिनिधि नभई पार्टी नेताको रुपमा भेटघाट गरेकाले परराष्ट्र मन्त्रालयको उपस्थिति आवश्यक नपर्ने तर्क उनको छ । ‘नेकपा एमाले अध्यक्ष नेतृत्वको टोली र भारतीय विदेशमन्त्रीको भ्रमण दलसँगको भेटघाटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि नरहेको विषयमा एमालेलाई दोषी देखाउने प्रयन्त भइरहेको छ । मानौं परराष्ट्र मन्त्रालयको नेतृत्वमा एमाले नै भएझै गरी । नियम लागू गर्ने–गराउने जिम्मेवारी कसको हो,’ भट्टराईले भने ।

परराष्ट्र स्रोतका अनुसार बिहीबार र शुक्रबार भारतीय विदेश मन्त्री स्वराज र नेपालका बिभिन्न दलका नेताहरुबीच हुने भेटवार्तालाई लिएर कुनै पनि दलले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छैनन् । ‘हामीलाई जानकारी दिए हामी उपस्थित हुन्छौं र भएका छलफलका विषयलाई राज्यको रेकर्डमा राख्छौं । तर भेटवार्तामा के त्यस्तो छलफल भएछ, जुन भारत सरकारको रेडर्कमा रहनुपर्ने नेपाल सरकारको रेकर्डमा राख्नुनपर्ने रहेछ। त्यो बुझ्न सकिएन,’ परराष्ट्र स्रोतले भन्यो ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस